‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
(१८१६ देखि १८३९ सम्मको नेपाल र नेपालीबारे लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (The Silent Cry) को सङ्क्षिप्त अध्ययन)
परिचय
सुगौली सन्धि (सन् १८१६) देखि भीमसेन थापाको निधन (सन् १८३९) सम्मको नेपाली इतिहासबारे मसिनो अध्ययन भएको थिएन । महेशचन्द्र रेग्मी र चित्तरञ्जन नेपालीले यस अभावलाई भर्न एक हदसम्म महत्वपूर्ण कार्य गरेका थिए । दुवैको अध्ययन पुग्दो भने थिएन । त्यसकारण अमेरिकी इतिहासकार लुडविग एफ. स्टिलरले यो जिम्मेवारी उठाए । आफ्नो पुस्तक ‘गोर्खा दरबारको उदय’ (The Rise of the House of Gorkha) का अन्तिम पाठहरू लेख्दै गर्दा यतातिर उनको रूचि जागेको थियो । उनी त्यस बखतको नेपालमा चुर्लुम्म डुबेका थिए । सुगौली सन्धि नेपालका समस्याहरूको समापन नभएर आरम्भ थियो, उनले अनुभव गरे । सुगौली सन्धिका असरहरूबारे ५ वर्ष लामो अध्ययनपछि उनले ‘मौन क्रन्दन’ (The Silent Cry) लेखे । पुस्तकको प्रकाशन सन् १९७९ मा भयो ।
‘मौन क्रन्दन’ तयार पार्न स्टिलरले विभिन्न विद्वान एवम् ऐतिहासिक सामग्रीहरूको सहयोग लिएका थिए । तीमध्ये महेशचन्द्र रेग्मी, प्रयागराज शर्मा, यदुनाथ खनाल, डोरबहादुर विष्ट, रोबर्ट रीफेल आदि यस विषयका जानकार थिए । साथै उनले रेग्मी अनुसन्धान सङ्ग्रहबाट भीमसेन थापासम्बन्धी दस्तावेजहरू, त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अध्ययन संस्थान, भारतीय राष्ट्रिय अभिलेखहरू आदिको पनि सहारा लिएका थिए ।

लुडविग एफ स्टीलर
नेपालीहरूमाथि आक्रमण गर्नुअघि उनले मलाउ किल्लामा काजी अमरसिंह थापालाई हराएर रणजित सिंहलाई युद्धमा पस्नबाट निरूत्साहित गरे । नेपालको पराजयले आधा मन लिएर आएका रणजित सिंहको मन म¥यो । कुमाउँको राजधानी अलमोडामाथि कठोर आक्रमण गरेर अङ्ग्रेजहरूले नेपालीहरूको रसदको बाटो काटिदिए र पश्चिमको नेपाली प्रतिरक्षा कमजोर भयो । अन्ततः नेपाल सम्झौताका लागि तयार भयो । कुमाउँका नेपाली गभर्नर चौतरिया बम शाहले शान्ति सम्झौता सुरू गर्ने जिम्मा लिए । अङ्ग्रेजहरूले अलमोडा कब्जा गरेपछि उनले एडवर्ड गार्डनरसँग सम्झौताको सम्भावनाबारे कुराकानी गरेका थिए ।
नालापानीमा नेपाली वीरता देखियो । लडाइँमा भूगोलको उपयोगले गर्दा नेपालीहरूले ५ चोटि अङ्ग्रेजहरूलाई पछि हट्न बाध्य तुल्याए । नेपालको सफलताले मराठी र शिखहरूलाई बेलायतविरूद्ध गठबन्धन बनाउन सकिनेमा लगभग सहमत गरायो । मराठीहरूलाई पहिलेदेखि नै यस्तो लागेको थियो तर शिखहरू पनि सँगै आए मात्र आफू गठबन्धनमा मिसिने उनीहरूको सोच थियो । रणजित सिंह भने नेपाली सैन्य नेतृत्वसँग खुसी थिएनन् । (संसार चन्दले आफूभन्दा तल्लो जातका काजी अमरसिंह थापासँग सम्झौता गर्न अस्वीकार गरिरहेका थिए । रणजित सिंहसँग पनि बडाकाजीको सम्बन्ध राम्रो थिएन । काठमाडौँले रणजित सिंहलाई मनाउन अरू कसैलाई खटाउनुपर्ने थियो ।) त्यसैले गठबन्धनको प्रस्तावलाई सिंहले स्वीकार गरेनन् । तर नेपालका सुरूआती विजयले उनी हौसिएका भने थिए । उनको सुस्त प्रतिक्रियाले नै अंग्रेजहरूले राज्यहरूबीचको आपसी बेमेल ठम्याइहाले । यो गठबन्धन बनेको भए आफूहरू अप्ठेरोमा पर्नेबारे कम्पनीका सचिव प्रिन्सेपले लेखेका थिए ।
लर्ड हेस्टिङ्ग्सले नेपालसँग मुठभेड हुने सम्भावना पहिल्यै देखेका थिए । त्यसैले उनले बम्बई र मद्रासबाट सैनिक टुकडीहरू उत्तरमा जम्मा गरेका थिए । मराठीहरूलाई नागपुरबाट हलचल गर्न नदिने उनको उद्देश्य थियो । तर रणजित सिंह नेपालीहरूसँग गठबन्धनमा जान सक्ने सम्भावना उनले देखेका थिएनन् । त्यसैले रणजित सिंह चलायमान हुन सक्थे । युद्धको दिशा फेरिने बेला सिंहको सेना दिल्लीतर्फ लाग्दै थियो र अक्टरलोनीको पछिल्तिर तैनाथ थियो ।

अङ्ग्रेज सेनाको पश्चिम खण्डको नेतृत्व सम्हालेका जनरल अक्टरलोनीले नेपालीहरूको स्थितिबारे जाँचबुझ गरिरहेका थिए । नेपालीहरूमाथि आक्रमण गर्नुअघि उनले मलाउ किल्लामा काजी अमरसिंह थापालाई हराएर रणजित सिंहलाई युद्धमा पस्नबाट निरूत्साहित गरे । नेपालको पराजयले आधा मन लिएर आएका रणजित सिंहको मन म¥यो । कुमाउँको राजधानी अलमोडामाथि कठोर आक्रमण गरेर अङ्ग्रेजहरूले नेपालीहरूको रसदको बाटो काटिदिए र पश्चिमको नेपाली प्रतिरक्षा कमजोर भयो । अन्ततः नेपाल सम्झौताका लागि तयार भयो । कुमाउँका नेपाली गभर्नर चौतरिया बम शाहले शान्ति सम्झौता सुरू गर्ने जिम्मा लिए । अङ्ग्रेजहरूले अलमोडा कब्जा गरेपछि उनले एडवर्ड गार्डनरसँग सम्झौताको सम्भावनाबारे कुराकानी गरेका थिए । गार्डनरले तत्काल अङ्ग्रेज गभर्नरलाई यसको सूचना पठाए । यसको जवाफमा गभर्नरले तत्काल सम्झौताको मस्यौदा पठाए । तर नेपालले कर्नेल ब्राडशासँग सम्झौताका लागि आफ्ना नियमित दूत गजराज मिश्रलाई सुगौली पठायो । सुरूमा दरबारमा बम शाह र गजराज मिश्रमध्ये कसलाई पठाउने भन्ने विषयमा अन्योल देखिएको थियो ।
गभर्नरले तिब्बतसम्मको व्यापारिक मार्गको लागि कुमाउँ लिने निधो गरेका थिए । साथै उनले पश्चिमका साथै पूर्वमा मेची र टिस्टा नदीबीचको ठूलो भूभाग आफूलाई लडाइँमा सघाएकोमा स्थानीय रजौटाहरूलाई बाँड्ने वचन दिएका थिए । काठमाडौँमा स्थायी प्रतिनिधि राख्ने पनि प्रस्तावमा उल्लेख थियो । यसमा छलफलको ठाउँ थिएन । मस्यौदाका अरू बुँदा नेपालको तराईसँग जोडिएको थियो । गभर्नर चुरे पर्वतमालामुनिको सबै तराई आफ्नो भूभागमा गाभ्न चाहन्थे । मूलतः यसैका लागि युद्ध लडिएको थियो । यो गभर्नरको मूल माग थियो । यस मागका पछाडि दुइटा कारण थिए । एक, सीमा विवाद थियो । दुई, नेपालमा तराईको ठूलो महत्व थियो ।
धन्यवाद सम्पूर्णलाई ! आन्नद लाग्छ सहि र सत् अध्ययन गर्न पाउँदा । सहि , असल अनि खुसि लाग्छ जब राम्रा पुस्तकहरुको अध्ययन गर्न सुझाब दिनुुहुुन्छ । जसरी एक आमा र बुवालेे दिएको आशीर्वाद सरी ।