पठन संस्कृतिको पुनर्जागरण
- कार्तिक ९, २०८३
काठमाडौँ, ४ भदौ । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा कक्षा १२ को परीक्षा वैकल्पिक स्वरूपको सम्बन्धमा विद्यार्थी सङ्गठन, प्याब्सन, एन.प्याब्सन, अभिभावक सङ्घलगायतसँग एक छलफल कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले कक्षा १२ को परीक्षालाई कक्षा ११, त्रैमासिक परीक्षा, ओपन बुक परीक्षा, एसाइन्मेन्ट, अनलाइन परीक्षा आदिलाई आधार बनाएर परीक्षा सञ्चालन गर्नुपर्ने बताउँदै नतिजा निकाल्दा बेथिति हटाउनुपर्ने र गलत मूल्याङ्कनको छानबिन गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्र्थीको पठनपाठन र परीक्षाहरूको लागि डाटा प्याकेज निःशुल्क उपलब्ध गराउनुपर्ने औँल्याउँदै शिक्षामा बजेट घटाउनु लाजमर्दाे भएको बताउनुभयो ।
अध्यक्ष ख्याजूले नेपालमा कोरोना आउनुभन्दा अगाडि कोरोना फैलिएका युरोपियन देशहरूमा कार्यरत नेपालका राजदूतहरूले उचित सुझाव पहिले नै दिएको भए नेपालमा समयमै सम्पूर्ण परीक्षाहरू सञ्चालन गर्न सकिने बताउँदै नेपालको कूटनैतिक निकाय असफल भएको उदाहरण बनेको बताउनुभयो ।
नेपाल भारत खुला सिमाका कारण नेपालमा कोरोना सङ्क्रमित बढे सीमा बन्द गर्नुपर्दछ, उहाँले बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनको अहिलेसम्मको तयारीबारे बताउनुभयो ।
बोर्डका कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा प्याब्सनका टीकाराम पुरी, एन.प्याब्सनका रितुराज सापकोटा, शिक्षक महासङ्घका बाबुराम थापा, अभिभावक महासङ्घका धर्म देवकोटा, नेविसङ्घका युवराज पाण्डे, अखिल क्रान्तिकारीका हरि गजुरेललगायतले परीक्षा सञ्चालन विधिबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply