भर्खरै :

भक्तपुरमा हालसम्मकै सबभन्दा बढी सङ्क्रमित

काठमाडौं, ६ भदौ । भक्तपुर जिल्लामा शनिबार हालसम्मकै अत्याधिक सङ्ख्यामा नोबेल कोरोना भाइरस सङ्क्रमित फेला परेको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित अपटेडअनुसार भक्तपुर जिल्लामा बितेका २४ घण्टामा पचास जना सङ्क्रमित फेला परेका हुन् । त्यस्तै काठमाडौं उपत्यकाअन्तर्गत काठमाडौं जिल्लामा १६० जना र ललितपुर जिल्लामा ६ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा ३, नुवाकोटमा २, धादिङमा २, चितवनमा २७, दोलखामा ४, मकवानपुरमा ३२ र सिन्धुलीमा ३ जना सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *