भर्खरै :

बाराही उकालोमा कोरोना सङ्क्रमण

भक्तपुर, ५ भदौ । शुक्रबार भक्तपुर नपा वडा नं ३ बाराही उकालो निवासी एक ३८ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित व्यक्ति पेशाले ल्याब टेक्निसियन भएको बताइएको छ । हाल उनी बस्ने क्षेत्रमा सिल गर्ने तयारी भइरहेको बताइएको छ । उनी हाल होम आइसोलेसनमा छन् ।
त्यस्तै सोही स्थानका एक जना २४ वर्षीया नर्समा पनि कोरोना भाइरस पुष्टि भएको छ । उनी नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यरत बताइएको छ । उनी अस्पतालमा आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *