सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
औरंगावाद, २२ अगस्ट (द वायर) । भारतको बम्बइ उच्च अदालतको औरंगावाद इजलासले तबलिगी जमातका २९ विदेशी सदस्यविरुद्ध कोभिड–१९ फैलाएको भनी लगाइएको आरोप खारेज गर्दै उनीहरूलाई सफाइ दिएको छ । उच्च अदालतको फैसलामा दिल्लीमा जमातको कार्यक्रममा सामेल हुन आएका विदेशीहरूविरुद्ध भारतीय सञ्चारमाध्यमहरूमा झूठ कुरा दुष्प्रचार गरिएको र उनीहरू भारतमा कोभिड–१९ फैलाउनका लागि जिम्मेवार थिए भनी गलत छवि बनाउन खोजिएको बताइएको छ ।
ती २९ विदेशी नागरिकहरूका विरुद्धमा दिल्लीको निजामुद्दीनमा भएको तबलिगी जमातको गोष्ठीमा सामेल भएर पर्यटकको भिसाका नियमहरूको उल्लङ्घन गरेको अभियोगसहित भारतीय दण्डसंहिता (आईपीसी) का विभिन्न प्रावधान, महामारी रोग ऐन, महाराष्ट्र पुलिस ऐन, विपद् प्रबन्धन ऐन र अन्तर्राष्ट्रिय कानुनहरूको उल्लङ्घनको आरोप लगाइएको थियो ।
विदेशी नागरिकका साथमा पुलिसले ती विदेशीलाई शरण दिएको विरुद्ध ६ जना भारतीय नागरिकहरू र मस्जिदका ट्रस्ट सदस्यहरूमाथि पनि मुद्दा दायर गरिएको थियो ।
बम्बइ उच्च अदालतको औरंगावाद पीठका न्यायाधीश टीबी नलवाडे र एमजी सेवलिकरको इजलासले आतेरी कोस्ट, घाना, तान्जानिया, जिबौटी, बेनिन र इन्डोनेसियाका नागरिकहरूको एकै आसयको तीन फरक–फरक पुनरावेदनमाथि सुनुवाइ गरी फैसला गरेको हो ।
ती सबै विदेशीमाथि पुलिसले तबलिगी जमातका ती विदेशीहरूले लकडाउनको उल्लङ्घन गरेका, अलगअलग इलाकाहरूमा मस्जिदहरूमा बसेर सामूहिक नमाज पढिरहेको आरोप लगाइएको थियो । तर पुनरावेदक विदेशीहरूले आफूहरू भारत सरकारद्वारा जारी भिसाअनुसारै भारत आएको, आफूहरू भारतको संस्कृति, परम्परा, सेवा र खानाको अनुभव लिनका लागि भारत भ्रमण गरेको बताएका थिए ।
ती पुनरावेदकहरूले सप्रमाण आफूहरू भारत आउँदा विमानस्थलमा स्क्रीनिङ गरिएको, कोभिड–१९ को परीक्षण गरिएको र ती परीक्षणमा कोभिड–१९ नेगेटिभ पाइएपछि मात्र विमानस्थलबाट बाहिर आउने अनुमति मिलेको स्पष्ट पारे । त्यसको अतिरिक्त उनीहरूले अहमदनगर जिल्लामा पुगेपछि जिल्ला प्रहरी प्रमुखलाई सूचित गरिएको थियो । मार्च २३ का दिनदेखि भारतमा लकडाउन लागू भएपछि सवारी साधनको आवागमन पूर्णतः बन्द भए । त्यसैले उनीहरूले मस्जिदमा शरण लिएका थिए । उनीहरूले न लकडाउनको उल्लङ्घन गरेका थिए न त कुनै गैरकानुनी गतिविधिमा सामेल थिए ।
Leave a Reply