“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
गत वर्ष डिसेम्बर महिनामा मध्यचीनको हुपेई प्रान्तको उहान सहरमा नोबेल कोरोना भाइरसको महामारी फैलिरहेको समय चिनियाँ जनताको निम्ति निकै कष्टकर समय थियो । त्यतिञ्जेल नोबेल कोरोना भाइरस संसारको निम्ति नवीन भाइरस थियो । त्यसको रोकथाम र प्रतिरोध कसरी गर्ने भन्ने विषयमा अनेकन अन्योल थिए । तथापि, चिनियाँ राजनीतिक नेतृत्व, प्रशासन, वैज्ञानिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सबै क्षेत्रका जनताको एकमनको एकताले चीन त्यो भाइरसलाई लगभग तीन महिनाको अन्तरालमा पराजित गर्न सफल भयो । सुरुमा संसारका महाशक्ति र विकसित भनिएका देशबाट असहयोगमात्र होइन, अपमानसमेत गरिरहेको अन्तर्राष्ट्रिय परिस्थितिमा चीनको निम्ति त्यो भाइरससँगको लडाइँ कम कष्टकर थिएन । ती सबै प्रतिकूलताको सामना गर्दै चीनले भाइरसलाई पराजितमात्र गरेन, बरु आज त्यो भाइरसको खोप बनाउने अनुसन्धान कार्यमा समेत चीन अगाडि छ । आपत्कालीन त्यो समयमा चीन सरकारको जनतालाई रोगबाट जोगाउने तन्मयता र चिनियाँ जनताबीचको एकता र अनुशासनकै कारण भाइरसमाथिको विजय सम्भव भएको थियो ।
महामारी अब कुनै हल्ला होइन । यो वास्तविकता हो र यो घातक रोग हाम्रै घरआँगनमा पुगिसकेको छ । त्यसकारण यसबाट जोगिन अझै पनि जनताले बेवास्ता गरे सरकारको भगीरथ कोसिस पनि सफल हुनेछैन । अनुशासित र एकताबद्ध जनताले नै कोरोना भाइरसलाई पराजीत गर्नसक्ने वास्तविकता हामीले चीनको उदाहरणबाट देखिसकेका छौँ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै यो लडाइँका अग्रमोर्चाका सिपाही हुन् । कर्तव्य पालनाको क्रममा आज सयौँ सङ्ख्यामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत यो रोगबाट सङ्क्रमित भएका छन् । उनीहरूलाई सम्मान गर्दै सम्बद्ध निकायले जारी गरेको सूचनाको कडाइपूर्वक पालना हुन आवश्यक छ ।
नेपाल आज झन्डै उस्तै परिस्थितिमा छ । दिनानुदिन कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । दोस्रो चरणको लकडाउन लागू गरिएको छ । धेरै सङ्ख्यामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूसमेत रोगबाट सङ्क्रमित भएका छन् । अस्पतालमा शय्याको अभाव हुन थालेको छ । सघन जनसङ्ख्याको बसोबास रहेको काठमाडौँ उपत्यकालगायत सहर नै सङ्क्रमणको केन्द्र बनेका छन् । भाइरस सङ्क्रमणको दर अझै उचाइमा पुगिनसकेको विज्ञहरू भन्दै छन् । यस्तो अवस्थामा सबै जनताबीच आपसी एकताबिना यो भाइरसविरुद्धको लडाइँ जित्न सम्भव छैन । सरकारले भाइरस रोकथाम र नियन्त्रणको लागि लकडाउनको घोषणा गरेको छ । तर, जनता अनुशासित नबने लकडाउन प्रभावकारी बन्ने छैन । सुरक्षाकर्मीको जोडबलले मात्र लकडाउन सफल हुनसक्दैन । मानिसहरू मूल सडकमा सुरक्षाकर्मीको कडाइको कारण नदेखिए पनि भित्री बस्ती र गल्लीहरूमा भने अझै पनि मानिसहरू घरबाहिर निस्केका देखिन्छन् । कतिपय मानिसले अझै पनि मास्क लगाउने र आपसी दुरी कायम गर्नेजस्ता नियमको पालना गरिरहेका छैनन् ।
महामारी अब कुनै हल्ला होइन । यो वास्तविकता हो र यो घातक रोग हाम्रै घरआँगनमा पुगिसकेको छ । त्यसकारण यसबाट जोगिन अझै पनि जनताले बेवास्ता गरे सरकारको भगीरथ कोसिस पनि सफल हुनेछैन । अनुशासित र एकताबद्ध जनताले नै कोरोना भाइरसलाई पराजीत गर्नसक्ने वास्तविकता हामीले चीनको उदाहरणबाट देखिसकेका छौँ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै यो लडाइँका अग्रमोर्चाका सिपाही हुन् । कर्तव्य पालनाको क्रममा आज सयौँ सङ्ख्यामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत यो रोगबाट सङ्क्रमित भएका छन् । उनीहरूलाई सम्मान गर्दै सम्बद्ध निकायले जारी गरेको सूचनाको कडाइपूर्वक पालना हुन आवश्यक छ ।
सरकार यतिबेला पूर्णतः जनतालाई रोगबाट जोगाउने एकसूत्रीय लक्ष्यका साथ अघि बढ्नुपर्छ । जनताको रक्षा नै कुनै पनि सरकारको पहिलो धर्म हो । जनता आपत्मा परेको बेला आपसी सत्ता सङ्घर्षमा शासक र अन्य दल लाग्छन् भने त्यो सबभन्दा निन्दनीय कुरा हो । देशको राजनीतिक नेतृत्वको व्यवहार यतिबेला जनतालाई आशावादी र उत्साहित बनाउने हुनुपर्छ । राजनीतिक नेतृत्वको अभिव्यक्ति आपसमा विभाजन ल्याउने होइन, एकताबद्ध बनाउने खालको हुनुपर्छ । यो कठिन लडाइँ लड्न आपसी हौसला र उत्साह नभई जित्न सम्भव छैन । छिमेकी देश चीनका जनताले कोभिड–१९ विरुद्धको लडाइँमा हासिल गरेको सफलताबाट नेपाली जनताले केही सिके नेपालले चाँडै यो भाइरसलाई पराजित गर्न सम्भव छ ।
Leave a Reply