सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइचिङ, २२ अगस्ट । चीनका राष्ट्रपति सी चिनफिङले बेल्ट एन्ड रोड परियोजनाअन्तर्गतको उल्लेखनीय परियोजनाको रूपमा चीन–पाकिस्तान आर्थिक क्षेत्र (सीपेक) चीन र पाकिस्तानबीचको सदावहार रणनीतिक साझेदारीको गहन विकास र चीन–पाकिस्तानलाई साझा भविष्य बोक्ने समुदाय नजिक पु¥याउन निकै महत्वपूर्ण भएको बताउनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहनुभएका सीले पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीसँगको मौखिम सन्देश आदानप्रदानको क्रममा यस्तो भनाइ राख्नुभएको हो ।
सीले सीपेक राजनीतिक पार्टी संयुक्त परामर्श संयन्त्रको दोस्रो सम्मेलनको उद्घाटन समारोहमा अल्भीले शुभकामना सन्देश पठाएकोमा खुसी व्यक्त गर्दै यसले चीन–पाकिस्तान सम्बन्ध तथा सिपेकको निर्माणप्रति पाकिस्तानी राष्ट्रपतिले दिएको ठुलो महत्व र सहयोग झल्किने बताउनुभयो ।
“चीन र पाकिस्तान असल दाजुभाइ र साझेदार हुन् । हामीबीच विशेष मित्रता छ । दुवै देशका राजनीतिक पार्टीहरूबीच बेलाबेला मैत्रीपूर्ण परामर्श हुँदै आएको छ । लगातारको परामर्शबाट बन्ने राजनीतिक सहमतिले सिपेकको निर्माणमा उपयुक्त वातावरण बनेको छ । साथै यसले उच्चस्तरीय बेल्ट एन्ड रोड सहकार्यको विकास भएको छ”, सीले भन्नुभयो ।
“कोभिड–१९ को महामारी फैलिएयता संसारभरको लडाइँले नोबेल कोरोना भाइरसलाई पराजीत गर्न आपसी सहयोग, ऐक्यबद्धता र सहकार्य नै मानव जातिसँग भएको एउटैमात्र विकल्प हो भन्ने प्रस्ट पारेको छ”, सीले भन्नुभयो ।
“साझा भविष्य बोकेको चीन–पाकिस्तानबीचको निकट मैत्री समुदाय निर्माणमा पाकिस्तानसँग काम गर्न चीन तयार छ । साथै क्षेत्रीय ऐक्यबद्धता र सहकार्य प्रवद्र्धन तथा शान्ति र विकासले हासिल गरेको गतिलाई जोगाउन तत्पर छौँ”, उहाँले अगाडि भन्नुभयो ।
यसअघि पाकिस्तानी राष्ट्रपति अल्भीले सिपेक राजनीतिक पार्टीहरूको संयुक्त परामर्श संयन्त्रको दोस्रो सम्मेलनमा शुभकामना सन्देश पठाउनुभएको थियो ।
उहाँले कोभिड–१९ ले निकै दुःख दिइरहेको समयमा चीनले समयमै सहायता सामग्री पठाएर पाकिस्तानलाई मद्दत गरेको राष्ट्रपति सीप्रति आभार व्यक्त गर्नुभयो ।
उवेगर मुसल्मान समुदायलाई निकै समस्या छ भन्छ चाइनामा, पाकिस्तानलाई फेरि दाजु भन्या छ, उसो त नेपाललाई ईन्दियाले भाई भन्छ, तर सिमाना मिच्या मिच्याई, मलाई विश्वास लागेन जब सम्म चीनी मुसल्मानलाई सम्मान मिल्दैन तब सम्म यो मेरो लागि दन्त्य कथा जस्तै नेपालका आस्थिक कम्युनिष्ट हामी ।