भर्खरै :

सतर्कता आवश्यक

आजभोलि मा.वि. तहमा पढ्ने कम उमेरका छोराछोरीहरू ‘आमाबुबाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामाथि’ भनेझैँ उनीहरूको उज्ज्वल भविष्यको निम्ति लागिरहेका आमाबुबाको सल्लाह र आग्रहलाई टेरपुच्छर लगाउँदैनन् । उनीहरू चालै नपाउने गरी गलत बाटोतिर हिँड्छन् । उनीहरू चलचित्रको क्षणिक प्रभावमा परेर, देखावटी र क्षणिक मायाजालमा परेर, गलत फेसबुकको प्रभावमा परेर, चाटिङ्गको प्रभावमा परेर नाटकीय प्रेम विवाह गर्न पुग्दछन् । अनि आफूलाई मन परेको केटा र मन पर्ने केटी पाएपछि आमाबाबुलाई सुइँको नै नदिइकन सुटुक्क भाग्छन् । के गरिस् मङ्गले आफ्नै ढङ्गले भनेजस्तै पछि जीवनमा उनीहरू हन्डर खान पुग्छन् । कसैले कपाल भुत्ल्याउँछन्, कसैले केही महिनामै छोडेर भागिदिन्छन्, कसैले गर्भ बोकाएर भागी दिन्छन् र कसैले एक दुइटा बच्चा पाइसकेपछि पनि अलपत्र पारेर भागिदिन्छन् ।
विवाह भनेको बच्चाबच्चीको खेल होइन, अनि २÷३ घण्टाको चलचित्र पनि होइन । विवाह गफमा भुलेर एकैछिनमा गरिबबाट धनी हुने र धनीबाट गरिब हुने होइन । अहिलेको जमानामा केटाकेटीहरूको साथी हुनु र घुम्न जानु नौलो कुरा होइन । जब आफूसँग उच्च शिक्षा हुन्छ, जीवन उपयोगी सीप हुन्छ, अझ रोजगारी भएपछि बिहेको कुरा गर्नुपर्छ । आफ्नो खुट्टामा आफै उभिन सक्षम भएपछि विवाहको कुरा गर्नुपर्छ । कुनै छोरा वा छोरीले आफूले विवाहको निर्णय लिनुअगाडि आमाबाबुसँग खुलस्त आफ्नो कुरा राखेर सल्लाह लिनुपर्छ । यसले आफूलाई नै सहयोग पुग्छ र परिवारमा मेलमिलापको भावना बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *