राजनीति, सरकार र सुशासनको नारा
- श्रावण ११, २०८३
आज भदौ ९ गते, कालो दिवस । वि.सं. २०४५ भदौ ९ गते तत्कालीन नेपाल मजदुर किसान सङ्गठनलाई समूल नष्ट गर्न तत्कालीन तानाशाही पञ्चायती व्यवस्था र त्यसका मतियारहरूले राज्यस्तरबाट रचिएको षडयन्त्र ‘भक्तपुर काण्ड’ ले ३२ वर्ष पार गर्दै छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई तत्कालीन पञ्चायती सरकारका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ, रापस अध्यक्ष नवराज सुवेदीलगायतले ‘रोहितलाई फाँसी दे’ भनी नारा लगाई बलिको बोको बनाइएका ह्योजूको शव ¥याली गरेको दिन हो – भदौ ९ ।
यो दिन युद्धस्तरमा, छापामार शैलीमा नेमकिपाका नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारण जनतालाई गिरफ्तार गरेको दिन हो । भदौ ९ पछिका दिनहरूमा गिरफ्तार गरिएका नेता, कार्यकर्ता, समर्थक सबैलाई अमानवीय र जङ्गली व्यवहार गरियो । कसैलाई हरियो बाँसमा शवलाई झुन्ड्याएजस्तै बाँधेर मरणासन्न हुने गरी, कसैलाई कानको जाली फुट्ने गरी उठबस गर्न नसक्ने गरी, कसैलाई हात–खुट्टाको दसै आँैलामा पिनले घोचेको त कसैलाई राँगालाई कसाइँले डोरीले बाँधेजस्तै बाँधेर पाइताला र शरीरका अन्य भागमा निर्दयी तरिकाले पिटेको थियो । त्यसैबेला कसैलाई करेन्ट लगाएर यातना दिइएको थियो । कसैले भूमिगत बस्ने क्रममा मकैबारीमा, कसैले खुर्सानी बारीमा त कसैले सिमेन्टको पाइपभित्र लुकेर रात बिताउनु परेको समय थियो । कसैले जेलमा हुँदै छोरा गुमाउनु परेको थियो । कसैको यातना र चिन्ताको कारण ज्यान गएको थियो । यसरी दुःख, पीडा र क्रन्दन सुन्नु परेको समय थियो २०४५ सालको भदौ महिना । भदौ ९ को रातदेखि एक वर्षसम्म प्रहरी आतङ्कसँगै दुई हजारभन्दा बढी मानिसलाई प्रहरीले पक्राउ गरी यातना दिइएको थियो ।
का. रोहित, का. बुद्धिकुमार गोसाईलगायत अन्य नेता–कार्यकर्ताका घरमा रहेका भएभरका पुस्तक र ग्रन्थहरू लुटिएको थियो । यसबाहेक सर्वसाधारण जनता, दिदीबहिनी, दाजुभाइहरूलाई प्रहरी प्रशासन र स्थानीय मतियारहरूले सुराकी गरेको, अभद्र व्यवहार गरेकोको लेखाजोखा गरी साध्य छैन । यसकारण नेपाल मजदुर किसान पार्टी र देशभरिका नेता, कार्यकर्ता र सर्वसाधारण जनतालाई राज्यद्वारा रचित षड्यन्त्रको विरोधमा, अमानवीय यातनाको विरोधमा नेमकिपाले हरेक वर्ष भदौ ९ को दिनलाई कालो दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहितले विगतदेखि समयसमयमा भन्दै आउनुभएको छ, “नेपाल मजदुर किसान पार्टीको गरिब जनताको निःस्वार्थरूपले सेवा गर्नु बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन । तर, कसैले देश र जनताविरुद्ध विश्वासघात गर्छ, बेइमानी गर्छ भने यस्तालाई भागेर स्वर्गमा जान खोजे पनि जनताले खुट्टा तानेर पर्छानेछन् र नर्कमा जान खोजे पनि टुपी समातेर तान्नेछन् ।” त्यसैले नेमकिपाले प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर पनि देश र जनताको हितमा बढीभन्दा बढी सेवा गर्ने र देश अनि जनताविरुद्ध गरेका र गर्न खोजेका कुकृत्यको विरोध गर्ने काम ग¥यो । त्यस्ता क्रियाकलाप गर्ने व्यक्ति, संस्थालाई जनताको माझमा लगेर उदाङ्ग्याउने काम गरी सचेत र सङ्गठित गरिरह्यो, गरिरहेका छन्, गरिरहनेछन् ।
यो दिन युद्धस्तरमा, छापामार शैलीमा नेमकिपाका नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारण जनतालाई गिरफ्तार गरेको दिन हो । भदौ ९ पछिका दिनहरूमा गिरफ्तार गरिएका नेता, कार्यकर्ता, समर्थक सबैलाई अमानवीय र जङ्गली व्यवहार गरियो । कसैलाई हरियो बाँसमा शवलाई झुन्ड्याएजस्तै बाँधेर मरणासन्न हुने गरी, कसैलाई कानको जाली फुट्ने गरी उठबस गर्न नसक्ने गरी, कसैलाई हात–खुट्टाको दसै आँैलामा पिनले घोचेको त कसैलाई राँगालाई कसाइँले डोरीले बाँधेजस्तै बाँधेर पाइताला र शरीरका अन्य भागमा निर्दयी तरिकाले पिटेको थियो ।
लेनिनवादी नीतिअनुसार तत्कालीन नगर पञ्चायतमा निर्वाचित भएपछि नेमकिपाका कार्यकर्ताहरूले पार्टीको घोषणापत्रअनुसार नगर पञ्चायतले साक्षरता अभियान र विभिन्न सीपमूलक तालिमहरू चलाएको थियो । पञ्चायती सरकारले विद्यालयमा प्रा.वि. तहमा निःशुल्क पठनपाठन सुरु गर्नुभन्दा अगाडि नै भक्तपुर नगर पञ्चायतले भक्तपुरमा निमावि तहसम्म निःशुल्क पठन–पाठन गराएको थियो । जनतालाई शिक्षित र सचेत गर्न माओको जीवनी, मेकियावलीको ‘नरेश’ जस्ता पुस्तक प्रकाशन गर्नुको साथै जनताको सेवाको लागि जनस्वास्थ्य सेवा केन्द्र खोलेको थियो । नगर पञ्चायतले गरेका विकास निर्माण र अन्य सुविधा विस्तारको क्रममा भएको निर्णय र आम्दानी खर्चको हिसाब विवरण जनतासामु ल्याउन, पारदर्शी गर्न र अन्य गतिविधिको समाचार सम्प्रेषण गर्न ‘पञ्चायत’ मासिक पत्रिका प्रकाशन गरेको थियो । हाल प्रकाशनमा रहेको ‘भक्तपुर’ मासिक पत्रिका त्यसैको शिलशिला हो । त्यो पत्रिकाको नाम ‘पञ्चायत’ भए पनि यसले पञ्चायत र यसका मतियारहरूको कुकृत्यको उदाङ्ग्याउने काम गर्ने गरेको थियो ।
वि.सं. २०४५ साल भदौ ५ गते, बिहान ५ बजेतिर नेपालमा विनाशकारी भूकम्प गएको थियो । त्यस भूकम्पबाट भक्तपुर पनि अछुतो रहन सकेन । धेरै जनताको घर भत्के, चर्के र ठूलो धनजनको क्षति भयो । त्यसबेला पञ्चायती सरकारले भूकम्प पीडित जनतालाई राहतको घोषणा गर्नुअगाडि नै तत्काल भक्तपुर नगर पञ्चायतले भक्तपुरका पीडित जनतालाई बाँड्न रु. १२ लाखको राहत घोषणा गरेको थियो । सबै जनप्रतिनिधिहरू घटनास्थलमा क्षतिको अवस्था बुझ्न र त्यसको लगत सङ्कलन गर्न खटिएका थिए । यसरी नेपाल मजदुर किसान पार्टीले देश र जनताको सेवा गरी पञ्चायती व्यवस्था र त्यसका मतियारहरूको जनविरोधी कामलाई उदाङ्ग्याउने काम गरेको हुँदा तिनीहरूले षड्यन्त्र गरेका थिए ।
का. रोहित भन्नुहुन्छ, “जो आगोसँग खेल्छ ऊ आगोमै मर्छ, जो पानीसँग खेल्छ ऊ पानीमै मर्छ ।” मतियारहरू त्यही कारण पतन भए, पञ्चायती व्यवस्था अन्त्य भयो । त्यसबेला नेपाल मजदुर किसान पार्टी र त्यसका नेता, कार्यकर्ता र जनतालाई सरकारले गरेको अमानवीय यातना र दमनविरुद्ध मानव अधिकारवादी सङ्घ–संस्था र वरिष्ठ अधिवक्ताहरूले साथ दिए । हृषिकेश शाह, कृष्णप्रसाद भण्डारी, बासुदेवप्रसाद ढुङ्गाना, सिन्धुनाथ प्याकुरेल, मुकुन्द रेग्मी, लक्ष्मण अर्याल, कृष्णप्रसाद पन्त, दमननाथ ढुङ्गाना आदि वरिष्ठ कानुन व्यवसायीहरू, गोविन्द वियोगी, मदनमणि दीक्षित, पद्म ठकुराठी, दयाराम विष्ट, भरतराज थापा, गोपालप्रसाद भट्टराई, पुरुषोतम दाहाल, प्रकाश काफ्लेजस्ता वरिष्ठ पत्रकारहरू, बुद्धिजीवीहरू गणेशमान सिंहलगायतका अरू दलका नेता र सर्वसाधारण जनताले साथ दिए । अन्त्यमा वि.सं. २०४६ सालको जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था सदाको लागि अन्त्य भयो, देशमा प्रजातन्त्र पुनः स्थापना भयो ।
आज देशमा पुँजीवादी प्रजातन्त्र छ । यो प्रजातन्त्रले मुट्ठीभर जनताको मात्र हित गर्छ, बहुसङ्ख्यक जनताको हित गर्नसक्दैन । उही बेला का. रोहितले भन्नुभएको थियो, “यो प्रजातन्त्र प्यास लागेको मानिसलाई एक चम्चा पानी खुवाउनु जस्तो मात्र हो ।”
समय–समयमा हामीले अग्रजहरूबाट सुन्दै आएका छौँ । राजनीतिमा देश र जनताको लागि राम्रो काम गर्ने व्यक्ति, पार्टी अनि संस्थाको विरोधमा षड्यन्त्र भइरहन्छ । त्यसको रूप सधैँ एउटै हुँदैन, फेरिरहन्छ । त्यो सफल हुने या असफल हुने परिस्थितिमा भर पर्दछ । त्यसैले एक साप्ताहिक पत्रिकाले भक्तपुर काण्डको षड्यन्त्रबारे प्रश्न गर्दा त्यसबेलाका प्रधानमन्त्रीले ‘राजनीतिमा अनेक टिकडम चल्छ, यसमा हामी सफल हुन सकेनौँ’ भनेका थिए ।
जेलमा शोषक, सामन्त, जमिनदार, जालीफटाहाहरूले ज्यान मुद्दा, डकैती मुद्दा, चोरी मुद्दा आदिमा फसाइएका कति निर्दोष, गरिब, अशिक्षित जनताले जेल जीवन बिताइरहेका छन् । उनीहरूका घरखेत लुटिएका छन्, सम्पत्ति लुटिएका छन् । उनीहरूका घर–परिवार टाढा छन् । कोही भेट्न आउन पनि सक्दैनन् । कोही जेलमै जिन्दगी बिताउँछन् । कति जेलमै मर्छन् । त्यसको कुनै टुङ्गो छैन । देशका विभिन्न गाउँ–ठाउँमा तिनीहरूले आफ्नो नोकर चाकर बनाउन, हरूवा, चरुवा, कमैया बनाउन, दास बनाउन जालसाजी या षड्यन्त्र गरिरहेका हुन्छन् । गरिब जनताले दुःख पाइरहेका हुन्छन् । त्यहाँ तिनीहरूको पीडा, चित्कार र क्रन्दन सुन्ने कोही पनि हुँदैन न सरकारले नै सुन्छ । किनभने अहिलेको सरकार गरिब वर्गको सरकारको होइन । गरिब वर्गको सरकार र व्यवस्था ल्याउन कामदारवर्गले सङ्घर्ष गर्नुपर्छ, पार्टी सङ्गठनमा लाग्नुपर्छ, पार्टी कार्यक्रममा लाग्नुपर्छ, सक्दो सहयोग गर्नुपर्छ । अनि त्यस्ता षड्यन्त्रकारीहरूले षड्यन्त्र र जालसाजी गर्ने आँट गर्दैनन् । भदौ ९ गतेको कालो दिवसको संस्मरणले जनतालाई सधैँ सचेत गराउँछ र गराइरहनेछ ।
Leave a Reply