शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
सोल, २५ अगस्ट । दक्षिण कोरियाको राजधानी सोल र वरपरका क्षेत्रका सबै विद्यार्थीहरू फेरि अनलाइन शिक्षामा फर्किने भएका छन् । पछिल्लो पटक दक्षिण कोरियामा नोबेल कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखी हाललाई अनलाइन कक्षामै फर्किने निर्णय भएको छ ।
दक्षिण कोरियाको राजधानी सोल, इचिओन र गेओनजी प्रान्तमा शिशुस्याहार केन्द्रदेखि सबै विद्यालयहरूका विद्यार्थीलाई घरमै बसेर अनलाइन कक्षामा बस्न त्यहाँको शिक्षा मन्त्रालयले आग्रह गरेको छ । बुधबारबाट आगामी सेप्टेम्बर ११ सम्म यसरी नै कक्षा सञ्चालन गर्न मन्त्रालयले विद्यालयहरूलाई आग्रह गरेको छ । तर, माध्यामिक विद्यालयको अन्तिम वर्षका विद्यार्थीहरूको हकमा भने यो प्रावधान लागु गरिएको छैन । आगामी डिसेम्बरको सुरुमै उनीहरूको लागि महत्वपूर्ण विश्वविद्यालयको प्रवेश परीक्षा भएकोले उनीहरूको कक्षालाई नै साबिक निरन्तरता दिने भएको छ ।
दक्षिण कोरियामा गत सोमबार मध्यरातसम्ममा थप २८० वटा कोभिड सङ्क्रमण भेटिएको छ । यो सङ्ख्यासँगै अब कोभिडका बिरामीहरूको सङ्ख्या १७ हजार ९४५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
लगातार दुई दिनसम्म ३ सत्न्दा न्यून सङ्क्रमण फेला परेको छ । तथापि बितेका १२ दिनमा लगातार तीन अङ्कमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय एक जना थप सङ्क्रमण मृत्यु भएसँगै दक्षिण कोरियाका कोरोना भाइरसको कारण मर्नेको सङ्ख्या ३१० पुगेको छ । सङ्क्रमण राजधानी सोलमै केन्द्रित देखिएको छ । सोल सहरमा मात्र देशको आधा जनसङ्ख्याको बसोबास छ ।
“अगस्टयता फैलिएको समुदाय स्तरको सङ्क्रमणबाट अहिले विद्यार्थी र शिक्षकहरू पनि प्रभावित बनेका छन्”, शिक्षामन्त्री यु उन–हैले सञ्चारमाध्यमलाई भने ।
बितेका दुई सातामा झन्डै २ सय विद्यार्थी र विद्यालयका शिक्षक र कर्मचारीहरू भाइरसबाट प्रभावित भएका छन् ।
अहिले सङ्क्रमण मूलतः राजधानीको बाक्लो जनसङ्ख्या भएको क्षेत्रमा केन्द्रित देखिए पनि सरकारी अधिकारीहरूले देशभरि सङ्क्रमणको जोखिम भएको बताएका छन् । उनीहरूले सर्वसाधारणलाई घरमै बस्न र सकेसम्म कम यात्रा गर्न आग्रह गरेका छन् ।
सोलले सोमबार पहिलो पटक मानिसलाई सार्वजनिक स्थलको भित्र र बाहिर अनिवार्यरूपमा मास्क लगाउन आह्वान गरेको छ । विशेषतः गिर्जाघर, रात्रीक्लव, मदिरालय र अन्य सार्वजनिक क्षेत्र उच्च जोखिमपूर्ण भएकोले बन्द गर्न आदेश जारी गरेको छ ।
दक्षिण कोरियाका स्वास्थ्यमन्त्री पार्क न्युङ हुले मङ्गलबार काम रोकेका हजारौँ चिकित्सकहरूलाई काममा फर्किन आह्वान गरेका छन् ।
“हामी सबै स्वास्थ्यकर्मीहरूलाई तत्काल काममा फर्किन आह्वान गर्छौैँ । बिरामी तपाईँहरूको प्रतिक्षामा छन्”, उनले भने ।
दक्षिण कोरियाका चिकित्सकहरूले विभिन्न माग राखेर काम ठप्प बनाएका छन् । उनीहरूले आगामी दस वर्षमा दक्षिण कोरियामा चार हजार स्वास्थ्य क्षेत्रका विद्यार्थी बढाउने सरकारको प्रस्तावको विरोध गरेका छन् ।
तर, सरकारले भने नोबेल कोरोना भाइरसजस्ता सार्वजनिक स्वास्थ्य सङ्कटको उचित तयारीको लागि आफ्नो योजना आवश्यक भएको जवाफ दिंदै आएको छ । तर, चिकित्सक सङ्गठनहरूले भने अहिले भएका समस्या समाधानतिर लाग्नुभन्दा सरकार बजारमा अनावश्यक रूपमा प्रतिस्पर्धी बढाउन खोजिरहेको भनी असन्तोष पोखिरहेका छन् ।
Leave a Reply