भर्खरै :

पुँजीवादी सञ्चारमाध्यम झूटको कारखाना

पुँजीवादी देशका मूलधारका सञ्चारमाध्यम भनिने टेलिभिजन, दैनिक समाचार पत्र होस् वा रेडियो च्यानलहरू किन नहोस् तिनीहरू हरबखत तिनीहरूले शत्रु ठानेका देश, वर्ग, सम्प्रदाय र व्यक्तिहरूका विरुद्ध अनर्गल तर योजनाबद्ध दुष्प्रचार गरिरहेकै हुन्छन् । त्यसैले ती देशका सचेत नागरिक ती सञ्चारमाध्यमका अधिकांश समाचारमा विश्वास गर्दैनन् । तिनीहरू एउटा तथ्यलाई अर्कैरूपमा प्रस्तुत गर्छन् र गलत जनधारणा निर्माण गर्नमा बल पु¥याउँछन् । अहिले अमेरिकी र युरोपेली टेलिभिजन च्यानलमा प्रशारण हुने रिपोर्ट, दैनिक समाचारपत्र र केही पत्रिकामा छापिएका समाचार पढ्ने बेलामा ती सञ्चारमाध्यमका सम्पादकहरूले माध्यमिक शिक्षा पनि पूरा गरेका छन् कि छैनन् भन्ने लाग्छ । तिनीहरू आफूसित भएका पुराना र झूटा विवरणका आधारमा झूटा सामग्री तयार गरेर सोझासिधा दर्शक र पाठकहरूलाई मूर्ख बनाइरहेका छन् ।
उदाहरणका लागि उनीहरू उत्तर कोरियाका दिवङ्गत राष्ट्रपति किम इल सङ र किम जङ इलको तस्बिर र भिडियो देखाएर वर्तमान नेता किम जङ उनको निधन भएको वा कोमामा गएको भनी नितान्त झूट पटक–पटक दोहो¥याउँछन् । चनिको कुनै सहर र गाउँको तीस–चालिस वर्ष पुरानो तस्बिर र भिजुअल देखाएर चीन अझै अविकसित र पिछडिएको अवस्थामा छ भनी दाबी गर्छन् । नेपालको बारेमा कतिपय भारतीय सञ्चारमाध्यम र यूट्युवहरूका प्रसारण सामग्री पनि झूटा जानकारीहरू भरिएका हुन्छन् । हिजोआज इन्टरनेटमा विभिन्न देश, समाज, सम्प्रदाय र व्यक्तिका बारेमा धेरै नै जानकारीहरू छन् तर ती सबै सत्य होइनन् । ती जानकारीहरूको तुलनात्मक अध्ययन, विश्लेषण र निचोड निकाल्न सकिएन भने गलत जानकारी वा भ्रमको जालमा पर्ने सम्भावना पनि उत्तिकै छ । यसले पुँजीवादी सञ्चारमाध्यम झूटको कारखाना भएको पुष्टि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *