अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
विद्यालयबाटै आन्तरिक मूल्याङ्कन गरिएको यस वर्षको एसईई नतिजाले माध्यमिक विद्यालयको शिक्षाको वास्तविक स्तर, निजी विद्यालयको पुँजीवादी नैतिकता र शिक्षामा सुधारको आवश्यकतालाई जनाउँछ ।
केही मूर्ख रोगीहरू आ–आफ्नो रगत, दिसा–पिसाब वा ल्याब टेस्टको परिणाम ‘सामान्य’ भनी लेख्न ल्याबका प्राविधिकहरूसँग अनुरोध गर्छन् । विद्यालयकै आन्तरिक मूल्याङ्कनलाई सरकारले मान्यता दिई यस वर्षको एसईईको परिणाम प्रकाशित गर्दा त्यसले माध्यमिक शिक्षासँग सम्बन्धित क्षेत्रमा एक प्रकारको आक्रोश र निराशासँगै नैतिक जीवनमा भुइँचालो नै ल्याएको बताइन्छ ।
तर, ठूलठूला निजी वा एकाधिकार प्राप्त विद्यालयका सञ्चालकहरूले आफूहरूले ठूलै विजय पाएको सम्झे । माक्र्सले पुँजीमा लेख्नुभएको छ, “यदि दोब्बर नाफा हुने भए पुँजीपतिहरू आफू झुन्डिन पनि तयार हुन्छन् ।”
एकाधिकारवादी निजी विद्यालयका पुँजीपतिहरूले देश र जनतालाई नक्कली नतिजा देखाएर आ–आफ्ना विद्यालयमा विद्यार्थी बढाएर चर्काे नाफा लिएर नयाँ पुस्ताको जीवन बर्बाद पार्ने र देशलाई नै विदेशीको हातमा सुम्पन तयार हुने हुँदा पुँजीवादी व्यवस्थालाई ध्वस्त पारेर समाजवाद स्थापना गर्नुपर्ने चिन्तन अगाडि बढेको हो । नेपालमा नाफा र पैसाकै निम्ति केटी बेच्ने गल्लावालहरूले आ–आफ्नो गाउँका चेलीबेटीहरूलाई मात्र होइन आफ्नै बहिनी र श्रीमतीलाई समेत भारतीय वेश्यालयमा दलालमार्फत बेचेका घटनाहरू नेपाली पत्र–पत्रिकाहरूमा बरोबर सुन्थ्यौँ, पढ्थ्यौँ । २० वर्षदेखि म्यानपावर कम्पनीहरूद्वारा नेपाली युवाहरू विदेशी बहुराष्ट्रिय कम्पनीहरू र विदेशी घर – घरमा घरेलु कामदार एवम् दासदासीको रूपमा बेचिएको तथा ती नेपालीहरूको दुःख, कष्ट र पीडाबारे पत्र–पत्रिकाले धेरै लेखिसके । त्यस्ता कम्पनीहरू नै करोडपति अर्बपति हुँदै छन् । कानुनी बन्दोबस्तअनुसार नै देशको नयाँ पुस्ता विदेशी कम्पनीहरू (मालिकहरू) मा बेचिएका छन् । यसैलाई पुँजीवादी व्यवस्थाको ‘कानुनी लुट’ र ‘अत्याचार’ भनिन्छ ।
त्यस्तै, हाम्रा ठूलठूला निजी विद्यालयका सञ्चालकहरू पैसा (नाफा) को निम्ति हाम्रो नयाँ पुस्तालाई ‘म्याद नाघेको’ औषधी दिएजस्तै नक्कली र झूटा परीक्षा परिणाम बाँड्दै छन् । यस अपराधमा दोषी को हुन् ?
शासक दलहरूले करोडौँ करोड रकम लिएर एकाधिकारवादी निजी विद्यालयका पुँजीपतिहरू वा शोषकहरूलाई नै सांसद बनाएका छन् । शिक्षाका अनेक जाली र नयाँ पुस्तालाई बर्वाद गर्ने शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकहरू तिनीहरूकै सल्लाहमा तयार गराउँछन् ।
परिणाम के होला ? कतिपय विद्यार्थी आफ्नो परीक्षा परिणामलाई साँचो मानेर मेडिकल कलेजमा लाखौँ रूपैयाँ तिरेर भर्ना हुन्छन्, एक दुई वर्ष पढेर निराश हुन्छन् र आत्महत्या समेत गर्नेछन् ।
कतिपय विद्यार्थी अहङ्कार र घमण्डले घर र समाजमा उपद्रव गर्नेछन् । यस्ता परिणाम समाजमा हिजो पनि नपाइएको होइन ।
विदेशमा हाम्रो शैक्षिक प्रमाणपत्रहरूलाई पत्याइने छैन र देशको प्रतिष्ठामा ठूलो क्षति हुनेछ ।
यसकारण, शिक्षामन्त्रीलाई ‘विचरा’ सँग के कुरा गर्ने भनी शिक्षाविद्हरू मन मारेर बस्न बाध्य छन् । तर, शिक्षामन्त्रीले राजीनामा गर्नुपर्ने नैतिक आवश्यकतातिर औँल्याउँदै छन् शिक्षाविद्हरू ।
Leave a Reply