सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
प्योङयाङ, २७ अगस्ट । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र चीनको सीमावर्ती क्षेत्रको तटीय प्रान्त उत्तरी प्योङगानमा बिहीबार आएको समुद्री आँधीबेहरीले त्यहाँको जनजीवन प्रभावित बनाएको छ । बाभी समुद्री आँधीबेहरी नाम दिइएको सो आँधीबेहरीले बिहीबार नै उत्तरपूर्वी चीनको लाओनिङ प्रान्तलाई पनि प्रभावित बनाएको छ ।
प्रजग कोरियाका नेता किम जङ उनले आँधीबेहरी आउनुअघि नै क्षति कम गर्न आवश्यक तयारी गर्न सरकारी संयन्त्र परिचालन गर्न निर्देशन दिएका थिए । दक्षिण कोरिया सरकारले पनि राजधानी सोल र मध्य दक्षिण कोरियाका विभिन्न क्षेत्रका आँधीबेहरी आउन सक्ने भएकोले सजगता रहन सर्वसाधारणलाई आह्वान गरेको थियो ।
दक्षिण कोरियामा १६ सत्न्दा बढी घरमा आँधीहुरीको कारण विद्युत् आपूर्ति बन्द भएको छ भने धेरै घरका छाना उडाएको छ । दक्षिणपूर्वी चीनको ताइवानबाट गत साता सुरु भएको सो आँधीहुरी क्रमशः उत्तरतिर अघि बढिरहेको बताइएको छ ।
चीनको केन्द्रीय मौसम विभागले बाभी आँधीबेहरीको जोखिमलाई ध्यानमा राखी खतराको सङ्केत गरिसकेको छ । सो आँधीबेहरीले उत्तरपश्चिम चीनका कम्तीमा तीन वटा प्रान्तको जनजीवन प्रभावित बनाउन सक्ने पूर्वानुमान गरिएको छ । सो क्षेत्रमा यो हालसम्मकै सबभन्दा ठूलो समुद्री आँधीबेहरी मानिएको छ ।
आँधीबेहरीले सो क्षेत्रमा लगाइएको मकै, भटमास र धान खेतीलाई नराम्रो प्रभाव पार्ने बताइएको छ । सम्भावित क्षतिलाई ध्यानमा राखी चीनको केन्द्रीय सरकार र स्थानीय सरकारले आवश्यक पूर्वतयारी थालिसकेको बताइएको छ ।
Leave a Reply