संविधान बहुसङ्ख्यक जनताको हक हितमा हुनुपर्ने
- आश्विन ५, २०८३
मानिसलाई पुस्तक भन्ने वस्तुबारे थाहा नहुँदो हो त मानिसको सभ्यताले आजको उचाइ हासिल गर्नसक्दैनथ्यो । पुस्तकको आविष्कारले मानिसलाई आजको अवस्थामा पु¥याउन महत्वपूर्ण भूमिका खेल्यो । पुस्तकको उपयोगिता बुझेर मानिसले पुस्तकको संरक्षण गर्न थाले । त्यसरी जोगाइएका पुस्तकहरूको सङ्ग्रह नै पुस्तकालय बने । समाजका मानिसहरू सभ्य र सुसंस्कृत भएपछि पुस्तकालय सभ्य समाजको अनिवार्य आवश्यकता बन्यो । समाजमा जति धेरै पुस्तकालय हुन्छन्, त्यत्ति नै त्यो समाज सिर्जनशील र सुसंस्कृत बन्दछ ।
आज पुस्तकालय दिवस । त्यसो त विश्वव्यापी नोबेल कोरोना भाइरसको महामारीको कारण आज संसारका अधिकांश पुस्तकालयका ढोका बन्द छन् । तथापि, महामारीको प्रतिरोध गर्न घरभित्र बसेका मानिसको सबभन्दा भरपर्दो सहारा पुस्तक नै बनेको कुरा त्यत्तिकै सत्य हो ।
प्रविधिको विकासले एउटा भवनभित्र आलचारीमा सजाइएका नयाँ र पुराना पुस्तकको सङ्ग्रहको महत्व घट्दै गएको पो हो कि भन्ने छलफल पनि चलेकै छ । पुस्तकालय धाउने पाइलाहरू क्रमशः घट्दै गएको बुझाइमा पनि सत्यता छ । तर, जसरी नयाँ फेसनले मानिसलाई लुगा नै नलगाउने तहमा पु¥याएन, त्यसरी नै प्रविधिको विकासले मानिसको अध्ययन गर्ने माध्यम र तरिकामा भिन्नता ल्याएको मात्र हो । पुस्तकको महत्व नै घटेको होइन । बरु केही अध्ययनहरूले प्रविधिको विकाससँगै मानिसहरूमा अझ पुस्तकमै घोत्लिने रुचि बढ्दै गएको देखाएको छ ।
नेपाल संसारमै सबभन्दा कम पुस्तकालय जाने संस्कृति भएको देशमध्ये हुनुपर्छ । नेपालभरि नै पुस्तकालयहरूको सङ्ख्या निकै कम छ । भएका कतिपय पुस्तकालयहरू पनि आज रुग्ण अवस्थामा छन् । पुस्तकालय संस्कृतिको विकास गर्न नागरिक तहले लिने अग्रसरता अपरिहार्य त छ नै । साथै राज्यले पनि पुस्तकालय संस्कृति प्रवद्र्धनमा अहम् भूमिका खेल्न आवश्यक छ । देशैभरिका प्रत्येक वडामा कम्तीमा एउटा पुस्तकालय स्थापना गर्नु स्थानीय पालिकाको दायित्व हो । त्यसरी स्थापना गरिएका पुस्तकालयलाई पुस्तक, पत्रपत्रिका र अन्य भौतिक पूर्वाधार उपलब्ध गराउने जिम्मेवारी केन्द्रीय र प्रदेश सरकारको हुनुपर्छ । प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, जनक शिक्षा सामग्री केन्द्रजस्ता सरकारी निकायमार्फत ती पुस्तकालयमा पुस्तक र पत्रपत्रिका पु¥याउन सके नेपालको भविष्य निर्माणमा गुनिलो पाइला हुनेछ ।
इतिहास बोकेका कति पुस्तकालयहरू पनि आज जीर्ण अवस्थामा छन् । कुनै कालखण्डमा सचेत नागरिकको चेतनाले अभिपे्ररित भएर बनेका ती पुस्तकालय अझै पनि ज्ञानका अथाह भण्डार हुन् । तर, पुस्तकालयलाई माया गर्ने पुस्ता क्रमशः शिथिल बन्दै जानु र त्यसको संरक्षणको निम्ति आवश्यक अग्रसरताको कमीले आज त्यस्तो पुस्तकालयहरूको चमक घट्दै गएको छ । त्यस्ता कतिपय पुस्तकालयहरूको अभिभावकत्व स्थानीय पालिकाले गर्नुपर्छ भने इतिहास बोकेका केही पुस्तकालयलाई अझ विस्तार गरी केन्द्रीय र प्रदेश सरकारले नै हेर्नु आवश्यक छ । कतिपय पुस्तकालयलाई विषयगत सन्दर्भ सामग्रीको मूल केन्द्र बनाउन सकिन्छ भने कतिपय पुस्तकालयलाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्न सकिन्छ ।
पुस्तकालय भएको टोलमा बिहानै सबै टोलवासी पत्रिका पढिरहेको, साँझ विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाक्रमबारे छलफल गरिरहेको र नयाँ पुस्तामा पनि त्यस्ता रचनात्मक गतिविधिमा सामेल भइरहेको हामी देख्छौँ । त्यही टोलमा जब पुस्तकालयमाथि आगो लाग्यो, लागुऔषध लिने युवाहरू, मादक पदार्थको व्यापार र अपराध बढ्नुले पनि पुस्तकालयको महत्व उजागर हुन्छ । तसर्थ, सभ्य समाज निर्माणको लागि पुस्तकालय संस्कृतिको प्रवद्र्धनमा सबैले ध्यान देऔँ ।
Leave a Reply