नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिनुभएको छ । मंगलबार व्यवस्थापिका–संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने प्रमको योजना प्रमुख प्रतिपक्ष दल एमालेको संसद अवरोधका कारण असफल भए पछि आज सिंहदरबारमा आफ्नो मन्त्रीमण्डलका अधिकांश मन्त्रीहरुको सहभागितामा देशबासीको नाममा सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । ‘नेपाली राजनीतिमा देखिएको नैतिकताको खडेरी तोड्ने संकल्प सहित मैले राजीनामा दिने लागेको हँु’, दश महिनाअघि स्थानीय तहको निर्वाचन नौ महिनाभित्र सम्पन्न गरी सरकार सत्तासाझेदार नेकांलाई नेतृत्व दिने वचनबद्धताप्रति संकेत गर्दै दाहालले भन्नुभयो ।
देशबासीको नाममा सम्बोधन सकेलगत्तै राष्ट्रपति निवासमा पुगी आफ्नो राजीनामा बुझाउने जानकारी समेत उहाँले गराउनुभएको थियो । झण्डै आधा घण्टा लामो सम्बोधनमा प्रचण्डले आफ्नो दश महिने सरकारले विभिन्न क्षेत्रमा गरेका कामको लामै चर्चा गर्नुभएको थियो । भाषणको अधिकांश समय आफ्ना उपलब्धिहरुकै चर्चामा खर्चे भने बीच–बीचमा उहाँले पूर्वप्रधानमन्त्री केपी ओलीले बेला–बेला प्रचण्ड सरकारप्रति गरेका टिप्पणीको जवाफ पनि दिनुभयो ।
‘म प्रधानमन्त्रीको लागि उम्मेदवार हुँदा केही साथीहरुले उत्तेजना फास्ट ट्र्याक, ओबर र हुलाकी मार्गको विषयमा प्रश्न गर्नुभएको थियो । ती प्रश्न स्वभाविक थियो तर प्रश्न सोध्नेको नियत भने सही थिएन’, ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने क्रममा संसदमा दिएको भाषणप्रति लक्षित गरी प्रचण्डले ती विषयमा आफ्नो सरकारले गरेका काम कार्यबाहीको जानकारी गराउनुभयो ।
प्रधानमन्त्रीले ओलीको परराष्ट्र नीतिलाई विवेकमा भन्दा आवेगमा आधारित भएको आरोप लगाउँदै भाषणको विकास र परिवर्तनको युग अन्त्य भएको बताउनुभयो ।
‘म प्रधानमन्त्रीको लागि उम्मेदवार हुँदा केही साथीहरुले उत्तेजना फास्ट ट्र्याक, ओबर र हुलाकी मार्गको विषयमा प्रश्न गर्नुभएको थियो । ती प्रश्न स्वभाविक थियो तर प्रश्न सोध्नेको नियत भने सही थिएन’
प्रचण्डले धेरै पटक लोडसेडिङ हटाउन आफ्नो सरकारले गरेको पहलको लामै व्याख्या गर्नुभयो । ‘अब उज्यालो युगको आरम्भ भएको छ । लोडसेडिङ इतिहासको विषय बनेको छ ।’ उहाँले भन्नुभयो ।
दाहालले स्थानीय तहको चुनाव, शिक्षा, जनस्वास्थ्य, शान्ति प्रक्रिया, भूकम्प पीडित जनतालाई राहत तथा पुननिर्माण, राष्ट्रिय गौरवका योजना निर्माणमा तदारुकता, लगानी सम्मेलनमा प्राप्त सफलता, वैदेशिक रोजगारी, सूचना सञ्चार आदि क्षेत्रमा प्राप्त उपलब्धिको चर्चा गर्नुभयो ।
उहाँले आर्थिक विकासमा नेपालले यो बीच हासिल गरेका सफलताको चर्चा गर्दै विगत ३४ वर्षमा सबभन्दा अधिक ७.५ प्रतिशत आर्थिक विकास भएकोमा गौरव व्यक्त गर्नुभयो ।
दश महिने सरकारको कार्यकालमा १४ प्रतिशतले राजस्व संकलन वृद्धि भएको प्रचण्डले तथ्याङ प्रस्तुत गर्नुभयो । ‘ देशको विकास भाषणमा होइन, तथ्याङ्कमा हुनुपर्दछ ।’, दाहालले भने ।
गठबन्धन सरकारका आफ्नै सीमा हुने भन्दै प्रधानमन्त्रीले आफ्नो सरकारमा सत्तागठबन्धनका दलहरुबीच कुनै नमीठो नभएकोमा खुशी व्यक्त गर्नुभयो ।
Leave a Reply