के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
विभिन्न देशमा रोजगारीको लागि गएकामध्ये दैनिक झन्डै पाँच सय नेपालीहरू स्वदेश फर्किरहेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दैनिक नेपालमा फर्किनेहरूको सङ्ख्या ५ सयबाट बढाएर ८ सय पु¥याउने निर्णय गरेको छ । यसको अर्थ आगामी दिनमा स्वदेश फर्किने नेपालीहरूको सङ्ख्या क्रमशः बढ्नेछ । कोभिड–१९ महामारी संसारको निश्चित भूगोलमा मात्र फैलिएको विपत्ति होइन । संसारका अधिकांश देश आज यो महामारीविरूद्ध लडिरहेका छन् । नेपाली युवाहरू रोजगारीको लागि जाने अधिकांश देशहरूले पनि यो विपत्तिको सामना गरिरहेका छन् । महामारीको क्रममा संसारका अधिकांश प्रमुख अर्थतन्त्रमा आर्थिक मन्दीका भयावह परिणाम देखिन थालेका छन् । युरोपका केही देशहरूले दोस्रो विश्वयुद्ध यताकै सबभन्दा गम्भीर आर्थिक मन्दीको अवस्था सामना गरिरहेका छन् । बेरोजगारी दर बढेको छ । उद्योग कलकारखानाहरू बन्द भएकाले उत्पादन घटेको छ । फलतः बजार मूल्य निकै आकासिएको छ । अधिकांश मानिस काममा जान नसक्दा उनीहरूको आम्दानी घटेको छ । आम्दानी घट्दा खर्च गर्ने क्षमता घटेको छ । सर्वसाधारणको खर्च गर्ने क्षमतामा ¥हास आउँदा बजार शिथिल हुन्छ र अर्थतन्त्र मन्दीग्रस्त हुने गर्छ । सबभन्दा टिठलाग्दो कुरा त यो सङ्कट अझ कति लामो समयसम्म चालु रहने हो, अनिश्चित छ ।
आज विदेशमा रोजगारी नहुँदा नेपाली पाखुरा बेरोजगार बनेका छन् । विदेशले बीउ र मल नपठाउँदा नेपाली जमिन बाँझो बन्ने अवस्था छ । विदेशबाट लुगाफाटा नआउँदा नेपाली तन नढाकिने अवस्था बन्दै छ । गोर्खा भर्ती केन्द्रबाट सुरू भएको परनिर्भरताको इतिहास आज पनि नयाँ रूपमा कायम नै छ । देश अझ बढी विदेशीप्रति निर्भर बनेको छ । कोरोना भाइरसको महामारीले आज नेपाली जनतालाई यो वास्तविकताले कोक्याइरहेको छ । यो नियति परिवर्तन गर्नसक्ने शासक नै वास्तवमा नेपाली जनताको हित गर्ने शासक हो । नेपाली माटोमा उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउने योजना ल्याउने र नेपाली माटोलाई यहीँ परिश्रम गर्ने वातावरण बनाउन सक्ने दल नै नेपाली जनताको दल हो ।
विश्व अर्थतन्त्रमा नेपालको हिस्सेदारी निकै सानो भए पनि महामारीले संसारमा फैलिएको मन्दीले नेपालको अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ । नेपालको अर्थतन्त्र मुख्यतः विदेशी अनुदान, ऋण सहायता र रेमिट्यान्सको भरमा चलेको हुनाले पनि विश्व आर्थिक मन्दीको प्रभाव नेपालले पनि गहिरो गरी अनुभव गर्नेछ । त्यसमाथि सरकारसँग भएको पैसा पनि यतिबेला महामारी नियन्त्रण र रोकथामको लागि खर्च गर्नुपर्ने कारण उत्पादनमुखी अर्थतन्त्र नराम्ररी क्षतिग्रस्त हुनेछ ।
निःसन्देह आजको संसारमा कुनै पनि देश एक्लै उपेक्षित भएर बस्न सक्दैन । विश्वव्यापीकरणले संसारका सबै देशको अन्तरनिर्भरता बढाएको छ । आपसी सहयोग र आदानप्रदानबिना कुनै पनि देश एक्लै उभिन सहज छैन । तथापि, अहिलेको महामारीले नेपालजस्तो देशलाई सिकाएको महत्वपूर्ण पाठ भनेको आत्मनिर्भर अर्थतन्त्र विकासको आवश्यकता हो ।
विगतमा नेपालले केही वैदेशिकता सहायता पाउन आफूसँग भएका मौलिक प्रविधि र ज्ञानलाई त्यागेर विदेशी प्रविधि लागु ग¥यो । कतिपय अवस्थामा त नेपाल विदेशी कम्पनीका उत्पादनका प्रयोगशालामा सीमित बन्यो । कृषि क्षेत्रमा पुर्खादेखि अभ्यास गर्दै आएका परम्परागत प्रविधि र बीउबिजनलाई नेपालले त्याग्दै गयो र आयातीत प्रविधिमा जोड दियो । फलतः कृषि क्षेत्रमा देश परनिर्भर बनेको छ । नेपाली वस्तुस्थितिअनुसारका स–साना कुटिर तथा घरेलु उद्योगको विकासमा नेपालको ध्यान कम हुँदै गयो । बरू विदेशबाट तयारी सामान ल्याएर कमिसन खाने चक्करमा नेपालका शासकहरू लागे । नेपाली माटोको विशेषताको खोजी गर्नुको सट्टा विदेशी उत्पादन र ज्ञानतर्फ बढी आकर्षित हुँदा देश क्रमशः परनिर्भर बन्दै गयो । जसको दुष्परिणाम आज हामी भोग्न बाध्य छौँ ।
आज विदेशमा रोजगारी नहुँदा नेपाली पाखुरा बेरोजगार बनेका छन् । विदेशले बीउ र मल नपठाउँदा नेपाली जमिन बाँझो बन्ने अवस्था छ । विदेशबाट लुगाफाटा नआउँदा नेपाली तन नढाकिने अवस्था बन्दै छ । गोर्खा भर्ती केन्द्रबाट सुरू भएको परनिर्भरताको इतिहास आज पनि नयाँ रूपमा कायम नै छ । देश अझ बढी विदेशीप्रति निर्भर बनेको छ । कोरोना भाइरसको महामारीले आज नेपाली जनतालाई यो वास्तविकताले कोक्याइरहेको छ । यो नियति परिवर्तन गर्नसक्ने शासक नै वास्तवमा नेपाली जनताको हित गर्ने शासक हो । नेपाली माटोमा उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउने योजना ल्याउने र नेपाली माटोलाई यहीँ परिश्रम गर्ने वातावरण बनाउन सक्ने दल नै नेपाली जनताको दल हो । अहिलेसम्मका शासक दलहरूमा त्यो सामथ्र्य र ह्याउ किमार्थ देखिएन ।
Leave a Reply