भर्खरै :

भारतमा फेसबुक विवादमा

नयाँ दिल्ली, २ सेप्टेम्बर । भारतका सूचना प्रविधि मन्त्रालयले फेसबुकले भारतका दक्षिणपन्थी विचारलाई समर्थन गर्ने मानिसका भनाइहरू सेन्सर गरेको भन्दै फेसबुकका सीईओ मार्क जुकरबर्गलाई पत्राचार गरेका छन् । सूचना प्रविधि मन्त्री रविशङ्कर प्रसादले फेसबुकको भारतस्थित व्यवस्थापन टोलीले सन् २०१९ को भारतीय निर्वाचनअघि पनि यस्तो खालको सेन्सर गरेको दाबी गरेका छन् ।
“फेसबुकको भारतीय टोलका मानिसहरू निश्चित राजनीतिक विचारप्रति सहानुभूति राख्ने भएकाले यस्तो खालका पक्षपात र काम भएको हाम्रो निष्कर्ष छ”, कुनै प्रमाण नदिई सूचना प्रविधि मन्त्रीले आफ्नो पत्रमा लेखेका छन् ।
“फेसबुक निष्पक्ष मात्र होइन, यसले प्रयोगकर्ताहरूका विश्वास र विचारधाराको पनि सम्मान गर्नुपर्छ”, पत्रमा लेखिएको छ ।
फेसबुकले भने मन्त्रीको पत्रको कुनै जवाफ दिएको छैन ।
फेसबुकले राजनीतिक विषयवस्तु नियमन गर्न खोजेको विषयमा भारतमा राजनीतिक बहस चर्किरहेको बेलामा सूचना प्रविधि मन्त्रीले फेसबुकलाई यस्तो पत्र पठाएका हुन् । भारतमा हाल फेसबुकका ३० करोड प्रयोगकर्ता छन् ।
भारतका केही वामपन्थी सांसदहरूले फेसबुकको व्यापारमा हानी नोक्सानी हुने डरले केही हिन्दु राष्ट्रवादी व्यक्ति र समूहका घृणास्पद अभिव्यक्ति हटाउन अनकनाएको भनी द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको समाचारको फेसबुक र भारतका त्यसका मुख्य व्यक्ति अंखी दासले खण्डन गरेका छन् ।
बरु उल्टो भारतीय जनता पार्टीका सांसदहरूले भने फेसबुकले ‘राष्ट्रवादी आवाज’ लाई सेन्सर गरेको आरोप लगाए । उनीहरूले संरा अमेरिकी कम्पनीले भाजपालाई समर्थन गरिरहेको दाबीको खण्डन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *