भर्खरै :

नेमकिपा समाप्त गर्ने पञ्चायतको षड्यन्त्र असफल

काठमाडौँ, १८ भदौ । नेमकिपा काठमाडाँै महानगर समितिको आयोजनामा बिहीबार ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपाले इमानदारीपूर्वक देश र जनताको सेवा गरेको पञ्चायतलाई असह्य भई नेमकिपालाई नष्ट गर्न षड्यन्त्र गरेको तर, पञ्चायती व्यवस्था आफैँ समाप्त भएको बताउनुभयो ।
‘भक्तपुर काण्ड’ जस्ता षड्यन्त्रहरू दोहोरिन सक्ने भएकोले कार्यकर्ताहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सदस्य सृजना सैँजूले पञ्चायती शासकहरूझैँ अहिलेको सरकार पनि पञ्चकै गोरेटोमा हिँडेको बताउनुभयो । ‘भक्तपुर काण्ड’को समयमा कानुनी सङ्घर्षमा साथ दिने वकिल, पत्रकार, मानव अधिकारवादी र वामपन्थी राजनैतिक नेताहरूको योगदान सदा स्मरणीय रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “समाजवादी क्रान्ति सफल नभएसम्म कामदार जनताका दुःख अन्त्य हुनेछैन ।” नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले लेनिनवादी शिक्षाअनुरूप नेमकिपाले पञ्चायती निर्वाचनमा प्रवेश गरी पञ्चायतको विकृति र विसङ्गति जनताबीच उदाङ्ग्याउने काम गरेको बताउनुभयो ।
काठमाडौँ महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य राजवीर डंगोल, वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, सानुकाजी महर्जन र इन्द्रमान महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *