निकारागुआद्वारा मध्य अमेरिकामा एकता, न्याय र विकासको लागि आह्वान
- भाद्र ३०, २०८३
पेइचिङ, ३ सेप्टेम्बर । जापानी हमलाविरुद्ध प्रतिरोध युद्ध र फासीवादविरोधी लडाइँमा चिनियाँ जनताले विजय हासिल गरेको ७५ औँ वर्ष पुगेको अवसरमा चीनको राजधानी पेइचिङमा विशेष कार्यक्रमको आयोजना गरियो ।
समारोहमा चीनका राष्ट्रपति एवम् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङलगायत चिनियाँ उच्चपदस्थ नेताहरूको सहभागिता थियो । समारोहमा चीनका प्रधानमन्त्री ली खछयाङ, पार्टीका नेताहरू ली चाङ्सु, वाङ याङ, वाङ हुनिन, चाओ लिचे, हान चेङ र वाङ छिशान सहभागी थिए । पेइचिङको पश्चिमस्थित मार्को पोलो पुल भनेर पनि चिनिने लुको पुलनजिक स्थापना गरिएको जापानी हमलाविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्धको सङ्ग्राहलयमा सो समारोह आयोजना गरिएको थियो । समारोहमा चिनियाँ उच्चपदस्थ नेताहरूसँगै विभिन्न क्षेत्रका प्रतिनिधि, युद्धमा सहभागी युद्धवीर, सैनिक अधिकारी तथा सहिदका आफन्त र युद्धमा विजय हासिल गर्न मद्दत गर्ने विदेशीहरू पनि सहभागी थिए ।
चिनियाँ राष्ट्रगानबाट सुरु भएको समारोहमा सहभागी सबैले युद्धका जीवन गुमाएका सहिदहरूप्रति श्रद्धा व्यक्त गरेका थिए ।
Leave a Reply