आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
धनगढी, १८ भदौ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा लकडाउन जारी गरेको बेला कैलालीका सामुदायिक तथा राष्ट्रिय वनमा लकडाउनकै मौका छोपेर काठको चोरी तस्करी बढ्दै गएको छ ।
बिहीबार सवडिभिजन वन कार्यालय वर्दगोरिया र देउराली सामुदायिक वनबाट गएको संयुक्त टोलीले काठ चिरान गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।
मोहन्याल गाउँपालिका वडा नम्बर ६ र लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा रहेको देउराली सामुदायिक वनको सिमानामा रहेको खहरे खोलामा पर्ने राष्ट्रिय वनको क्षेत्रभित्र सालको काठ चिरान गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा मोहन्याल गाउँपालिका–६ का ४३ वर्षीय नैनबहादुर सिँजाली मगर र ३६ वर्षीय तुलबहादुर घर्तिमगरलाई प्रहरी टोलीले पक्राउ गरेको हो । भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय वर्दगोरियाका प्रमुख सहायक वन अधिकृत कृष्णबहादुर बोहोराले बताए ।
दुई थान भरुवा बन्दुक, १४ फुटका ९ थान सालको कडी, काठ चिर्ने ३ वटा आरा, २ बञ्चरा बरामद गरिएको सहायक वन अधिकृत बोहोराले बताए । पक्राउ परेका तुलबहादुर घर्तिमगरले जङ्गलमै खान बस्नको व्यवस्था गरेर आफूहरूलाई काम गर्न लागेको बताए । काठ चिरान गर्न लगाउने गोविन्द चन्द देउराली सामुदायिक वनका निवर्तमान अध्यक्ष भएको जानकारीमा आएको छ ।
लम्किचुहा ५ कि विष्णा घर्तीका अनुसार लकडाउनमा स्थानीयवासीसहित वनका कर्मचारीहरूको आवतजावत रोकिएकोले काठ तस्करी बढेको छ । अन्य समयमा पनि चोरी तस्करी नियन्त्रण हुन नसकेका बेला यो अवधिमा भने झनै तस्कर बढेको उनको भनाइ रहेकोे छ ।
वन कार्यालयहरूले नियमितरूपमा निगरानीसँगै गस्ती गरिरहेको दाबी गरेका छन् । तर, वन कर्मचारीकै संलग्नतामा तस्करी बढ्दै छ । कैलालीमा वनको जिम्मेवारी सम्हाल्न आउने प्रत्येक कर्मचारीले वन तस्करी र अतिक्रमण रोक्ने प्रण गर्छन् । चुरे पहाडसँग जोडिएका कैलालीका अधिकांश क्षेत्रमा काठ तस्करी मौलाउँदो छ । इलाका र वन कार्यालयका कर्मचारीकै मिलेमतोमा वनबाट काठ तस्करी मौलाएको हो ।
विभिन्न सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधिसमेतको मिलेमतोमा काठका ठेकेदारले रातारात वन सखाप पारेका छन् । कमिसनको जालो वन रक्षकदेखि इलाका, डिभिजनसम्मका हाकिमसम्म पुग्ने गरेको स्थानीयको दाबी छ । पूर्वको चिसापानीदेखि पश्चिमको अत्तरियासम्मको पूर्व पश्चिम राजमार्गमाथि चुरे क्षेत्रमा व्यापक वन तस्करी हुँदा जिल्ला वन कार्यालय निरीह बनेको छ । कतिपय अवस्थामा वन तस्करीमा संलग्न केही व्यक्ति पक्राउ परे पनि राजनीतिक दबाब र आर्थिक चलखेलमा छुट्ने गरेका समाचार आई नै रहेका छन् ।
कैलालीमा बढ्दै गएको वन फडानी र काठ तस्करका बिचौलिया पहिचान गरी कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन सम्बन्धित सरोकारवाला निकाएको ध्यान जान आवश्यक छ ।
Leave a Reply