भर्खरै :

पछि पछुताउने होइन : छलफल पहिल्यै !

 
काठमाडौँ, १९ भदौ । हिजो प्रधानमन्त्री केपी ओली पनि एक व्यक्ति वा केही व्यक्तिले समाजमा मौलिक वा ठूलो परिवर्तन ल्याउन सक्छन् र एक वा केही व्यक्तिकै कारण समाजमा भाँडभैलो मच्चिन्छ, दुःख र अव्यवस्था भएको हुन्छ भन्ने सिद्धान्त मान्थे । उनले धर्मप्रसाद ढकाल र केही व्यक्तिको कारण समाजमा रोग, भोक, शोषण, अन्याय तथा अत्याचार फैलिएको हो भनी निक्र्योल गरेर ‘व्यक्तिहत्या’ को गलत सिद्धान्त अँगालेर ‘झापा काण्ड’ मच्चाएका थिए । त्यसको सजाय ‘झापा गुट’ ले भोगे पनि दृष्टिकोणमा परिवर्तन भएको देखिएन ।
आफ्नो दृष्टिकोण स्वीकार्ने २–४ व्यक्तिहरू भएमा ठूलो परिवर्तन र विकास हुन्छ भनी सोचेरै शासक पार्टीहरूले भक्तपुर जिल्लाको नगरपालिका र संसदीय निर्वाचन क्षेत्रमा पनि फेरबदल गरे । तिनीहरूले आफ्नो दृष्टिकोण स्वीकार्ने व्यक्तिहरू ठाउँ–ठाउँमा ल्याए । तर, खोइ परिवर्तन र विकास ?
भक्तपुर देशको सबभन्दा सानो राजधानी जोडिएको जिल्ला हो । डोकोमा पानी खन्याएर कसरी डोको भरिन्छ ¤ प्वाल एक–दुइटा भए टालिन्छ । तर, त्यसरी विकासको कल्पना गर्न सकिँदैन । चिप्लो घस्ने, फटाहा, नाफाखोर, भ्रष्टाचारी र गुण्डाहरूबाट भएको विकास पनि ध्वस्त हुन्छ । भौतिक विकास त देखिने विषय हो, मानसिक र भावनाको विकास नभएका हुल जम्मा गरेर देश र समाजको विकास गर्छु भन्नु पुनः ठूलो भ्रम र दिवास्वप्न हो । सानैदेखि ‘निःस्वार्थरूपले’ देश र जनताको सेवा गर्ने भावनाबाट प्रेरित तथा प्रतिबद्धहरूको समूह तयार गर्नुपर्नेमा झूटो कुरा लगाउने, चोरी खाने, जनतालाई दुःख दिने कामलाई जीवन पद्धति बनाइसकेकाहरूबाट कसरी जनताको हृदय परिवर्तनको सम्भावना हुन्छ ?
परिणाम सबैको सामुन्ने छ । एउटै उदाहरणले धेरै कुरा उजागर हुन्छ । १८ भदौ २०७७ को ‘अन्नपूर्ण’ ले लेख्यो – ‘नपाइने मलका लागि १० घण्टा सास्ती !’ तस्वीरमा चितवन गीतानगरको सर्वोदय सहकारीको कार्यालय बाहिर मल पाउने आसमा मध्यरातिदेखि झन्डै मध्यान्हसम्म लाम लागेका किसान छन् । तर, मल सकिएपछि अधिकांश रित्तै फर्किन बाध्य भए । चितवन पनि नेकपाकै प्रभाव क्षेत्र हो । खोइ त बन्दोबस्त ?
विराटनगर पनि नेकपाकै प्रभाव क्षेत्र हो । ‘अन्नपूर्ण’ भन्छ – ‘मल नपाएपछि आन्दोलन ।’ ‘धेरै दिनदेखि धाइरहे पनि मल नपाएपछि राजमार्गलाई किसानको अवरोध’, ‘भारतबाट लुकाइछिपाइ चोर बाटो हुँदै ल्याएको युरिया प्रयोग गर्दा बिग्रियो धान !’
त्यही पृष्ठमा अर्को समाचार थियो, ‘नेकपा सचिवालय बैठक आज !’
पाठकहरूले तुरून्तै टिप्पणी गरे – यस्ता सचिवालय बैठक कति भए कति ! के लछार्यो – जनताको समस्या समाधानबारे ! अध्यक्ष प्रचण्डको नातागोताबाट पदहरू पूर्ति भए, वामदेवलाई माथिल्लो सदनमा ल्याउने निर्णय भयो । तर, विदेशीसँग छलफल गर्नै नसक्ने व्यक्तिलाई परराष्ट्र मन्त्री बनाएर देशको बेइज्जत गर्न को अघि सर्छन् ? जनता हेर्दै छन् ।
ओली–प्रचण्डको दुईतिहाइ नेकपा सरकारप्रति गुनासो गर्दै लाम लागेर जाँदै छन् जनता – “गुजारा नचलेपछि फेरि भारततिरै ।” (तस्वीरसहितको समाचार)
गौरीफन्टा नाकाबाट एक सातामा १ हजार ३ सय ५ जना गए । भन्छन् – “यहाँ के खाने ? मरै उतै मरौँला ।” ‘कान्तिपुर, १८ भदौ २०७७)
मलको निम्ति लाम बसेकाहरू भन्छन्, “पहुँचका भरमा ठेक्का दिँदा मल हाहाकार, घण्टौ लाम बस्दा १० किलो !”
‘युवा’ कृषिमन्त्री घनश्याम भुसाल भन्छन्, “कम कबोल्नेलाई ठेक्का दिँदा समस्या भयो ।” के मन्त्रीले केही वर्ष अगाडिको समस्या नबुझी खुरूक्क मन्त्री पद बहाली गर्नुहुन्थ्यो ? लाछी भनाइ !
भदौ १८ को “गोरखापत्र” हेर्दा
आत्मकेन्द्रित र आत्मश्लाघाबाट प्रेरित नेहरू र सरदार पटेलजस्ता व्यक्तिलाई बढी महत्व दिने प्रवृत्तिबाट भारत दुई टुक्रामा विभाजित भयो – हिन्दुस्तान र पाकिस्तानमा । भारतीय राष्ट्रिय काङ्ग्रेसका पूर्वसभापति अब्दुल कलाम आजादको सल्लाह बहुमतले सुनेन । उनी लाचार भए, तर उनले खबरदारी पनि गर्दै रहे । सभापतिको कुनै आग्रह र सल्लाह नमानेको हुनाले पछि उनी पार्टीको सभापति भएनन् ।
हिन्दुहरूको बहुमत भएको देशमा मुसलमान प्रधानमन्त्री हुने कुरो भएन – धर्म र धार्मिक भावना प्रबल भएको समाजमा अब्दुल कलाम आजादभन्दा नेहरू व्यवहारिक थिए । प्रधानमन्त्रीले आफ्नो मन्त्रिमण्डलमा अन्य मन्त्रीहरूलाई आफूभन्दा कम बुझ्ने ठान्नु गलत हुने गर्छ । हो, बेलायती शैलीको बन्दोबस्तमा प्रधानमन्त्री सरकारको केन्द्रबिन्दु हुने गर्छ । त्यो व्यवस्था दोषमुक्त छैन भन्ने कुरा अहिले संवेदनशील समूहहरू अनुभव गर्दै छन् ।
प्रमले रोजेका हरेक मन्त्री आफूभन्दा अब्बल व्यक्तित्व हुँदैनन् भन्न सकिन्न । डा. के. आई. सिंह प्रधानमन्त्री हुँदा लक्ष्मीप्रसाद देवकोटा मन्त्री भएजस्तै नेहरूको मन्त्रिमण्डलमा अब्दुल कलाम आजाद शिक्षामन्त्री थिए ।
ओलीजीकै नजिकका व्यक्तित्व भानुभक्त ढकाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री छन् । तर, प्रधानमन्त्रीको इच्छाअनुकूल केही गर्न नसक्ने वातावरण बनेमा स्वास्थ्यमन्त्रीको व्यक्तित्वको विकास असम्भव हुन्छ । स्वास्थ्य क्षेत्रमा औषधि विभागले धेरै योगदान दिनसक्छ । रोगीलाई बचाउन औषधि अनुसन्धान गराउने अनुमति दिनुपर्ने सूक्ष्म विषयमा बालुवाटारमा त्यो सूक्ष्म अनुभूति कहाँ पाउनु ! प्रमले मन्त्रीहरूलाई हीनताबोधबाट मुक्त गर्नु आवश्यक छ । प्रस्ट भन्न अन्कनाएर स्वास्थ्यमन्त्रीले ‘तीनै तहबीच सहकार्यको आवश्यकता’ जस्ता ‘बेटा न बेटी’ कहावत प्रयोग गरे ।
पुरानो प्रवेशिका परीक्षा, आजको ‘एसईई’ बाट नराम्रोसँग डामिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल हेर्दा सरल र सौम्यजस्ता लागे पनि उनीमा ‘लाटो बुँगो’ को गुण र अज्ञानता पनि प्रशस्त छ । आन्दोलनका भुक्तभोगीहरूलाई उनको ‘मुसा प्रवृत्ति’ बारे राम्रो थाहा छ । दुई महिनाअगाडि परीक्षा घोषणा गर्दै विद्यालयको परीक्षा परिणाममाथि खिचेको भए, कोरोनाले बाधा दिएको स्थितिमा विद्यालयकै परिणामलाई सदर गरिदिएको भए बेइमानी र पछि थपुवा नम्बरको समस्या आउने थिएन । तर, सर्त एउटै थियो – आफ्ना विश्वासिला सल्लाहकारहरू इमानदार हुनुपथ्र्यो, तिनीहरू ‘निजी विद्यालय’ का एजेन्ट हुनु उचित थिएन ।
भरतपुरको एउटा समाचार छ, ‘श्वास हुञ्जेल अस्पताल चहार्दै ठिक्क, मरेपछि मात्रै कोरोना परीक्षण !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *