भर्खरै :

पुरानै लयमा फर्किँदै उहान

 

सबभन्दा पहिलो चरणको नोबेल कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित चीनको हुपेई प्रान्तको उहान सहरमा महामारी नियन्त्रणपछि गत शुक्रबार २० बहुराष्ट्रिय कम्पनीका ४० जना कार्यकारी अधिकारी तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले भ्रमण ग¥यो ।
प्रतिनिधिमण्डलमा पानासोनिक, द थेल्स ग्रुप, नोर–ब्रिम्स, डो, नोकिया, सिटीबैड्ढ, बीएचपी बिलटन र एमवेका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए । उनीहरूले उहानको नेसनल बायो इन्डस्ट्री बेस र एउटा अप्टिकल फाइबर तथा केबल उत्पादक कम्पनीको भ्रमण गरेका थिए ।
“२० वटा बहुराष्ट्रिय कम्पनीहरूले कोभिड–१९ को महामारीको कारण प्रभावित उहान सहरलाई १५ करोड युआन बराबरको भौतिक तथा आर्थिक सहायता गरेको छ”, चिनियाँ अन्तर्राष्ट्रिय जनमैत्री स)गठनका प्रमुख लिन सोङतानले भने । उनले संसारकै गनिएका बहुराष्ट्रिय कम्पनीका उच्चस्तरीय अधिकारीहरूको भ्रमणले उहान र चीन पुनः उत्पादन कार्यमा फर्केको संसारभर प्रवाह भएको उनले बताए ।
नोर–ब्रिम्स चाइनाका प्रबन्ध निर्देशक जोसेफ हानले उहान भ्रमणको मूल अभिप्राय सहकार्य भएको बताए । जर्मनीको म्युनिखमा मुख्य कार्यालय रहेको सो कम्पनी संसारभरमै सवारी साधनको ब्रेकिङ प्रणाली उत्पादन तथा रेल एवम् व्यापारिक सवारी साधनको भित्री प्रणाली उत्पादनको निम्ति प्रख्यात छ । सो कम्पनीअन्तर्गत चीनको हुपेईकै शियानलगायत १३ सहरमा ४ हजार ६ सयभन्दा बढी मजदुर कार्यरत छन् ।
हानले कम्पनीको शियान शाखाले सन् २०१९ को अन्त्यतिरबाट उहान अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी सेन्टर) स्थापना सुरु गरेको र सन् २०२० को अन्त्यसम्म यो कार्य पूरा हुने आशा व्यक्त गरे । उहान महामारीबाट तीव्रगतिमा मुक्त भइरहेको अवस्थामा उनले सो केन्द्रको काम पूरा भएपछि चीनमा विशेषतः तोङफेङ सवारीसाधनजस्ता व्यावसायिक सवारीसाधनको सेवा अझ प्रभावकारी हुने बताए ।
“म उहानमा धेरै पटक आएको छु । तर, यो पटकजस्तो उत्साहित भने यसअघि कहिल्यै भएको थिइनँ । यो सहरले महामारी र बाढीको परीक्षा राम्ररी उत्तीर्ण ग¥यो”, उनले भने ।
“उहान नेसनल बायोइन्डस्ट्री बेसको भ्रमणपछि म आश्चर्य चकित भएँ । त्यहाँ यति धेरै प्रविधिहरू छन् । त्यसले निःसन्देह आन्तरिक तथा अन्तर्राष्ट्रिय कम्पनी र प्रतिभाहरूलाई आकर्षित गर्नेछ”, उनले भने ।
नोकिया ग्रेटर चाइनाका अध्यक्ष तथा नोकिया साङ्घाई बेलका प्रमुख कार्यकारी अधिकारी मार्कस बोर्चटले चीनले यात्रा र व्यापारिक गतिविधिमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताए । “मानिसहरू स्वतन्त्ररूपमा घुमफिर गरिरहेका छन् । यसले कोभिड–१९ को महामारीविरुद्ध चीनले गरेको प्रभावित व्यवस्थापन उजागर गरेको छ”, उनले भने ।
नोकियाको साङ्घाई बेल र हुपेई टेलिकम मिलेर महामारीको समयमा स्थापना भएको हौशान शान अस्पतालमा ५ जी प्रविधि स्थापना गरिएको थियो । “नोकियाका मजदुरहरू पनि महामारीविरुद्ध अग्रमोर्चामा नै लडेको कुराले मलाई पनि गौरवान्वित बनाएको छ”, बोर्चटले भने । ५जी नेटवर्क राख्न त्यहाँका मजदुरहरूलाई साढे एक दिनमात्र लागेको थियो ।
नोकिया चीनमा विगत ४० वर्षदेखि कार्यरत छ । चिनियाँ अर्थतन्त्रमा आएको वृद्धिमा नोकिया पनि हिस्सा बन्दै आएको छ । उनले भने, “चीनको आर्थिक पुनःस्थापनामा डिजिटल रुपान्तरण सबभन्दा बलियो इन्जिन हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *