खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयले कोभिड – १९ को अन्योलताबीच यसको प्रभावले रोकिएका परीक्षाहरू गर्ने निर्णय गरेबाट पूर्वाञ्चल विश्वविद्यालयका मात्र नभई, देशैभरिका विद्यार्थीहरूमा आशाको किरण जगाएको थियो । पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषद्को २०७७÷०५÷१४ र कार्यकारी परिषद्को मिति २०७७÷०५÷१५ गतेको निर्णयानुसार कोभिड–१९ को विश्वव्यापी महामारीका कारण सृजित असहज परिस्थितिले गर्दा सेमेस्टर परीक्षा प्रणालीअन्तर्गत स्नातक÷स्नातकोत्तर तहको नियमित (Regular) तर्फका परीक्षाहरूमात्र वैकल्पिक विधि (Time-bound Home Exam) बाट २०७७ साल असोजको पहिलो हप्ताबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । वैकल्पिक विधि (Time-bound Home Exam) बाट परीक्षा गर्दा केन्द्राध्यक्षको Email Id बाट विद्यार्थीहरूलाई रजिष्ट्रेशन नं., रोल नं. र आवश्यक निर्देशनहरू पाँच दिन अगावै र प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा १५ मिनेटअगाडि परीक्षार्थीहरूको Email Id मा पठाइदिनुपर्नेछ । परीक्षार्थी स्वयम्ले आफ्नो उत्तरपुस्तिकामा लेखी परीक्षा सकिएको २ घण्टा अतिरिक्त समयमा लेखेको प्रत्येक पानाको Scan/ Photo Attachu/L क्याम्पसको आधिकारिक Email Id मा पठाई सक्नुपर्ने छ । प्रश्नपत्र हाल प्रचलित ढाँचाबमोजिम हुने र वस्तुगत प्रश्नपत्र (MCQ) नहुने जानकारी छ । अनलाइन परीक्षाको निर्णयविरुद्ध जनमत पार्टी नेपालको भ्रातृ सङ्गठन विद्यार्थी जनमत सङ्घले ग्रामीण क्षेत्रका विद्यार्थी मर्कामा पर्ने भन्दै नियमित विद्यार्थीलाई आन्तरिक मूल्याङ्कनबाट र आंशिक परीक्षा बाँकी भएका विद्यार्थीहरूलाई अनलाइनमार्फत परीक्षा लिनुपर्ने माग राखेर भदौ १८ गतेदेखि पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।
अधिकांश विद्यार्थीहरूले भने आंशिक परीक्षा बाँकी भएका विद्यार्थीहरूको समस्यालाई चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्ने तर कुनै पनि बहनामा हुन लागेका परीक्षाहरू रोकेर विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न कसैलाई पनि छुट नभएको भन्दै सामाजिक सञ्जालहरूमार्पmत चेतावनी दिएका छन् ।
Leave a Reply