भर्खरै :

लेनिन कथा – २९

 (विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने गहकिलो एवम् प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मारिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
सङ्घर्ष, भित्र र बाहिर
अघिल्लो अङ्कमा हामीले कोम्सोमोलका सदस्यहरूको वीरताका साथै प्रख्यात अङ्ग्रेज लेखक एच. जी. वेल्ससँग लेनिनले रुसको विद्युतीकरणको सम्बन्धमा गर्नुभएको कुराकानी र त्यसलाई मुर्तरूप दिन बसेको महत्वपूर्ण बैठकबारे सङ्क्षेपमा पढ्यौँ ।)भयानक वर्ष १९२१
अन्ततः डिसेम्बर, १९२० मा ‘प्राभ्दा’ समाचारपत्रमा सैनिक–क्रान्तिकारी समितिको अन्तिम बुलेटिन छापिएको थियो । त्यसमा लेखिएको थियो, मोर्चामा शान्ति स्थापित भएको छ, लालसेनाले हस्तक्षेपकारीहरूलाई लखेटिदिएका छन् र श्वेत गार्डहरूलाई ध्वस्त पारेका छन् । सुदूरपूर्वमा मात्रै सोभियत सत्ता स्थापित हुन सकेको थिएन ।
देशभरि करिब युद्ध सकिएको थियो । युद्धकालीन कम्युनिज्मको अब आवश्यकता थिएन । लेनिनले शान्तिकालीन आवश्यकताअनुरूप एक नयाँ नीति सोचे ।
तर, सोभियत देश अर्को एउटा भयड्ढर विपत्तिको मुखमा जाँदै थियो । शरदमा हिउँ परिसकेको थियो । वसन्तमा पलाएका पालुवाहरू फस्टाउन सकिरहेका थिएनन् । तिनले व्यग्र भई झरी पर्खिरहेका थिए । तर, त्यो प्रतीक्षा व्यर्थ भयो । वसन्तभरि र गर्मीयामभरि नै बादलविहीन आकाशबाट सूर्यले आगो ओकलिरह्यो । लुको सुक्खा हावाले जसोतसो अङ्कुराएको बालीको अन्तिम रस पनि सोस्यो । जमिन सुकेर पटपटी फुट्यो । भोल्गा क्षेत्रको सम्पूर्ण बाली बर्बाद भयो । क्रिमिया र दक्षिणी उराल पनि खडेरीको चपेटामा प¥यो ।
मृत्युले करोडौँ मानिसलाई ढुकिरहेको थियो ।
लेनिन जनकमिसार परिषद्को कार्यालयमा पुगे । बैठक निर्धारित समयमा सुरु भयो । बैठक अकाल पीडितहरूलाई सहायता गर्ने विषयमा विचार गर्न बोलाइएको थियो । युद्धकालमा जस्तै यसपालि पनि भ्लादीमिर इल्यीचले आदेश दिए, नेतृत्व गरे, तुरून्त निर्णायक कदम चाल्न माग गरे ।

सोभियत सरकारले जनताको नाममा अपिल जारी ग¥यो । सबै प्रदेश र सहरहरूमा तारखबर पठाइयो, “साथीहरू, सकेसम्म अकालग्रस्त इलाकाहरूको सेवा गर्नुहोस् ¤”
चेका अध्यक्ष झेर्जिन्स्की भोल्गा क्षेत्रका निम्ति अन्न सङ्कलन गर्न साइबेरिया गए ।
युक्रेन क्षेत्रमा बाली राम्रो भएको थियो । लेनिनले युक्रेनवासीको नाममा पत्र लेखे, “तत्काल सहयोगको, ठूलो मात्रामा सहयोगको खाँचो छ ।”
सहायताको अपिल विदेशी मजदुरहरूसँग पनि गरियो ।
सोभियत सरकारले अकालपीडित सहायता आयोग स्थापना ग¥यो । यस आयोगको अध्यक्ष कालिनिनलाई बनाइयो । लेनिन मिखाइल तनोभिच कालिनिनमाथि भरपर्थे । उनको किसान बुद्धि र सर्वहारा सुझबुझमा एकदम भरोसा गर्थे ।
‘अक्टोबर क्रान्ति’ नामक एक विशेष टे«न चढी कालिनिन भोल्गा क्षेत्र जान रवाना भए ।
“पहिलो चिन्ता बालबालिकाको लिनु छ,” लेनिनले उनलाई भने । आफ्नो कुरामा थप जोड दिँदै दोहो¥याए, “नभुल्नुहोला, बालबालिकाको विशेष हेरविचार गर्नु छ ।”
कालिनिनले लेनिनको कुरामा लुकेको पीडा अनुभव गरे । आफ्नो व्याकुलता लुकाउँदै उनले खोके र हातले दारी मुसार्दै जवाफ दिए, “सकेसम्म कोसिस गर्नेछु ।”
“सकेसम्म होइन, त्योभन्दा बढी,” लेनिनले भने ।
रात परेको थियो । जनकमिसार परिषद्का अध्यक्षको कोठामा बत्ती बलिरहेको थियो । लेनिनले हस्ताक्षर गरिसकेएका कागजको चाङ उठाएर अलग राखे ।
उनी फतक्कै गलेका थिए । टाउको करकरी दुखेर फुट्लाझैँ गरिरहेको थियो । यो बिरामी हुने समय होइन भन्ने उनले बुझेका थिए । तर, यतिखेर कसैले देखेका थिएनन् । त्यसैले, उनी हत्केलामा टाउको राखी अलि झुकेर बसेका थिए । लाखौँ कोसिस गर्दा पनि उनले अकालको समस्याबाट आफ्नो ध्यान हटाउन सकिरहेका थिएनन् ।
“सकेसम्म होइन, त्योभन्दा बढी ¤” उनी सोचिरहेका थिए ।
सोभियत सरकारले आफ्नो सामथ्र्यभन्दा बढी प्रयत्न ग¥यो । सोभियत बैड्ढमा सुन अत्यन्त कम थियो । तर, लेनिनले बीउ खरिद गर्न १ करोड २० लाख स्वर्ण रुवल मञ्जुर गरे ।
मजदुरहरूले जनकमिसार परिषद्लाई पत्र पठाए –
“साथी लेनिन, हाम्रो रूसमा हजारौँ गिर्जाघर छन् । तिनमा सुनका क्रस र अन्य बहुमूल्य चीजहरू छन् । भोकाहरूलाई रोटीको व्यवस्था गर्न तिनलाई जफत गर्दा राम्रो होला ।”
स्याबास मजदुरहरू ¤ लेनिनलाई उनीहरूको प्रस्ताव औधी मनप¥यो ।
त्यसैबेला टेलिफोनको घण्टी बज्यो । भोल्गा क्षेत्रबाट कालिनिन बोलिरहेका थिए । लेनिनले डराई–डराई रिसिभर उठाए ।
“किन, कस्तो स्थिति छ, मिखाइल तनोभिच ?”
“एकदम खराब छ, भ्लादिमिर इल्यीच ।”
खेत पटपटी फुटेका थिए । गाउँ मरुभूमिजस्तै उजाड थिए । गाई–गोरु डुक्रेको सुन्न पाइँदैनथ्यो । सायद तिनीहरूमा त्यति बल पनि थिएन । चौपायाहरूलाई या त मारेर खाइएको थियो, या त दानापानीको अभावमा आफैँ मरेका थिए । यो निर्दयी गर्मीमा जङ्गली फलहरू पनि लागेका थिएनन् । मानिसहरू घाँसपात खान विवश थिए । कमजोरीका कारण उभिन पनि सक्दैनथे । परिवार नै कालका चारा बनेका थिए । प्लेग फैलिए जस्तो ।
कालिनिनसँगको कुराकानीपछि लेनिन धेरैबेरसम्म कुर्सीमा निश्चल बसिरहे । उनी प्रायः यसो गर्दैनथे ।
अकालपीडित सहायता आयोगले भोकमरीग्रस्त क्षेत्रहरूबाट बालबालिकालाई अन्य स्थानमा पठाउने व्यवस्था गरेर ठीकै ग¥यो । यी भोका, दुर्बल, बोल्न पनि असमर्थ बालबालिका देखेर आँखा रसाउँथ्यो ।
अकालग्रस्त क्षेत्रहरूबाट बालबालिका ओसार्ने रेलहरू विभिन्न सहरमा पुग्न थाले । मस्कोले चुभाश जातिका बालबालिकालाई शरण दियो । भूतपूर्व पुँजीपति र बुर्जुवाका कोठीहरूमा स–साना टुहुरा चुभाशहरूका लागि बालसदन खोलियो ।
रात छिपिसकेको थियो । लेनिन लुसुक्क घरभित्र पसे । घरका सबै सुतिसकेका थिए । मरिया इल्यीनिच्नामात्र सुतेकी थिइनन् । उनी लेनिनलाई पर्खिरहेकी थिइन् । बहिनीले उनलाई भान्सामा बोलाएर भनिन् –
“दाइ, तिमी आफ्नो शरीरको सुर्तै गर्दैनौ । चिया भए पनि पिऊ । नाद्या कामबाट लखतरान भएर फर्केकी थिइन् । आउनेबित्तिकै निदाइहालिन् ।”
लेनिनको नजर कुर्सीमाथि राखिएको पार्सलमा प¥यो । त्यो पार्सल ताम्बोभ क्षेत्रका किसानहरूले पठाएका थिए । उनीहरूले लेखेका थिए, “भ्लादीमिर इल्यीच, हामीले तपाईँलाई आफ्नो गाउँको खान्की पठाएका छौँ । यो खाएर आफ्नो तागत बढाउनुहोस् ।”
“भोलोद्या, तिमी कहिल्यै कसैको कुनै चीज स्वीकार्दैनौ,” बहिनीले भनिन्, “अनि म र नाद्या पनि यस कुरामा तिमीसँग सहमत छौ । तर, आफूलाई हेर, फतक्कै गलेका छौ, अनुहार पनि कस्तो देखिएको छ… ।”
लेनिन बहिनीलाई हेरेर मुस्कुराए । मेरी प्यारी मन्याशा ¤ उनी बहिनीलाई अपार माया गर्थे । १८८७ मा साशालाई फाँसी दिँदा उनी फुच्ची थिइन् । सारा सहर उल्यानोभ परिवारबाट तर्केको थियो, पिठ्यूँ फर्काएको थियो । चुभाश जातिका तन याकोभ्लेविच याकोभ्लेभले मात्र उनीहरूको साथ छोडेका थिएनन् । उनी बुबाका घनिष्ठ मित्र थिए । चुभाश जातिकै ओखोत्निकोभ पनि विपत्तिको घडीमा उनीहरूबाट तर्केको थिएन । उल्यानोभ परिवार तिनीहरूप्रति कति आभारी थियो !
“हामीले यो पार्सल के गर्ने, थाहा छ ?” लेनिनले पार्सल थपथपाउँदै भने । “मस्कोमा चुभाश बालबालिका आएका छन् । उनीहरूलाई पठाउने । कसो होला, मन्याशा ?”
मरिया इल्यीनिच्नाले एकोहोरो दाइलाई हेरिरहेकी थिइन् । बिचरा ¤ कति थाकेका छन् ¤ उनको घाँटी अड्केजस्तो भयो ।
“मैले यो पार्सल सबैभन्दा कमजोर केटाकेटीलाई दिन लगाउनेछु,” लेनिनले भने ।
मरिया इल्यीनिच्नाले सहमतिमा शिर हल्लाइन् ।
लेनिनको टाउको अझै पनि दुखिरहेको थियो । तर, उनले ख्यालठट्टा गरिरहे । ताम्बोभदेखि आएको पार्सल हात्तीको मुखमा जीराजस्तै थियो । तर, पनि भोलि दुईचारजना कलिला र सबैभन्दा कमजोर नानीबाबुहरूले केही पौष्टिक खाना पाउनेछन् भन्ने कल्पनाले उनी प्रसन्न भए !
नयाँ आर्थिक नीति
लेनिनकहाँ मजदुर, लालसेनाका कमान्डर र वैज्ञानिकहरूको घुइँचो लागिरहन्थ्यो । मजदुरहरूले आफ्ना कामका बारेमा बताउँथे । कमान्डरहरूले सैनिक स्थितिको बारेमा चर्चा गर्थे । वैज्ञानिकहरू शिक्षा, संस्कृति, विज्ञान र कलकारखानाहरूको विषयमा विचार–विमर्श गर्न आउँथे ।
लेनिनले प्रत्येकका कुरा ध्यान दिएर सुन्थे र आवश्यक सल्लाह दिन्थे । पछि यी सबै विषयमा जनकमिसार परिषद्मा छलफल हुन्थ्यो र सरकारले आवश्यक निर्णय लिन्थ्यो, कानुन पास गथ्र्याे ।
लेनिनसँग भेट्न आउनेहरूमध्ये किसानहरू पनि हुन्थे । सुरुआती समयमा किसानहरूसामु मुख्य समस्याको रूपमा जमिनदार र धनी किसानहरूको जमिनको समस्या थियो । जस्तो, त्यो जमिन गरिब र मझौला किसानहरूबीच कसरी बाँड्ने, त्यसको अधिकतम उपयोग कसरी गर्ने ?
पछि गृहयुद्ध सुरु भयो ।
सोभियत सरकारले किसानहरूले अतिरिक्त अन्न जति सरकारी गोदाममा जम्मा गर्नुपर्ने कानुन बनायो । यसको अर्थ, उनीहरूले आफूले खान र बीउबिजन बनाउन आवश्यक अन्न मात्र भण्डार गर्नसक्थे । बाँकी अन्न सरकारलाई दिनैपथ्र्यो । नत्र लालसेना र मजदुरहरूलाई कहाँबाट खुवाउन सकिन्थ्यो र ?
किसानहरूका लागि ती अति कठिन दिन थिए । तर, अरू उपाय पनि त थिएन । सबैले कठिनाइ भोग्नु परिरहेको थियो ।
तर, अब गृहयुद्ध पनि सकियो । जनकमिसार परिषद्का अध्यक्षको कार्यालयमा किसानहरूको घुइँचो लाग्न थाल्यो । लामा–लामा दारी भएका, जीवन बुझेका, अनुभवी किसान । लेनिन खुसी थिए । उनीहरूसँग सोध्थे, भविष्यको बारेमा तपाईँहरूको विचार के छ ?
किसानहरू भन्थे, अतिरिक्त अन्न बुझाउनैपर्ने बाध्यता अन्त्य गरियोस् । यसको साटो बरु करको व्यवस्था गरियोस् ।
यसको अर्थ ? यसको अर्थ, अतिरिक्त उब्जनीजति नखोसियोस् । बढी अन्न रोप्ने, बढी मिहिनेत गर्ने किसानसँग बढी अन्न रहन दिइयोस् । किसानहरूको रुचि यसैमा थियो । यस्तो स्थितिमा किसानले धेरैभन्दा धेरै बाली लगाउन चाहनेछ र मिहिनेत पनि राम्ररी गर्नेछ । उसले सरकारलाई जति अन्न करको रूपमा दिनुपर्ने हो, त्यति दिनेछ र बाँकी अन्न आफूसँगै राख्नेछ । आफूसँगको अन्न बजारमा बेचेर उसले साबुन, लुगाफाटो, तेल, खेतीपातीका औजारजस्ता आवश्यक सरसामान किन्न सक्नेछ । यी चीजबीज खेतमा त फल्दैनन् । त्यसैले कुनै चीजको कमी नहोस् भनेर सहरहरूमा कलकारखानाको विकास गर्नुपर्छ ।

नयाँ जीवनको निर्माण गर्न लेनिनले धेरै कठिनाइको सामना गर्नुप¥यो । बाटोमा बाधा अड्चन आए । नानाथरी मतभेद देखिए । नयाँ आर्थिक नीतिमाथि हमला भयो । उदाहरणको लागि, त्रोत्स्कीले सधैँजस्तो यसपालि पनि लेनिनको नीतिको विरोध गरे । उनको यो विरोध अत्यन्त गलत र हानिकारक थियो । उनले बे्रस्त सम्झौताको पनि विरोध गरेका थिए । उनको सो कदमले सोभियत जनताले धेरै नोक्सान बेहार्नुपरेको थियो ।

कामदार जनताले आफ्नै हातले गरिबीबाट मुक्त जीवन निर्माण गर्न नपाउने ? पुँजीपतिहरू, श्वेत गार्डहरूलाई हामीले आफ्नो भाग्य आफैँ निर्माण गर्न सकौँला भनी धपाएका त हौँ ।
किसानहरूका यी विचार, साथीहरूका सल्लाहसुझाव र आफ्नै चिन्तनले गर्दा लेनिनको मनमा एउटा नयाँ योजना जन्मियो । यस योजनालाई उनले नयाँ आर्थिक नीतिको नाम दिए ।
सोभियत सरकारले निजी व्यापार गर्न छुट दियो । तर, सीमितरूपमा । यसले सोभियत सत्तालाई कुनै हानि नोक्सानी थिएन । आखिर शासन त मजदुर र किसानहरूको हातमा थियो । उद्योग, रेलमार्ग, विमानस्थल आदिको निर्माण र विकास होस् भनी मजदुर र किसानहरूको सत्ताले ध्यान दिनथाल्यो । अब यी सबै जनताका सम्पत्ति थिए, राज्यका सम्पत्ति थिए ।
लेनिनले जेजति गर्थे, जनताको भलाइ र सुखको लागि गर्थे । युद्धपछि उनले अर्थव्यवस्था, व्यापार, उद्योग, विद्युतीकरण, मेसिन निर्माण र गाउँसहरबीच सुदृढ मैत्री विकास गर्नमा जोड दिइरहेका थिए । नयाँ आर्थिक नीति यसकै लागि चाहिएको थियो । पार्टीको दशौँ अधिवेशनले लेनिनको यो योजना अनुमोदन ग¥यो ।
नयाँ जीवनको निर्माण गर्न लेनिनले धेरै कठिनाइको सामना गर्नुप¥यो । बाटोमा बाधा अड्चन आए । नानाथरी मतभेद देखिए । नयाँ आर्थिक नीतिमाथि हमला भयो । उदाहरणको लागि, त्रोत्स्कीले सधैँजस्तो यसपालि पनि लेनिनको नीतिको विरोध गरे । उनको यो विरोध अत्यन्त गलत र हानिकारक थियो । उनले बे्रस्त सम्झौताको पनि विरोध गरेका थिए । उनको सो कदमले सोभियत जनताले धेरै नोक्सान बेहार्नुपरेको थियो ।
साथै त्रोत्स्कीले लेनिन र पार्टीका विरुद्ध काम गर्दै ढुलमुले सदस्यहरूलाई जम्मा गरे । पार्टीभित्र गुटबन्दी सुरु गरे । लेनिनका धेरै विरोधीहरू थिए । मिलिजुली, परस्पर सहमति कायम गरी शान्तिपूर्ण जीवनको निर्माण गर्न आवश्यक थियो । लेनिन यसैको सपना देखिरहन्थे । पार्टी सदा एकजुट भएर अघि बढोस् भन्ने उनी चाहन्थे ।
लेनिनले निर्ममतापूर्वक तिनीहरूविरुद्ध सङ्घर्ष गरे ।
अधिकांश कम्युनिस्टहरू लेनिनको पक्षमा थिए । लेनिन विजयी भए । उनले पार्टी र सोभियत जनतालाई साम्यवादको बाटोमा अगाडि बढाइरहे ।
अनुवाद ः माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *