भर्खरै :

भारत जान बाध्य पार्छौ किन ?

ए सरकार !
पहिरो पीडित पालको बासमा
सङ्घीय गृहमन्त्री थापा
हेलिकप्टर सवारमा
३५ लाखभन्दा बढी भाडा प¥यो
पहिरो पीडितले के पाए ?
२४ जना अझै बेपत्ता छन्
गृहमन्त्रीको हेलिकप्टर
पोखरा बिसाइ किन फर्कन्छ ?
सरकारको उपस्थिति देखाउन
हेलिकप्टरमा सवार किन ?
ए सरकार !
तिम्रो सरकार कस्तो
वामदेवलाई राष्ट्रियसभामा लाने,
मन्त्रिमण्डल पुनःगठन गर्ने,
दुई अध्यक्षको कार्य विभाजन गर्ने
आदि कति हल्ला गर्ने ?
तीन पटक गृहमन्त्री भएकालाई
फेरि कतिपटक मन्त्री बनाउने ?
बालुवाटार, सिंहदरबार, शीतलनिवास
ठगहरूको घेरामा राख्ने ?
कर्पोरेटहरूको सञ्चालक कति हुने ?
ए सरकार !
कोभिड–१९ सङ्क्रमणसँगै
नेपाल फर्केका युवाहरू
रोजगारी नहुँदा, खान नपाउँदा
फेरि भारततर्फ लाम कसेको
ज्यानको माया नगरी
‘बहादुर’ बन्न गएको
तिमीले कसरी देखेनौ ?
नेपालमा रोजगारी खोइ ?
कोभिड–१९ महामारी भारतमा
काम गर्न बाध्य पार्छौ किन ?
ए सरकार !
रोपाइँ त असारमा हो
मल भदौसम्म किन आउँदैन ?
ठेकेदार कम्पनीसँग घूस खाने
कृषिमन्त्रीलाई निकालेको खोइ ?
तिम्रै एक अध्यक्षको घरभेटी
मल ठेकेदारलाई कारबाही खोइ ?
एकातिर विवाद देखाई
अर्कोतिर भँुडी भर्छौ कति ?
जनता टुंडिखेलको बीचमा
भण्डारा खानु परेको किन देख्दैनौ ?
२०७७ भदौ १९

Leave a Reply

Your email address will not be published. Required fields are marked *