भर्खरै :

दुई हजार प्रहरी कोरोना सङ्क्रमित

काठमाडौँ, २१ भदौ । नेपाल प्रहरीका दुई हजार एक सत्न्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्वात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्राप्त विवरणअनुसार दुई हजार १६१ प्रहरी सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ जना सङक्रमित भएका छन् । त्यसमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ जना सङ्क्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश नं १ मा ३४०, प्रदेश २ मा २५७, वाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कडायतले सङ्क्रमितमध्ये झन्डै आधा निको भएर काममा फर्किसकेको बताउनुभयो ।
उहाँका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन् । सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ । सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *