शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
सोल, २१ भदौ । प्रजग कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उहाँले पीडितलाई सहयोगका लागि १२ हजार कामदार पठाउने प्रतिबद्धता पनि जनाउनुभएको छ । उनीहरूलाई त्यस क्षेत्रको पुनर्निर्माणका लागि पठाउने नेता किमले प्रतिबद्धता जनाउनुभएको प्रजग कोरियाको सञ्चामाध्यमले आइतबार जनाएको छ ।
घटनास्थलको अवलोकन भ्रमण गर्न प्रजग कोरियाली केही उच्चपदस्थ पदाधिकारीहरू यस पहिले नै त्यहाँ पुगी आँधी प्रभावित क्षेत्रको अवलोकन गरिसकेका समाचारमा उल्लेख गरिएको छ । उहाँले स्थानीय बासिन्दालाई सङ्कटविरुद्ध लड्न तथा त्यसको सामना गर्नका लागि एकताबद्ध हुन पनि आह्वान गर्नुभएको छ ।
आँधीसँगै कोरोना भाइरसको महामारीसँग पनि लड्नुपर्ने भएकाले एकताबद्ध हुन अत्यावश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले केही दिन अगाडि पनि आँधी र कोरोना भाइरसविरुद्ध लड्न सबै एकताबद्ध हुनुपर्ने र तयारी अवस्थामा रहनुपर्ने बताउनुभएको थियो ।
कोरियाली केन्द्रीय समाचार केन्द्रले सम्प्रेषण गरेको समाचारअनुसार सर्वोच्च नेता किमले शनिबार घटनास्थल हाङयोङ प्रान्तको भ्रमण गर्नुभएको हो ।
सो ठाउँमा गत हप्ता ठूलो आँधी आएको थियो । आँधीका कारण एक हजारभन्दा बढी घरहरू नष्ट भएको जनाइएको छ ।
सरकारी अधिकारीले आँधीमा परेर अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त नभएको सर्वोच्च नेता उनलाई जानकारी दिएका छन् ।
Leave a Reply