भर्खरै :

कार्यविनायक बुङ्गमतिमा डीप बोरिङ, स्थानीय अनभिज्ञ

ललितपुर महानगरपालिका वडा नं. २२ बुङ्गमतिको कार्यविनायक क्षेत्रमा स्थानीयलाई थाहा नै नदिई केयूकेएलले डीप बोरिङ गर्दै छ । बस्तीसँगै गरिएको उक्त बोरिङको पानी कहाँ वितरण गर्ने कुनै स्पष्ट गरिएको छैन । वडाध्यक्ष अमिरमान शाक्यले जनतालाई केही जानकारी नदिएकोमा स्थानीय रूस्ट छन् । बुङ्गमतिमा खासै खानेपानीको समस्या छैन । वितरण व्यवस्थापन नमिलेकोले केही टोलमा समस्या छ । वितरण प्रणालीमा सुधार गरे त्यो समस्या समाधान हुन्छ ।
अहिले गरिएको बोरिङ सफल भएमा बुङ्गमतिमा वितरण गरिरहेको मूलको पानी हाउजिङ्गलाई दिएर बोरिङको पानी बुङ्गमतीवासीलाई खुवाउने योजना वडाध्यक्षले गरेको चर्चा छ । मूलको पानी हाउजिङ्गलाई दिएपछि वडाध्यक्ष र उनको समूहले मोटो रकम पाउने स्थानीयमा चर्चा छ । वडाध्यक्ष अमिरमान शाक्यको अध्यक्षतामा गत साउन २२ गते बसेको बैठकबाट बोरिङ गराउने र पानी वितरण बुङ्गमतिलाई प्राथमिकता दिने निर्णयबाट वडाको स्वीकृति दिएको देखियो ।
तर, स्थानीयवासीलाई केही जानकारी दिइएन । डीप बोरिङ गरेर बस्तीमा क्षति भएमा वा असर परेमा वडा समितिले जिम्मेवारी लिने निर्णयमा उल्लेख छ । डीप बोरिङ गरेको कारणबाट भूक्षय भएमा वडा समितिले कसरी रोक्न सक्छ ? भोलि इनार, पोखरी, ढुङ्गेधारा सुकेर गएमा अर्बौँ लगानी गरेको उक्त डीप बोरिङ आयोजना वडा समितिले फर्काउन सक्छ ? यस्तै प्रश्नहरू स्थानीयवासीको प्रश्न रहेको छ । जे–जस्तो भित्रीरूपमा वडा समितिले केयूकेएलसँग गरेको सम्झौता जनतामाझ स्पष्टसँग ल्याउनुपर्दछ भन्ने स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *