भर्खरै :

चाँगु नपामा युवा भेला

भक्तपुर, २२ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा हालै युवा भेला भयो । सामाजिक दुरी कायम गरी भएको उक्त भेलामा नेमकिपा चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सिनाले युवाहरूमा देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने भावना हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“पार्टीको निर्देशनलाई अक्षरशः पालना गर्नु कार्यकर्ताको कर्तव्य र अनुशासन हो । नेमकिपा कामदार जनताको हित हुने समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत छ”, उहाँले भन्नुभयो ।
भेलामा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अर्जुन काफ्ले, आयोजक समितिका उपाध्यक्ष सरोजकुमार दुलाल र केदार लामिछानेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *