युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
काठमाडौँ, २३ भदौ । चीन र भारतबीचको सिमाना लाइन अफ एक्चुएल कन्ट्रोल (एलएसी) मा सोमबार गोली हानाहान भएको छ । सोमबार पाङगोङ सो तालको दक्षिणी किनारा नजिक शेनपाओ हिमाल नजिक दुई देशका सीमा सुरक्षा फौजबीच गोली हानाहान भएको हो ।
चिनियाँ जनमुक्ति सेनाका पश्चिम थिएटर कमान्डका प्रवक्ता चाङ श्युलीले मङ्गलबार घटनाबारे प्रतिक्रिया व्यक्त गर्दै भारतीय पक्षले दुई देशबीचको सीमा नाघ्दा यस्तो घटना भएको बताएका छन् । उनले भारतीय पक्षलाई यस्ता खतरनाक घटनाबाट पछि हट्न आग्रह गरेका छन् ।
“भारतको काम सैनिक उत्तेजना फैलाउने खालको छ । यसले दुई देशबीच भएको सहमतिको गम्भीर उल्लङ्घन भएको छ । भारतका यस्ता कदमले क्षेत्रीय तनाव बढाउनुका साथै आपसी असमझदारी र गलत बुझाइ बढ्नेछ”, उनले भने ।
चाङले तत्काल एलएसी नाघेर चिनियाँ भूमिमा प्रवेश गर्ने सिपाही फिर्ता गर्न, सीमाका सिपाहीहरूमाथि नियन्त्रण राख्न र चिनियाँ जनमुक्ति सेनामाथि गोली प्रहार गर्ने सैनिक अधिकारीहरूमाथि अनुसन्धान गर्न भारतलाई आग्रह गरे ।
“पश्चिम थिएटर कमान्ड आफ्नो कर्तव्यप्रति दृढ छ । चीनको सार्वभौमिकता र स्वाभिमान रक्षाको लागि हामी प्रतिबद्ध छौँ”, उनले भने ।
सोमबार सीमा क्षेत्रमा भएको तनावको विषयमा भारतका विदेशमन्त्री एस. जयशङ्करले पनि प्रतिक्रिया दिएका छन् । उनले सोमबारको घटनालाई दुई छिमेकी देशबीचको समग्र सम्बन्धलाई प्रभाव पार्न नसक्ने बताए ।
सोमबारको घटनालाई ‘निकै गम्भीर’ को संज्ञा दिँदै उनले दुई देशबीच राजनीतिक तहमा ‘निकै गहिरो संवाद’ को लागि आह्वान गरे ।
जयशङ्करले गत शुक्रबारमात्र रुसको राजधानी मस्कोमा आयोजित साङ्घाई सहकार्य सङ्गठन (एससीओ) को मन्त्रीस्तरीय बैठकमा दुई देशका रक्षामन्त्रीबीच भएको वार्ताको स्मरण गर्दै मेलमिलाप नै भारतको पहिलो प्राथमिकता भएको बताए ।
सोमबारको घटनालाई दुई देशबीच सन् १९६२ यताकै सबभन्दा गम्भीर सीमा तनाव मानिएको छ । सोमबारको हमलालाई चीनले भारतको सबभन्दा पछिल्लो उत्तेजना बताएको छ ।
मङ्गलबार चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार भेटघाटमा पनि सोमबारको गोली काण्डबारे चीन सरकारले भत्र्सना गरेको छ ।
Leave a Reply