भर्खरै :

सीको मन्तव्यको अंश

आकस्मिक गम्भीर महामारीको सामना गर्न चीनले विश्वका विभिन्न मुलुकलाई सहयोग गरेको छ, विश्वमा महामारीविरूद्धका लागि योगदान दिएको छ । हामीले खुला, पारदर्शी र जिम्मेवारपूर्वक अन्तर्राष्ट्रिय दायित्व सक्रियताका साथ व्यवहारमा उतार्नुका साथै सर्वप्रथम विश्व स्वास्थ्य सङ्गठन र सम्बन्धित मुलुक तथा क्षेत्रसमक्ष महामारीको अवस्थाबारे जानकारी दियौँ । चीनले धेरै मुलुक र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरूसँग महामारीको रोकथाम तथा नियन्त्रणसम्बन्धी ७० पटकभन्दा बढी अनुभव आदानप्रदान कार्यक्रम आयोजना ग¥यो । हामीले चीनमा महामारी रोकथाम तथा नियन्त्रणको लागि ठूलो दबाब झेलिरहेको अवस्थामा अन्तर्राष्ट्रिय समाजलाई सहयोग गर्ने जिम्मेवारीमा चुकेनौँ । चीनले ३२ वटा मुलुकमा ३४ वटा चिकित्सा विशेषज्ञ टोली पठायो । १५० वटा मुलुक र ४ वटा अन्तर्राष्ट्रिय सङ्गठनलाई २८३ खेपको सहायता दिएको थियो । २०० वटाभन्दा बढी मुलुक र क्षेत्रलाई महामारी सामग्री सहज उपलब्ध गरायो ।
मित्रहरू १
युवा देश र राष्ट्रका आशा हुन् । यस पटकको महामारीविरूद्धको लडाइँमा युवा पुस्ताको टड्कारो प्रस्तुतिले सबैको मन छोएको छ । युवा पुस्ताले जिम्मेवारी वहन गरेका छन् र चिनियाँ राष्ट्रको नव आशाको रूपमा देखिएको छ । हामीले उनीहरूको प्रशंसा गर्नुपर्छ ।
यो महामारीविरुद्धको लडाइँमा चिनियाँ जनता र चिनियाँ राष्ट्रले जनताको जीवनलाई प्रथम स्थानमा राख्दै समस्त जनता एकताबद्ध हुने, व्यक्तिगत जीवन र मृत्युको बेवास्ता गर्ने, विज्ञानलाई सम्मान गर्ने र सहअस्तित्वको भावना देखाएका छन् ।
जीवनलाई प्रथम स्थानमा राख्ने भावनाबाट चिनियाँ जनताले अरू धेरैलाई माया गर्ने र मद्दत दिने परम्परा तथा चिनियाँ कम्युनिस्टले जनतालाई केन्द्रको रूपमा राख्ने धारणा देखाएको छ ।
समस्त जनता एकताबद्ध हुने भावनामा चिनियाँ जनताले कठिनाइको संयुक्तरूपमा सामना गर्ने एकीकृत शक्ति देखाएको छ ।

साझा भविष्य स्वीकार्दै एक अर्कोलाई सहयोग गर्ने र शान्तिको कामना गर्ने चिनियाँ जनताको नैतिकता तथा जिम्मेवारीको प्रतीक हुन्छ । हामीले “एक विश्व, एक परिवार” को अवधारणा अपनाउँदा चिनियाँ जनताको जीवन सुरक्षा र स्वास्थ्यका लागि जिम्मेवारी वहन गर्नुमात्र होइन, विश्वव्यापीरूपमा सार्वजनिक स्वास्थ्य कार्यको पनि जिम्मेवारीबोध गरेका छौँ । हामीले नयाँ चीनको स्थापनादेखि नै सबैभन्दा बढी केन्द्रित तथा फराकिलो आपत्कालीन मानवीय सहायता गर्दै आएका छौँ ।

व्यक्तिगत जीवन र मृत्युको बेवास्ता गर्ने भावनाबाट चिनियाँ जनताले सबै कठिनाइलाई पराजित गर्ने र कुनै पनि कठिनाइबाट हार नखाने स्वभाव देखाएको छ ।
विज्ञानलाई सम्मान गरेबाट चिनियाँ जनताले सत्यको खोज र नयाँ सिर्जनाको व्यावहारिक चरित्रको अभिव्यक्ति दिएको छ । पहिले अज्ञात नयाँ सङ्क्रामक रोगका सामु हामीले सधैँ वैज्ञानिक भावना र वैज्ञानिक धारणा लिएर निर्णय गर्ने तथा निर्देशन दिने ग¥यौँ । बिरामीको उपचार, प्राविधिक अनुसन्धान र सामाजिक प्रशासनको सम्पूर्ण प्रक्रियामा वैज्ञानिक नियमको पालना ग¥यौँ ।
साझा भविष्य स्वीकार्दै एक अर्कोलाई सहयोग गर्ने र शान्तिको कामना गर्ने चिनियाँ जनताको नैतिकता तथा जिम्मेवारीको प्रतीक हुन्छ । हामीले “एक विश्व, एक परिवार” को अवधारणा अपनाउँदा चिनियाँ जनताको जीवन सुरक्षा र स्वास्थ्यका लागि जिम्मेवारी वहन गर्नुमात्र होइन, विश्वव्यापीरूपमा सार्वजनिक स्वास्थ्य कार्यको पनि जिम्मेवारीबोध गरेका छौँ । हामीले नयाँ चीनको स्थापनादेखि नै सबैभन्दा बढी केन्द्रित तथा फराकिलो आपत्कालीन मानवीय सहायता गर्दै आएका छौँ । विश्वव्यापी महामारीको रोकथाम र नियन्त्रणमा निरन्तर ऊर्जा प्रदान गर्दै चीनले एउटा ठूलो मुलुकको छवि देखाएको छ । जसले मानव समुदायको साझा भविष्य निर्माणलाई उजागर गरेको छ ।
हामीले सम्पूर्ण समाजमा महामारीविरुद्ध भावना प्रचार गर्नुपर्दछ र यसलाई आधुनिक समाजवादी देशको निर्माण गर्ने र चिनियाँ राष्ट्रको महान पुनरुत्थानलाई साकार गर्ने शक्तिमा रूपान्तरण गर्नुपर्दछ ।
महामारीविरूद्धको लडाइँमा हामीले महत्वपूर्ण अनुभव र ज्ञान प्राप्त गरेका छौँ ।
आँधीबेहरी आउँदा चिनियाँ कम्युनिस्ट पार्टीको अत्यन्त कडा, बलियो नेतृत्व चिनियाँ जनताको सबैभन्दा भरपर्दो शक्ति भएको महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ ।
चिनियाँ जनताको दृढ इच्छाशक्ति भनेको अगाडि बाटोमा सबै कठिनाइ अवरोधलाई जित्ने शक्तिको स्रोत भएको महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ ।
चिनियाँ विशेषतायुक्त समाजवादी परिपाटीको महत्वपूर्ण श्रेष्ठता जोखिम र चुनौतीको सामना गर्ने र राष्ट्रिय शासनको दक्षताको सुधार गर्ने आधारभूत प्रत्याभूति हुन् भन्ने कुरा महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ ।
जन गणतन्त्र चीनको स्थापनादेखि जम्मा भएको बलियो राष्ट्रिय शक्ति भनेको कठिनाइको सामना गर्ने गहिरो विश्वास भएको महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ ।
समाजवादी केन्द्रीय मूल्य र उत्कृष्ट चिनियाँ परम्परागत संस्कृति जनताको इच्छा तथा शक्तिलाई जम्मा र एकताबद्ध पार्ने शक्ति भएको कुरा महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ ।
मानव समुदायको साझा भविष्य निर्माण मानव जातिका साझा चुनौतीको सामना गर्ने र अझ समृद्ध र सुन्दर संसारको निर्माण गर्ने सही तरीका भएको महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ ।
स्रोत ः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *