लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
जयगोविन्द साह (१९७६–२०४६)
नेपालको तराईको किसान आन्दोलन (२००८–२०१४) देशको सबभन्दा ठूलो आन्दोलनमध्ये एक हो । आन्दोलनको क्रममा बारा, रौतहट, धनुषा, सिरहा र सप्तरीका लाखौँ किसान खेत – खलिहान, सडक सङ्घर्ष र जनसभामा सहभागी भए । देशका शोषक वर्गको मुटु थर्काउने तराईको त्यो आन्दोलन तराईका अत्यन्त बहुमत शोषित–पीडित जनताको समानता, शोषकबाट मुक्ति र कामदार वर्गको प्रजातन्त्रको लागि भएको सबभन्दा महत्वपूर्ण लडाइँ थियो ।
त्यस आन्दोलनका एक किसान कार्यकर्ता हुनुहुन्थ्यो–जयगोविन्द साह । तर, बारा, रौतहट, धनुषा, सिरहा र सप्तरीको किसान आन्दोलनबारे पुराना किसान कार्यकर्ताहरूसँग भेटघाट गरी पुस्तक लेख्दा जयगोविन्द साहजीसँग भेट भएको थिएन । पछि साथीहरूबाट उहाँको विषयमा पनि जानकारी पाएँ ।
२०३१–३२ सालमा दरभङ्गामा साहजीसँग नेमकिपाको कार्यालयमा भेट भयो । त्यसबेला उहाँ ५५–५६ वर्षको हुनुहुन्थ्यो । त्यसबेला हाम्रो पार्टी र मोहनविक्रमजीको चौथो महाअधिवेशनबीच केही सैद्धान्तिक असमझदारी थिए ।
त्यसबारे साहजीले आफ्नो पार्टी नेता मोहनजीसँग हाम्रो आलोचनाबारे प्रश्न उठाउनुभएछ । कसैले हामीलाई अभिवादन गरेमा हामीले त्यसको उत्तर नदिनु शिष्टता अनुरूप हुनेछैन ।
उहाँले बडो सरल भाषामा भन्नुभयो, “अब विवादलाई मत्थर पार्न के गर्नुपर्ला ?”
हामीले भन्यौँ, “हामीले कुनै पार्टी र समूहमाथि पहिले निन्दा, आलोचना र विरोध गरेका छैनौँ । एकता र सद्भावको निम्ति अहिले पनि हामी त्यसो गर्दैनौँ । तर, प्रश्नको उत्तर दिनु हाम्रो कर्तव्य हो, त्यो हामी गर्छौँ ।”
२
केही समयपछि जयगोविन्द साहजी फेरि आउनुभयो र कुराकानीको बीचमा उहाँले एउटा प्रश्न राख्नुभयो– “के तपाईँको पार्टीबाट हाम्रो पार्टी सम्मेलन र भेलामा सहभागी हुनुहोला ?”
सरलतापूर्वक हामीले भन्यौँ, “तपाईँको पार्टीको तर्फबाट निमन्त्रणा प्राप्त भयो भने म त्यसबारे पार्टी बैठकमा राखुँला र निर्णय सकारात्मक भएमा तपाईँसँग सम्मेलन वा भेलामा सहभागी हुँला र छलफल गरुँला !”
उहाँ सा¥है उत्साहित भएर जानुभयो ।
३
केही महिनापछि जयगोविन्द साहजी बिरामी भएर आउनुभयो । हाम्रो पार्टीको डेरा सरिसकेको थियो । उहाँमा नाक, कान, मुखबाट रगत आउने रोग थियो । उहाँले २—४ महिना नाक–कान–घाँटीको उपचार गरिसक्नुभएको रहेछ । सायद उहाँका जेठो छोरोको औषधी पसल थियो ।
त्यो भेटमा एक प्रकारले साहजी निराश देखिनुहुन्थ्यो । मैले पुरानो डा. भवदेव मिश्रसँग छलफल गर्ने उपाय बताएँ । उहाँहरू मान्नुभयो र डाक्टरले औषधिका सबै पुर्जा हेरिसकेपछि रक्तचाप जाँच्नुभयो । डाक्टर भवदेव मिश्रले सरल भाषामा भन्नुभयो, “यो रोग नाक–कान–घाँटीको होइन, यो उच्च रक्तचापसँग सम्बन्धित हो । तपाईँ सहमत भए उपचार गर्छु ।”
अलगै बसेर सल्लाह गरेपछि साहजीहरूले उपचार सुरु गर्ने सहमति जनाउनुभयो । उपचारले केही दिनमा साहजीको अनुहारमा स्वस्थताको अनुभूति गर्यौँ ।
४
दुई–चार समूह मिलेर हाम्रो संयुक्त आन्दोलनको कार्यक्रम गर्ने सल्लाह भयो । दुई–तीन समूहमा वामपन्थी अवसरवादी धार देखिएपछि हामीले सङ्घर्षको विविधरूपमा कानुनी र गैर–कानुनी उपायसमेत प्रयोग गर्ने प्रस्ताव ग¥यौँ । तिनीहरूको व्यक्तिहत्या, सशस्त्र सङ्घर्ष र ‘मनी एक्सन’जस्ता प्रस्तावलाई हामीले पूर्णरूपले अस्वीकार गर्यौँ ।
त्यही विषयमा तीन पटक बैठक भयो । हामीले तिनीहरूको वामपन्थी अवसरवादी नीति अर्थात् परिस्थिति परिपक्व नहुँदै क्रान्तिको आह्वान गर्नुलाई गलत बतायौँ । कुरो मिलेन, हामी अलग भयौँ । सम्भवतः तिनीहरूमध्ये कोही पछि ‘माओवादीहरूसँग’ मिल्न गए । केही दिन निर्मल लामाजी पनि बिरामी हुनुभयो । हामी सँगै थियौँ । आफ्नो स्वभावअनुसार उहाँ केही पछि आफ्नो झोला लिएर हिँडी हाल्नुभयो ।
गोरखपुर घटनापछि नेपालमा संयुक्त आन्दोलन गर्न सहमति भयो । २०३६ सालमा राजाले सबै राजबन्दीहरू छोडे । प्रवास एवम् पक्राउ पुर्जी जारी भएकाहरूको निम्ति जनमतसङ्ग्रहमा आममाफीको घोषणा भयो ।
जनमतसङ्ग्रहको सङ्घर्षलाई उपयोग गर्न हामी (पार्टी) ले काठमाडौँ जाने निर्णय ग¥यौँ । जनमतसङ्ग्रहमा भाग लिन ठूलो मात्रामा पर्चा दरभङ्गामै छापेका थियौँ । पर्चा पठाइसकेपछि हामी सबै काठमाडौँतिर लाग्यौँ ।
२—४ वर्ष अगाडि साहजीको विषयमा लेखिएको पुस्तकको एक लेखमा जयनगरमा उहाँको देहावसान भएको जानकारी प्राप्त गयौँ । साथीहरू वा मित्र पार्टीहरूको माझ आवश्यक सूचना आदान–प्रदान नहुनु दुःखद् विषय हो । साहजीको रोगको विषयमा सम्भवतः पछि डा. भवनाथ मित्रसँग छलफल गरिएन । नयाँ पुस्तालाई योग्य र शिक्षित बनाउन बढी ध्यान दिनुपर्ने देख्दैछौँ ।
७० वर्षको उमेरमा जयगोविन्द साह बित्नुभयो । उहाँको जीवनसङ्घर्षको सार्थकताबारे छलफल गर्दै नयाँ पुस्तालाई गम्भीर बनाउनु आवश्यक देख्छु ¤ साहजीलाई हामी सधैँ उहाँको योगदानसँगै सम्झिरहौँ ।
सूर्यनाथ रान यादव (वि.सं. १९९७–२०४२)
भारत दरभङ्गामा हामी २०२७ सालमा गएका थियौँ । एक–दुई वर्षमै सूर्यनाथ यादवजीसँग भेटघाट भयो । जिल्लाका साथीहरूसँग केही काम प¥यो भने दिनभरि के के गर्नुहुन्थ्यो, सुन्नलाई यादवजी हामीकहाँ आउनुहुन्थ्यो र सैद्धान्तिक र व्यावहारिक कुराकानी गर्नुहुन्थ्यो ।
तर, हामी आ–आफ्ना पार्टीको मामिलामा कहिल्यै कुराकानी गर्दैनथ्यौँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुन्थ्यो, उहाँ साँचो अर्थमा गरिब किसान जनतासँग काम गर्ने सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो ।
बिरामी साथीहरूको उपचार गर्न अस्पताल भर्ना गर्न अघि सर्ने, कसैको छोरीको विवाहमा मद्दत गर्ने र अन्य आपद्मा परेका साथीहरूको सहयोगमा अथकरूपले सक्रिय हुने कार्यकर्ताको रूपमा म उहाँलाई सम्झन्छु । उहाँ सा¥है सरल, कहिल्यै निराश र अँध्यारो मुख नलगाउने, सधैँ हँसमुख हुनुहुन्थ्यो । हलमा फिल्म हेरेर फर्किँदा कहिलेकाहीँ प्रहरीले हाम्रो डेरामा पु¥याइदिन्थ्यो । त्यो उहाँको छोड्न नसक्ने बानी होला !

सूर्यनाथ रान यादव
Leave a Reply