भर्खरै :

क्यालिफोर्नियाको डढेलो नौ लाख हेक्टरमा फैलियो

क्यालिफोर्निया, २३ भदौ (एएनआई) । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झन्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ ।
क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यति ठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलोपटक हो ।
विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु भएको र ३ हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ । विभागका अनुसार निकै तीव्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ ।
डढेलो नियन्त्रणका लागि हाज १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रकहरू दिनरात आगो निभाउने काममा जुटेको पनि विभागले जनाएको छ ।
लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायु विज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताउनुभएको छ । उहाँले सन् २०१८ को भन्दा यस वर्ष बढी क्षति गरेको पनि जानकारी दिनुभयो ।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले धेरैवटा काउन्टीमा आपत्कालीन स्थितिको घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा विपदा घोषणा गर्नु भएको थियो । गभर्नर न्यूसमले पनि अगस्ट १८ मा राज्यव्यापी आपत्काल घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *