लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
वर्तमान युगलाई प्रविधिको युगको रूपमा लिइँदै छ । साधारण जनतामात्रै होइन बुद्धिजीवी समुदायसमेत प्रविधिको युगले देशलाई अगाडि बढाउनेमा ढुक्क छन् । तर, परिणामले देखाउँदै छ – नेपालको प्रविधिको युगको प्रारम्भ नै भ्रष्टाचारको युगको रूपमा ‘पदार्पण’ भएको छ ।
पुँजीवादी प्रजातन्त्रमा नेताहरू असल र इमानदार भएपनि कर्मचारीतन्त्र (ब्यूरोक्रेसी) र प्रविधितन्त्र (टेक्नोक्रेसी) का कारण जनता प्रजातन्त्र र गणतन्त्रबाट निराश हुन्छन् । यसको उदाहरण छिमेकी देश भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का आदि हुन् । सुरुमा बेलायत, अमेरिका, फ्रान्स र अन्य युरोपेली देशहरूले नेपालकै अवस्था भोगेका थिए ।
नेपालको वर्तमान प्रविधि आफ्नै देशमा विकास भएको नभई विदेशबाट आयातित हो । नेपालमा झन्डै सय वर्षदेखि (राणा कालमै) बिजुली, मोटर, तार टेलिफोनको उपयोग भइसकेको थियो । तर, आज पनि विभिन्न प्रकारका वाहन र विकास निर्माणका साधनहरू (बुल्डोज, डोजर, टिपर आदि) देखिएपनि, प्रयोग भएपनि ती यन्त्र सञ्चालनको निम्ति राम्रो तालिम नहुँदा र सडक राम्रो नहुँदा सडक दुर्घटनाहरू हुने गर्छन् । यो त सरल उदाहरण हो ।
भारतले नेपाललाई रेल बनाइदियो तर आवश्यक प्राविधिक र प्रशासनिक श्रमशक्तिबारे सिंहदबार चुपचाप बस्यो । सिंहदरबार शब्दको अर्थ यहाँका मन्त्री, राजनैतिक दल र नेताहरू नभई कर्मचारीचन्त्र र सरकारी प्रविधितन्त्र पनि हो ।
रेलको निम्ति आवश्यक ठेक्कापट्टाको बोलपत्रहरू निश्चित मिति र समयमा आह्वान गरिन्छ । तर, त्यसैबेला विद्युतीय सञ्चार प्रणाली अवरुद्ध हुन्छ । हो–हल्ला र शङ्का उपशङ्कापछि सम्बन्धित प्राविधिक व्यक्तिहरू पन्छिँदै जान्छन्, म्याद सिधिन्छ, अनि पुनः सबै यन्त्रहरू चालु हुन्छन् र संस्थाकै प्राविधिकहरूले आवश्यक बोलपत्र एवम् अन्य सूचनाहरू लुकाएको साबित हुन्छ । अर्थात् चोरी भएको प्रस्ट हुन्छ तर अहिले लुकाउने र चोर्ने प्राविधिकको तस्बीर नेपालसँग भएको प्रविधिले पत्ता लगाउन सक्दैन । अन्य देशमा चोर प्राविधिकहरूको चोरी पत्ता लगाउने इन्स्पेक्टर प्राविधिक यन्त्र बनिसकेका छन् । नेपालमा यस्तो प्रविधि आइनसकेको प्राविधिज्ञहरू बताउँछन् ।
सूचना प्रविधिको क्षेत्रमा नेपालमा अन्य दलहरूभन्दा नेपाली काङ्ग्रेसका समर्थकहरू अगाडि छन् । कानुन, स्वास्थ्य र शिक्षा क्षेत्रमा जस्तै ।
विद्युतीय खरिद प्रणालीको सुरक्षा व्यवस्था कमजोर रहेको, पूर्वाधारहरू केही काम नलागेको भन्ने हल्ला फैलाएर विशेष परिस्थिति खडा गरी करोडौँ रकमको हार्डवेयर खरिद गराउने चलखेल हुँदै छ भन्ने सम्बन्धित क्षेत्रमा व्यापक चर्चा छ ।
यस्तो अपराध कार्यमा सम्बन्धित प्राविधिकहरू नै संलग्न रहेको र प्रधानमन्त्री कार्यालयदेखि सबै कार्यालयहरूलाई भ्रममा पार्ने कामहरू भइरहेका छन् ।
यस कार्यमा संलग्नमध्ये राष्ट्रिय सूचना प्राविधिक केन्द्रका डाइरेक्टर मुकेश रेग्मी, एक भट्टराई, सविन श्रेष्ठ, इन्टरनेसनल संस्थासँग सम्बन्धित आदित्य झा आदि त्यस षड्यन्त्रमा सामेल भएको चर्चा छ ।
तिनीहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयहरूलाई समेत प्राविधिकरूपले निस्किृय बनाउने तयारीमा छन् । यसकारण, यी विद्युतीय सञ्चारका अपराधीहरूमाथि मुद्दा चलाउनुपर्ने जनतामा व्यापक चर्चा छ । सम्बन्धित मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा समेत रनभुल्लमा छन् ¤ यी प्राविधिक माफियाहरू नेपाली काङ्ग्रेसमा प्रवेश गरी सरकारका मुख्य–मुख्य पद हात पार्ने उद्योगमा रहेको जानकार सूत्रहरू बताउँछन् । तर, नेपाली काङ्ग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री आफै मुठ्ठी खोलेर बसेको माथिल्लो राजनैतिक दबुलीमा चर्चा छ ।
Leave a Reply