तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २४ भदौ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट सतर्क र सचेत बनाउन नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिले मङ्गलबार कोभिड– १९ बारे अनलाइन अभिमुखीकरण कार्यक्रम आयोजना भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले कोभिड – १९ को सङ्क्रमण नियन्त्रणको लागि हवाई र भारतीय सीमा नाकामा कडाइ गर्नुपर्ने सुझाव सुरुदेखि नै दिँदै आएको तर सरकारले बेवास्ता गरेको छ भन्नुभयो । सरकारको गैरजिम्मेवारीको कारणले नै कोरोना भाइरसको जटिल समस्यामा उहाँले बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले कोरोना नियन्त्रण गर्न समाजवादी चीनबाट सिक्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले कोरोना सङ्क्रमणबाट बच्न हामी आफै सचेत र सतर्क हुनुपर्ने बताउनुभयो ।
जनस्वास्थ्य केन्द्र भक्तपुरका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले कोभिड – १९ बारे विस्तृत विवरण, रोकथामको उपायको जानकारी दिनुभयो । उहाँले मानिसमा प्रतिरोधको क्षमता बढाउने आत्मबल बलियो पार्ने र स्वस्थकर खाना खाने र स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी २ मिटरजस्ता सकारात्मक कुरालाई बताउँदै बढी भीडभाड हुने भोजलगायतका कार्यक्रममा नजाने सुझाव दिनुभयो ।
कोरोनाबाट निको भएर फर्केकी वडा नं. ९ की जनप्रतिनिधि छोरीमैंया सुजखू, कर्मचारी समाज नेपालका अध्यक्ष गौतम लासिवा, अधिवक्ता सुनिता खुसूलगायतले बोल्नुभएको थियो ।
नेमकिपाका नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा बुधबार नेपाल मजदुर किसान पार्टीको विधानबारे अनलाइन अन्तरक्रिया कार्यक्रम भयो ।
Leave a Reply