युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
वाशिङ्टन, १० सेप्टेम्बर । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोलीको कुनै ठेगान छैन । उनले कहिले के बोल्छन्, कसैले अनुमान गर्नसक्दैनन् । उनका नजिकका अधिकारीहरूसमेत उनको यस्तो व्यवहारबाट आजित छन् । तीमध्ये धेरै जनाले त पदबाट राजीनामा दिएर आफ्नो बाटो लागिसकेका छन् । त्यसकारण ट्रम्पको ठेगान नभएका कुनै नयाँ अभिव्यक्ति सार्वजनिक भए मानिसहरू ‘यस्तै हो ताल !’ भन्ने आशयको प्रतिक्रिया दिने गरेका छन् ।
बुधबार सार्वजनिक ट्रम्पको एउटा नयाँ अभिव्यक्तिले संसारलाई चकितमात्र पारेको छैन, आक्रोशित बनाएको छ । विशेषतः संरा अमेरिकी जनता उनको पछिल्लो भनाइ सुनेर आक्रोशित र विस्मित छन् ।
संरा अमेरिकाका एक जना पुराना पत्रकार बब उडवार्डलाई फेब्रुअरी महिनामा दिएको एउटा अन्तर्वार्तामा ट्रम्पले ‘आफूलाई नोबेल कोरोना भाइरस ज्यादै घातक र सङ्क्रामक भाइरस भएको थाहा भएर पनि जानाजान त्यो भाइरसलाई न्यूनाङ्कन’ गरेको गत बुधबार सार्वजनिक भएको छ । ६ महिनाअघि दिइएको अन्तर्वार्तामा उनले नोबेल कोरोना भाइरस कुनै साधारण रूघाखोकीभन्दा धेरै गुणा खतरनाक ‘जीवाणु’ भएको आफूलाई थाहा भएको बताएका थिए । सो अन्तर्वार्ता उडवार्डको नयाँ पुस्तक ‘¥याग’ मा समावेश गरिएको ‘द न्यु योर्क टाइम्स’ मा प्रकाशित पुस्तक समीक्षामा उल्लेख छ । पुस्तक आगामी सेप्टेम्बर १५ मा सार्वजनिक हुँदै छ ।
“म त्यो भाइरसलाई सधैँ न्यूनाङ्कन नै गर्न चाहन्छु । म अझै पनि त्यसलाई न्यूनाङ्कन गर्छु किनभने म मानिसहरूलाई त्रसित बनाउन चाहन्न”, ट्रम्पले अन्तर्वार्तामा भनेका छन् ।
“यो घातक जीवाणु हो । हामी श्वास फेर्छौंँ र त्यो हाम्रो शरीरभित्र पस्छ । यो भाइरस निकै चलाख हुने रहेछ । निकै मसिनो पनि । अरू कुनै पनि रूघाखोकीभन्दा यो निकै घातक पनि हुने रहेछ”, उनले भनेका थिए ।
तर, सार्वजनिकरूपमा भने ट्रम्पले अमेरिकीहरूलाई ‘कोभिड–१९ सामान्य रूघाखोकी जस्तै भएको’, ‘कुनै खतरा नभएको’ र ‘आफै बिलाएर जाने’ भन्दै आएका थिए ।
फेब्रुअरी महिनामै प्रतिपक्षी डेमोक्रेटिक पार्टीले कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै आलोचना गर्दा ट्रम्पले ‘महामारी र भाइरस नयाँ हल्लाबाजी’ मात्र भएको बताएका थिए ।
मार्च महिनाको सुरूमा उनले पत्रकारहरूलाई ‘संरा अमेरिकामा कोभिड–१९ पूर्ण नियन्त्रणमा भएको’ बताएका थिए । त्यसको केही समयअघि उनले मानिस–मानिसबीच आपसी दुरीको कुरा अनावश्यक भन्दै आएका थिए । मार्च महिनाको अन्त्यमा उनले नोबेल कोरोना भाइरसको कारण एक लाख मानिसको निधन हुने कुरा भ्रामक भएको बताएका थिए । सुरूमा त उनले नोबेल कोरोना भाइरसलाई ‘चाइना भाइरस’ भनी अवैज्ञानिक कुरा गरेका थिए । नोबेल कोरोना भाइरस कुनै प्रयोगशालामा बनेको अहिलेसम्म कहीँ कतै पुष्टि भएको छैन ।
ट्रम्पले उडवार्डको पुस्तकलाई भने ‘अर्को सफल राजनीति’ को संज्ञा दिएका छन् । उनले ‘कोभिड–१९ लाई आफूले न्यूनाङ्कन गर्न र अराजकता एवम् उत्तेजनात्मक गतिविधि रोक्न त्यसो गरेको’ बताए । उडवार्डको पुस्तक भने आगामी नोभेम्बरमा हुने निर्वाचनको लागि डेमोक्रेटिक पार्टीको निम्ति राम्रो मसला हुने अपेक्षा गरिएको छ ।
सोही कुरालाई आधार बनाएर बुधबार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले ट्रम्प सरकारले अमेरिकी जनतालाई धोखा दिएको आरोप लगाएका छन् ।
“उनलाई थाहा रहेछ, त्यो भाइरस घातक भाइरस हो भन्ने कुरा । तर, उनले अमेरिकी जनतालाई झूट बोले । महिनौँसम्म संरा अमेरिकाको लागि खतरा बनेको यो भाइरसबारे उनले जानाजान झूट बोले”, बाइडेनले भने ।
भाइरसले अमेरिकामा दुःख दिंदै गर्दा ट्रम्प सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको भन्दै उनले यो अमेरिकी जनताप्रति जीवन मरणको धोखा भएको बताए ।
Leave a Reply