भर्खरै :

कृषिमन्त्रीको अर्को अनभिज्ञता

‘मल नल्याउने दुई कम्पनीको ठेक्का रद्द’ भएको समाचार आएको छ । शैलुङ्ग र होनिको कम्पनीको १० करोड धरौती जफत भएको समाचारमा बताइएको छ ।
अरबौँ अरब रुपैयाँको व्यापार गर्नेको लागि ५÷१० करोड भनेको केही पनि होइन । यी व्यापारीहरूले पहिले नै अरबौँ रुपैयाँको ठाउँ–ठाउँमा मल लुकाइसकेको हुनुपर्छ । समयमा मल आपूर्ति नहुँदा मलको भाउ बढ्नु स्वाभाविक हो । नयाँ मल ल्याउँदा सस्तो भाउमा दिनुपर्ने हुँदा तिनीहरूले मल ल्याउँदैनन् । हरेक जिल्ला र भारतका नाका–नाकामा लुकाइ–लुकाइ महँगो भाउमा तिनीहरूले मलको व्यापार गर्छन् । नयाँ र सस्तोमा मल बेच्नुभन्दा महँगोमा कमसल मलमा कालोबजारी गर्दा बढी नाफा हुन्छ ।
त्यसकारण कृषिमन्त्री घनश्याम भूसालले ठूला ठेकेदारहरूको ५–१० करोड धरौटी जफत गरेकोमा बहादुरी नसम्झे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *