युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
मस्कोमा भारतका विदेशमन्त्री जयशंकर, रुसका विदेशमन्त्री लाभ्रोभ र चीनका विदेशमन्त्री वाङ यी, बायाँबाट
छिमेकी देशहरू चीन र भारतबीच सीमा क्षेत्रमा तनाव कम गर्न शुक्रबार पाँचबुँदे सहमति भएको छ । साङ्घाई सहकार्य संगठन (एससीओ) को बैठकमा सहभागी हुने क्रममा रूसको राजधानी मस्को पुगेका चीनका विदेशमन्त्री वाङ यी र भारतका विदेशमन्त्री एस जयशङ्करबीच बिहीबार साँझ भएको दुईपक्षीय वार्तामा यस्तो सहमति भएको हो ।
वार्तापश्चात जारी संयुक्त वक्तव्यमा दुई विदेशमन्त्रीबीच सीमा क्षेत्रमा दुवै पक्षका सैनिक शक्तिलाई संयमित बनाउने र तनाव कम गर्ने सहमति भएको उल्लेख छ ।
चीन–भारत सम्बन्ध विकासमा दुवै देशका नेताहरूबीच यसअघि भएका सहमति र सम्झौतालाई नै आधार मानेर काम गर्ने प्रतिबद्धता वक्तव्यमा व्यक्त गरिएको छ । दुई पक्षबीच रहेका मतभेदलाई विवादको विषय नबनाउने सहमति भएको छ ।
चीन र भारतबीचको सीमा विवाद दुवै देशको हितमा नरहेकोमा सहमत हुँदै विदेशमन्त्रीहरूबीचको वार्तामा दुवै देशका सीमा सुरक्षा बलबीच नियमित संवाद हुनुपर्ने, दुवै पक्ष सकेसम्म चाँडो पछाडि हट्ने र आपसमा आवश्यक दुरी कायम राख्ने सहमति भएको छ ।
“सिमानाको विषयमा चीन र भारतबीच विद्यमान सबै सहमति र सम्झौता दुवै पक्षले पालना गर्दै सीमा क्षेत्रमा शान्ति र अमनचयन कायम राख्नुपर्छ र कुनै पनि तनाव बढाउने विषयलाई पन्छाउँदै जानुपर्छ”, संयुक्त वक्तव्यमा उल्लेख छ ।
विदेशमन्त्रीद्वय वाङ र जयशङ्करबीच भएको वार्तामा सिमानाको विषयमा छलफल चालु राख्न दुई देशबीच विद्यमान संयन्त्रलाई सक्रिय राख्ने पनि सहमति भएको छ ।
सीमाको विषयमा दुवै देशका विशेष प्रतिनिधिहरू सम्मिलित संयन्त्रको बैठक सन् २००३ बाट बस्न थालिएको हो । सन् २०१२ मा सीमा विवादको विषयमा दुईपक्षीय परामर्श तथा समन्वयन कार्यसंयन्त्र गठन भएको थियो । विदेशमन्त्रीहरूबीच ‘अवस्था सहज बनेलगत्तै दुई देशले सीमा क्षेत्रमा शान्ति र अमनचयन कायम राख्न नयाँ विश्वास निर्माणको प्रयास थाल्ने’ निष्कर्ष निकालेका छन् ।
वार्तामा चीनका विदेशमन्त्री वाङ यीले आफ्ना भारतीय समकक्षीलाई चीन र भारत आपसमा प्रतिस्पर्धी वैरी वा खतरा नभएको बताउनुभयो । उहाँले दुई देश विकासको अवसरमा आपसका सहकार्य साझेदार भएको बताउनुभयो ।
दुई ठूला छिमेकी देश हुनुको नाताले चीन र भारतबीच आपसमा मतभेद हुनु स्वाभाविक भएको चर्चा गर्दै चिनियाँ विदेशमन्त्रीले भन्नुभयो, “यस्ता विषय दुईपक्षीय सम्बन्धलाई ध्यानमा राखी उपयुक्त समयमा उठाउनु महत्वपूर्ण हुन्छ ।”
उहाँले दुई ठूला विकासशील देशले यतिबेला द्वन्द्व होइन, आपसमा आशङ्का होइन, विश्वास र सहकार्यमा काम गर्नुपर्ने बताउनुभयो ।
“अवस्था प्रतिकूल बन्दा समग्र सम्बन्धमा स्थायित्व र आपसी विश्वास जोगाउन निकै महत्वपूर्ण हुने गर्छ”, उहाँले भन्नुभयो ।
“भारत–चीन सम्बन्ध पुनः एकपल्ट चौबाटोमा उभिएको छ । दुई देशबीचको सम्बन्ध सही दिशामा अघि बढिरहेसम्म कुनै पनि खालका चुनौती र प्रतिकूलमाथि जीत हासिल गर्न सकिनेछ”, विदेशमन्त्री वाङले भन्नुभयो ।
सीमाको अवस्थाबारे चीनको अडान स्पष्ट भएकोमा जोड दिंदै उहाँले तत्काल सीमा क्षेत्रमा हुने गोली हानाहान र अरू खतरनाक काम बन्द गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्ता घटना दोहोरिए दुवै पक्षबीच भएको प्रतिबद्धता उल्लङ्घन हुने उहाँको भनाइ थियो । बैठकमा भारतका विदेशमन्त्री एस. जयशङ्करले चीनप्रति भारतको नीतिमा कुनै परिवर्तन नआएको र भारतप्रति चीनको नीतिमा पनि कुनै परिवर्तन नभएकोमा भारत विश्वस्त भएको बताउनुभयो ।
उहाँले भारत र चीनबीचको सम्बन्ध सीमासँग मात्र सीमित नरहेको धारणा प्रस्ट पार्नुभयो ।
“भारत दुई देशबीचको सम्बन्धमा पछाडि हट्न चाहँदैन”, जयशङ्करले भन्नुभयो ।
भारत र चीनबीचको दुईपक्षीय सम्बन्ध वर्षौं वर्षदेखि प्रगतिको दिशामा अघि बढिरहेको चर्चा गर्दै दुई देशका नेताहरूबीच लगातार भेटघाट भइरहेको र दुईपक्षीय सम्बन्ध विकासमा महत्वपूर्ण सहमतिहरू भएको बताउनुभयो । “भारत सीमामा तनाव सहज गर्न चीनसँग संवाद र वार्तामार्फत समाधान निकाल्न तयार छ”, भारतीय विदेशमन्त्रीले भन्नुभयो ।
गएको सोमबार भारत र चीनको सीमावर्ती पाङगोङ सो तालको दक्षिणी किनारा छेउ शेनपाओ हिमालनजिक दुई देशका सीमा सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो ।
Leave a Reply