भर्खरै :

नेता किम जङ उनद्वारा बाढी प्रभावित क्षेत्रमा अनुगमन

प्योङयाङ, २७ भदौ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका नेता किम जङ उनले हालै बाढीले प्रभावित बनेका क्षेत्रमा चालु पुनःनिर्माण कार्यको अनुगमन गर्नुभएको शनिबार त्यहाँको समाचार संस्था केसीएनएले जनाएको छ । समुद्री आँधी र मनसुनी वर्षाको कारण यो वर्ष प्रजग कोरियाका विभिन्न क्षेत्र निकै प्रभावित बने ।
प्रभावित क्षेत्रको भ्रमणको क्रममा किमले देशको अर्थतन्त्रमा पछिल्ला भारी वर्षा र समुद्री आँधीले ठूलो समस्या र क्षति पुर्‍याएको बताउनुभयो ।
किमले उत्तरी ह्वाङहे प्रान्तको तैछोङ-रि गाउँमा भएको पुनः निर्माणमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो ।
किमले सरकारी अधिकारी र मजदुरहरूलाई ॅखेतीपातीमा क्षति न्यून गर्न र सकेसम्म कृषि उत्पादन पहिलेकै अनुपातमा कायम राख्न आग्रह गर्नुभयो ।
किम स्वयम् पुनःनिर्माण भइरहेका क्षेत्रमा पुग्दा त्यहाँ काम गरिरहेका अधिकारी र मजदुरहरू निकै उत्साहित भएको केसीएनएले जनाएको छ । उनीहरूले आगामी अक्टोबर १० सम्ममा पुनःनिर्माणका कार्य सबै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । अक्टोबर १० कोरियाली मजदुर पार्टीको स्थापना दिवस पर्दछ । ह्वाङहे प्रान्त प्रजग कोरियामै सबभन्दा बढी धान फल्ने क्षेत्रमध्ये पर्दछ । पछिल्ला सातामा प्रजग कोरियाले लगातार तीन समुद्री आँधीको सामना गर्नुपर्‍यो । सबभन्दा पछिल्लो समुद्री आँधीले देशको पूर्वी क्षेत्रलाई बढी प्रभावित बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *