भर्खरै :

चीन-भारत विवादित क्षेत्रमा पाँच भारतीय गुप्तचर

अघिल्लो महिना दक्षिण तिब्बतको लाइन अफ एक्चुएल कन्ट्रोल (एलएसी) मा ॅअपहरण’ गरिएको भनी सञ्चारमाध्यमहरूले प्रचार गरिएका पाँच जना भारतीयहरू खासमा सिकारीको भेषमा आएका गुप्तचरहरू भएको चिनियाँ सञ्चारमाध्यमहरूले आइतबार समाचार प्रकाशित गरेका छन् । सो घटनाबारे भारतीय सञ्चारमाध्यमहरूले गलत समाचार प्रकाशन गरेपछि चिनियाँ सञ्चारमाध्यमले सत्य तथ्य कुरा सार्वजनिक गरेको बताइएको छ ।
सन् २०१९ को फेब्रुअरीमा बेलायतको इभिनिङ स्टायन्डर्डले माइक्रोस्फटको एउटा अध्ययनलाई भारतका मिडियाहरू संसारका अरु कुनै पनि ठाउँका मिडियाभन्दा झूटा समाचार फलाक्न पोख्त रहेको भनी अवगत गराएको थियो । त्यसकारण भारतीय मिडियाले चीनबारे प्रसारण गरेको समाचार मुस्किलले मात्र पत्याउन सकिन्छ । चिनियाँ सञ्चारमाध्यमले शनिबार पोल खोलेका कुरामा कुनै आश्चर्य छैन । तथापि यसको महत्व भने अद्यापि छ । चीन कसैलाई अपहरण गर्ने वा बन्दी बनाउने काममा कहिल्यै संलग्न नभएको हुनाले भारतीय मिडियाका समाचार सुन्नेबित्तिकै पर्यवेक्षकहरूले त्यसको सत्यताप्रति आशङ्का गर्नेछन् । चीन यस्ता काममा संलग्न नभए पनि कुनै पनि अवैध घुसपैठबाट आफ्नो सार्वभौमिकता रक्षाको निम्ति ऊ दिगोज्यान दिएर लाग्ने गरेको छ ।
चीनले दक्षिणी तिब्बतमा भारतको नियन्त्रणलाई अवैध मान्दै आएको छ । चीनले दक्षिणी तिब्बत भन्ने गरेको क्षेत्रलाई भारतले ॅअरुणाञ्चल प्रदेश’ भन्ने गरेको छ । शताब्दियौँ अघि बेलायतले फुट गर र राज गरेको जाली खेल खेल्दै गर्दादेखि नै यो विवादको बिजारोपण भएको हो । त्यत्तिबेला बेलायतले ऐतिहासिकरूपमै चीनको भूभागमाथि तत्कालीन चिनियाँ शासकको फाइदा उठाएर सो क्षेत्रमा उपनिवेशवादी कब्जा जमाएको थियो । भारत बेलायती उपनिवेशवादबाट मुक्त भएपछि सो क्षेत्रमाथिको नियन्त्रणलाई निरन्तरता दियो । त्यसकारण, सो क्षेत्रको विवाद आजसम्म कायम रहेको हो ।
यो पृष्ठभूमि बुझ्नेको लागि दक्षिणी तिब्बतमा भारतले पाँच जना गुप्तचर सिकारीको भेषमा परिचालन गर्नु र भारतीय मिडियाले तिनै व्यक्तिलाई लिएर चीनको जनमुक्ति सेनाले सर्वसाधारण नागरिकको अपहरण गरेको भनी प्रचार गर्नुलाई कुनै आश्चर्यको विषय मान्दैनन् । ती पाँच जना नागरिकहरू भारतीय गुप्तचर भएको पोल खोलिएबाट आस्काई चीन र नयाँ दिल्लीले लद्दाख दाबी गर्दै आएको भारत नियन्त्रित कास्मिरमा सीमाको विषयमा चीन र भारतबीच विवाद बढ्दै गएको अवस्थामा उनीहरू (पाँच गुप्तचर) सो क्षेत्रमा पुगेको सार्वजनिक भएको छ ।
दक्षिण तिब्बत अस्काई चीनबाट झन्डै २ हजार किलोमिटर पर छ । सो भूभागबारे कुनै पनि द्वन्द्व पछिल्लो समय सार्वजनिक भएको छैन । क्षेत्रीय आक्रमणमा अभ्यस्त भारतले प्रस्टतः दुई देशबीचको सीमा रेखामा सङ्कट निम्त्याउन अनेक समस्या उछाल्न खोजिरहेको देखिन्छ । दुई देशको सीमामा समस्या अझ चर्काउनबाहेक चिनियाँ भूमिमा पाँच जना गुप्तचरहरू परिचालन गर्नु पछाडि भारतको अरु कुनै कारण देखिँदैन ।
भारत सरकारले वास्तवमै यस्तो अति उत्तेजनात्मक गुप्तचर मिसनको लागि अनुमति दिएको थियो होला र ? के भारतीय गुप्तचर विभागको जानकारीबिना नै ती गुप्तचरहरू पठाइएको होला ? गत साता सीमा क्षेत्रमा दुई देशका सीमा सुरक्षाकर्मीबीचको गोली हानाहानमा दुईपक्षीय सहमति उल्लङ्घन गर्न सैनिक अधिकारीहरूलाई भारतीय सेनाको अनुमति थियो र ? वास्तवमा यदि यस्ता गतिविधिको लागि सरकारले अनुमति दिएको भए पनि अथवा गुप्तचरहरूको अराजक समूहबाट यस्ता गतिविधि भए पनि दुवै समानरूपमा चिन्ताको विषय हो ।
चीन ती अवैध घुसपैठियाहरूलाई पक्राउ गर्न सफल भएको छ । यसले दुई देशबीच अर्को सङ्कटलाई थप नबढाउन मद्दत गर्नुका साथै यसै साता दुई देशबीच भएको सम्झौताको लागि पनि टेवा पुर्‍यायो । पाँच जना गुप्तचरहरूको गिरफ्तारीले सम्भवतः हमला र हस्तक्षेप जारी राख्ने भारतको पहिलेको सोचमा पनि परिवर्तन ल्याएको हुनुपर्छ । तर, दिगो शान्तिको लागि भारतले दक्षिण तिब्बत र अस्काई चीनमा चीनको सार्वभौमिकता स्वीकार्नुको कुनै विकल्प छैन ।
भारतसँगको भौगोलिक विवादको विस्तृत समाधानमा सहमति खोज्न चीन सधैँ तत्पर देखिन्छ । तनाव कम गर्ने दुईपक्षीय सहमतिपछि शान्ति प्रक्रिया थालनी गर्ने यो उपयुक्त समय हो । चीनले ती पाँच जना भारतीय गुप्तचरहरूको रिहा गरेर भारततिर जैतुनको हाँगा (शान्तिको प्रतीक) देखाउँदा भारतले वार्ताको निम्ति तत्परता देखाउन जरुरी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा चीनका यस्ता विवाद समाधान गरी शान्तिको विरासत आफ्नो नाममा राख्ने राम्रो अवसर छ । मोदीसँग राजनीतिक इच्छा भए त्यो दिशातर्फ अघि बढ्न सम्भव छ ।
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः राजजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *