युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
म जीवनी पढ्न मन पराउँछु । प्रायशः म मेरै देशमा छापिएको भन्दा अरू देशमा छापिएका जीवनी पढ्नमा रुचि राख्छु । भर्खरै मैले क्यानाडाका विद्वान फाबियो फर्नान्डो रिजिले लेखेको द्यभलभमभततय ऋचयअभ बलम क्ष्तबष्बिल ँबकअष्कm पुस्तक पढिभ्याएँ । उनले एक जना महान् दार्शनिकले बिताएको समयलाई उनको जीवनीमार्फत चित्रण गरेका छन् ।

सैनिक परेड अवलोकन गर्दै मोदी

सन् १९२५ को डिसेम्बरमा इटालीले एउटा नयाँ कानुन पारित ग¥यो । त्यो कानुन प्रेस र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने हतियार बन्यो । त्यही कानुनको प्रतापले केही महिनाभित्र इटालीका सबै महत्वपूर्ण पत्रपत्रिका एकपछि अर्को गर्दै फासीवादी नियन्त्रणमा गयो । केही सञ्चारमाध्यमका मालिकहरूले बाध्यतावश आफ्नो सञ्चारमाध्यम राजनीतिक र आर्थिक दबाबका कारण बेच्न बाध्य भए । उदार विचारका सबै सम्पादकहरू राजीनामा दिन बाध्य भए । उनीहरूका ठाउँमा नयाँ मानिसहरू भर्ती भए ।
कानुनको पालना
त्यही वर्ष बिनिडेट्टो क्रोकले सत्तासीन दल र मुस्सोलिनीको विचारधारालाई ‘सत्ता र सत्ताप्रति भक्तिको, कानुन र कानुन उल्लङ्घनको उच्च सम्मानको, अत्याधुनिक विचार र थोत्रो पुरानो सोचाइ, संस्कृतिको पालना र नयाँ संस्कृति निर्माणको शुद्ध प्रयासबीच अनौठो मिसावट’ को रूपमा व्याख्या गरे । यस कोणबाट हेर्दा सन् १९२० दसकको इटालीको राज्य र अहिलेको मोदी शासनबीच आश्चर्यजनक समानता भेटाउन सक्छौँ । मोदी सरकारले पनि एकातिर भारतीय संविधानप्रति गहिरो सम्मान व्यक्त गर्दै आएको छ भने अर्कोतिर संविधानको मूल भावना र आत्मामाथि लगातार हमला गर्दै आएको छ । एकातिर उसले प्राचीन मान्यतालाई उत्साहित गरिरहेको छ भने अर्कोतिर आधुनिक विज्ञानलाई न्यूनाङ्कन पनि गरिरहेको छ । मोदी शासनले प्राचीन संस्कृतिलाई प्राथमिकता दिएको नाममा व्यवहारमा सङ्कीर्ण सोचाइलाई बढावा दिइरहेको छ । मुस्सोलिनीको पालामा इटालीका अधिकांश स्वतन्त्र विचार राख्ने बुद्धिजीवीहरू प्रवासीन बाध्य भए । तर, बिनिडेट्टो भने इटालीमै रहे । उनले फासीवादको वैचारिक र नैतिक विपक्षीको भूमिका निभाइरहे । जीवनी लेखकले लेखेका छन्, “मुस्सोलिनीको प्रशंसामा सत्ताले आमसञ्चार र शिक्षा प्रणाली परिचालन गरेको थियो । सबैलाई सत्ताप्रति झुक्न लगाइएको थियो । नयाँ पुस्तामा बिना प्रश्न नेताप्रति एकाकार हुने र ‘विश्वास गर, पालना गर र नेताको लागि लड’ भन्ने भावना प्रत्यारोपण गरिएको थियो । तर, क्रोकले उदार मूल्यमान्यताका कुरा गर्थे, स्वतन्त्रताका उपदेश दिन्थे, स्वतन्त्र अस्तित्वको रूपमा मानिसको आत्मस्वाभिमानको रक्षा गर्थे र व्यक्तिका निर्णय र व्यक्तिगत जिम्मेवारी पूरा गर्न उत्साहित गर्थे ।”
रिजीको पुस्तकमा अगाडि लेखिएको छ, “सन् १९२६ को अन्त्यसम्ममा इटालीमा उदार विचारको निधन भइसकेको थियो । मुस्सोलिनीले आफ्नो शक्ति बलियो बनाइसकेका थिए र आफ्नो तानाशाही शासनलाई निरन्तरता दिने कानुनी हातहतियार बनाइसकेका थिए । राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाइएको थियो । प्रेस स्वतन्त्रता ध्वस्त बनाइसकेका थिए । विपक्षी सबैका हात खुट्टा बाँधिसकेको थियो । संसद्लाई निकम्मा बनाइसकेका थिए । सन् १९२७ सम्ममा कुनै पनि राजनीतिक काम गर्न असम्भव प्रायः भइसकेको थियो । सार्वजनिक स्थानमा सत्ताको आलोचनामा कुनै पनि कुरा गर्नु खतरनाक विषय बनिसकेको थियो । सरकारको नीतिविपरीत कोही सरकारी कर्मचारीले बोले सरकारी कर्मचारीहरूले जागिरबाट हात धुनुपर्ने अवस्था थियो ।”
“गृहमन्त्रालयअन्तर्गत शक्तिशाली प्रहरी विभाग गठन गर्नुका साथै प्रहरी प्रमुखको प्रत्यक्ष जिम्मेवारीमा एउटा प्रभावकारी गोप्य प्रहरी सङ्गठन गठन गरियो । बद्नियतपूर्वक र रहस्यमय तरिकाबाट सो सङ्गठनलाई ‘ओभरा’ भनिन्थ्यो । कुनै पनि फासीवादविरोधी गतिविधि दबाउन र फरक मतमाथि नियन्त्रण गर्नु नै त्यो गोप्य प्रहरी सङ्गठनको मुल जिम्मेवारी थियो । छोटो समयमा नै त्यो सङ्गठनले एक लाखभन्दा बढी मानिसको फाइल तयार ग¥यो । तीमध्ये कति त फासीवादी नेताहरूसमेत थिए । त्यसले विशेष एजेन्ट, गुप्तचर र सूचना दिने मानिसहरूको प्रभावकारी सञ्जाल नै बनायो । त्यस्तो सञ्जाल इटालीभरि र विदेशमा समेत फैलिएको थियो ।”
रिजीको पुस्तकका यी शब्दहरूमाथि घोतलिरहँदा एउटा समाचार सुनियो । भारतको गृहमन्त्रालयले नागरिकमाथि ‘निगरानी राख्न’ वित्त आयोगसँग ५० हजार करोड भारुको माग ग¥यो । यो समाचार यस्तो समयमा आएको छ जतिबेला भारतका प्रान्तहरूले आफूले पाउनुपर्ने पैसा माग्दा केन्द्र सरकारले दिइरहेको छैन । स्वतन्त्र बुद्धिजीवी, अभियन्ता र पत्रकारहरूमाथि लगातार झूटा मुद्दा थोपरेर गृहमन्त्रालयले आफ्नो अधिकारीको खतरनाक ढङ्गले दुरूपयोग गरिरहेको छ ।
रिजीले सन् १९२९ मा इटालीको संसदबारे यस्तो व्याख्या गरेका छन् “संसद सरकारका निर्णयको रबर स्ट्याम्प बन्यो । थोरै सङ्ख्यामा रहेका विपक्षी सांसदले उठाएका मुद्दा सरकारले टेरपुछार लगाएन । उनीहरूले कुनै मुद्दा उठाउँदा सत्तापक्षका सांसदहरू र सर्वसाधारण दर्शकहरू बस्ने ठाउँबाट होहल्ला गरेर उडाइन्थ्यो ।”
‘डु–सी ! डु–सी !’, ‘मो–दी ! मो–दी !’
फाबियो फर्नान्डो रिजीको पुस्तक एउटा देशको एक जना व्यक्तिमा नै केन्द्रित छ । उनले कुनै तुलनात्मक विश्लेषण गरेका छैनन् । तथापि पुस्तकको कहीँ उनले टिप्पणी गरेका छन्, “इटालीको फासीवादले तानाशाही शासन लाद्यो । उसले आफ्नो त्यो शासनलाई फैलायो पनि । तर, उससँग त्यत्ति समय थिएन अथवा सायद उसको त्यत्ति सामथ्र्य थिएन, उसले अधिनायकवादी शासन भने स्थापना गर्न सकेन ।” यो वाक्यको एउटा अर्थ भनेको मुस्सोलिनीले जतिसुकै शक्तिशाली बने पनि जर्मनीको हिटलर जत्तिका अधिनायकवादी भने उनी बन्न सकेनन् ।
रिजीले लेखेको बिनिडेट्टो क्रोकको वैचारिक जीवनी पढिसकेर म डेभिड गिमोरको भव्य पुस्तक ‘द परस्युट अफ इटाली’ भित्र पसेँ । इटालीको इतिहासबारे त्यो बृहत् र पढ्नै पर्ने पुस्तक हो । चार सय पृष्ठको त्यो पुस्तकको तीस पृष्ठ भने मुस्सोलिनी सत्तामा हुँदाको समयमा आधारित छ । रिजीले जस्तै गिलमोरले त्यत्तिबेलाको जे जति कुरा लेखेका छन्, ती कुरा आज म मेरो देश (भारत) मा भोगिरहेको छु ।
पुस्तकको एउटा अनुच्छेद हेरौँ, “सन् १९३० को दसकमा शासनको शैली निकै देखावा खालको थियो । धेरै परेड, अनेक थरी पोशाक, धेरै हल्लाखल्ला, ठूलो भीडसामु तामझाम । मानिसहरू भीडबाट मुस्सोलिनीको जयजयकार गर्थे । उनीहरू चिच्याउँथे, ‘डु–सी ¤ डु–सी ¤” (डुसी मुस्सोलिनीलाई सम्बोधन गरिने नाम हो । यसको शाब्दिक अर्थ ‘नेता’ भन्ने लाग्छ ।)
मोदीको शासनमा पनि हामी उस्तै दृश्य देखिरहेका छौँ । विशेषतः सन् २०१९ मा दोस्रो पटक निर्वाचित भएपछि मोदीको जयजयकार गाउने धेरै तामझामको आयोजना भए । त्यहाँ उनको जयगानमा मानिसहरू ‘मो–दी ¤ मो–दी ¤’ भनी चिच्याउने गर्छन् ।
इटालीको झूटो आशाको व्यक्ति जनतामाझ किन यति धेरै लोकप्रिय बने ? गिलमोरले त्यसको उत्तर दिएका छन्, “मुस्सोलिनी लामो समय टिक्नुको कारण उनले इटालीको मूल भावनाको केही हदसम्म प्रतिनिधित्व गरेका छन् । उनी उदार राजनीतिक नेता र युद्धको समयमा सहयोद्धाहरूबाट इटाली ठगिएको भन्ने सोचाइ राख्ने इटालीमा पुस्ताहरूको आशा र भरोसा बनेका थिए । युद्धकालीन सहयोद्धा देशहरूले इटालीलाई ‘ठगिएको शान्ति’ स्वीकार गर्न बाध्य पारिएको त्यो पुस्ताको बुझाइ थियो ।”
मुस्सोलिनीले जस्तै मोदीले पनि सफलतापूर्वक निकै पुरानो इतिहासको कथित स्वर्ण युगको कुरा अघि सारे । त्यो युगमा हिन्दूहरू भारत र अन्यत्र पनि सर्वोच्च थिए । हिन्दूहरू त्यो सिँहासनबाट खसेर मुस्लिलिमको हातमा गयो र अन्ततः बेलायती उपनिवेशवादीहरूको कब्जामा गएको, त्यसपछि काङ्ग्रेसी भ्रष्ट राजनीतिक नेताहरूको कारण भारत अझ तल खसेको उनीहरूको बुझाइ छ । त्यही कारण भारत र हिन्दूको अवस्था खस्केको उनीहरूको धारणा हो ।
सन् १९२० दसकको इटालीबारे यी पुस्तकहरू सन् २०२० को दसकमा भारतमा बसेर पढ्दा धेरै कुरा मिल्दा म वास्तवमै आत्तिएको छु । तथापि केही भिन्नता औँल्याएर आफ्नो मनलाई शान्ति पनि दिएको छु । इटालीमा मुस्सोलिनीको तुलनामा मोदीको भारतमा भारतीय जनता पार्टीले देशका अन्य विपक्षी राजनीतिक दलहरूको विरोध सामना गर्नु परिरहेको छ । केन्द्र सरकारमा विपक्षी निकै कमजोर बनेको छ । तथापि आधा दर्जन प्रमुख प्रान्तमा विपक्षीहरू नै बलिया छन् । प्रेसमाथि दमन भएको छ । तर, पूर्णतः ध्वस्त बनाइएको छैन । मुस्सोलिनीको इटालीमा बिनिडेट्टो क्रकले एक्लैमात्र फासीवादको विरोधमा लेख्ने र बोल्ने काम गरेका थिए भने मोदीको भारतमा अझै पनि भारतीय गणराज्यका संस्थापक सिद्धान्त साहसका साथ रक्षा गर्ने र बोल्ने भारतका सबै भाषाका लेखक र बुद्धिजीवीहरू अझै बाँकी छन् ।

मोदी र मुस्सोलिनी
Leave a Reply