भर्खरै :

जुम्ली मार्सी धानमा ब्राउन स्टोप रोगको प्रकोप

जुम्ला, ३१ भदौ । जुम्ली मार्सी धानबालीमा ब्राउन स्टोप रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
यस वर्ष अनुकूल मौसम परेकोले समयमै मार्सी धान रोप्न पाएपछि हर्षित बनेका किसान रोग देखिन थालेपछि चिन्तित बनेका हुन् । कृषि विज्ञसहितको टोलीले तातोपानी गाउँपालिका–४ र ५ मा मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो ।
टोलीले यहाँको तातोपानी गाउँपालिकाका – ४ र ५ वडाका मार्सी धान रोपेका खेतमा गरेको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो । तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आचार्यका अनुसार अनुगमनको क्रममा फाटफुटरूपमा ब्लाष्ट रोग देखिएको छ भने मार्सी धानमा ब्राउन स्पोट रोग अलि बढी देखिएको छ ।
पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गरे पनि यो रोगका कारण मार्सी धानको उत्पादनमा भने कुनै गिरावट नआउने उहाँको भनाइ छ । मार्सी धान भित्र्याउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने गाउँपालिकाका कृषि शाखाले जनाएको छ ।
ब्राउन रोगका कारण उत्पादन नघटे पनि साउनमा भएको वर्षाका कारण केही स्थानमा उत्पादन घट्ने चिन्तामा किसान छन् । खेतभरि बालुवा भरिएपछि मार्सीखेत बगरमा परिणत भएको थियो । धान फल्ने बेला बालुवाले खेत भरिँदा उत्पादन सोचेजस्तो नहुने तातोपानीका –४ का किसान प्रेमराज पाण्डेले बताउनुभयो । जलवायु परिवर्तनका कारण स्थानीय बालीमा लाग्ने रोग कीरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धानबाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ । जुम्लामा बिगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा ‘बीउ बैङ्क’ को रूपमा काम गर्दै आएको छ ।
बर्सेनि मार्सी धानमा विभिन्न खाले रोग कीरा लाग्ने गरेका छन् । तर, वर्षैपिच्छे हुने अध्ययन अनुसन्धानले मार्सी धानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समाधान भने अझै हुन सकेको छैन । गत वर्ष मार्सी संरक्षणका लागि स्वदेशी तथा विदेशी विज्ञको टोलीले मार्सीको अनुगमान तथा अनुसन्धान गरेको थियो । यतिबेला जिल्लाका मार्सी धान उत्पादन हुने खेतमा धानको बाला झुलिसकेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ । बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *