भर्खरै :

प्रश्नोत्तर अभ्यासले शैक्षिक क्षमता बढाउँछ ः अध्ययन

वाशिङ्टन, ३ असोज (एएनआई) । बालबालिकाहरूमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा वृद्धि हुने एक अध्ययनले देखाएको छ । पढाइका अतिरिक्त अन्य समयमा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरूको शैक्षिक क्षमतामा नाटकीय र आश्चर्यजनक तरिकाले वृद्धि भएको अध्ययनकर्ताहरूको निष्कर्ष छ ।
प्रश्नोत्तर अभ्यास धेरै गर्ने र नगर्ने विद्यार्थीका बीचमा तुलना गर्दा धेरै गर्नेहरूको शैक्षिक प्रस्तुति राम्रो भएको पाइएको हो । प्रश्नोत्तर अभ्यास गर्ने गरेका विद्यार्थीहरूले चाँडो चाँडो प्रतिक्रिया दिने, सक्रिय देखिने र प्रस्तुति पनि राम्रो हुने गरेको अध्ययनकर्ताहरूले बताएका छन् ।
इओवा स्टेट युनिभर्सिटिको मनोविज्ञान विभागका वरिष्ठ सदस्य मार्कस क्रेडीले पनि अध्ययनले रोचक अवस्था देखाएको बताउनुभयो । कक्षा कोठामा जोड दिनेभन्दा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरूको प्रस्तुति प्रभावकारी भएको जानकारी दिनुभयो । उनीहरूले झन्डै एक हजार विद्यार्थीमा प्रश्नोतर अभ्यास र उनीहरूको शैक्षिक क्षमताबीचको सम्बन्धका बारेमा अध्ययन गरिएको पनि जानकारी दिएका छन् । अध्ययनकर्ताहरूले हरेक विद्यार्थी तथा बालबालिकाहरूलाई प्रश्नोत्तर अभ्यास धेरै गराउन पनि सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *