साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
सन् १९६२ नोभेम्बर २१ को रात । एक चिनियाँ मेजर बन्दीको कोठामा आए । मेजरले चीन–भारत सीमा युद्ध बन्द भएको र चीन सरकारले कब्जा गरेको समस्त भूभागबाट फिर्ता हुने निर्णय लिएको सुनाए । बन्दीले त्यसको कारण सोधे । मेजरले भने, “भारत र चीन हजारौँ वर्षदेखिका मित्र हुन् र यसअघि कहिल्यै लडेका थिएनन् । भारतको प्रतिक्रियावादी सरकारका कारण युद्ध भयो । त्यसैले चीनले आत्मरक्षामा प्रत्याक्रमण ग¥यो र नेफा र लद्दाखको हाम्रो भूभाग एक महिनामै मुक्त ग¥यो । अब हामी पछि फर्किन चाहन्छौँ किनभने हामी बलप्रयोगबाट सीमा समस्या सुल्झाउन चाहन्नौँ । हजुरहरू चीनसँग दाँजिन मिल्दैन भनी हामीले प्रमाणित गरेका छौँ । भारत सरकारको होस खुल्नेछ र ऊ वार्ताको टेबुलमा आउनेछ भन्ने हामीले आशा लिएका छौँ । यसले गर्दा भारतीय र चिनियाँ जनता पुनः राष्ट्रिय विकासका योजनामा सहभागी हुनसक्नेछन् र पश्चिमी साम्राज्यवादलाई रोक्न सक्नेछन् ।” बन्दीको ७ महिने कैद जीवनमा यो सबैभन्दा अपमानजनक क्षण थियो । बन्दीलाई आफ्नो देश सम्झेर साह्रै लाज लाग्यो । पीडाको यसै क्षणमा उनले एक दिन आफ्नो मुलुक भारत कसरी यो निरीह अवस्थामा पुग्यो भन्ने विषयमा सत्य बताएरै छोड्ने कसम खाए । बन्दी अवस्थामै उनले भारतको अपमान र आफ्नो कमान्डको दुर्भाग्यबारे चिन्तन गर्न थाले । यिनै चिन्तन र विचारबाट ‘हिमाली महाभूल’ ९ज्ष्mबबिथबल द्यगिलमभच० नामक पुस्तक जन्मियो । पुस्तकका लेखक ती बन्दी थिए – युद्धको क्रममा प्रथम चिनियाँ प्रहारमै ध्वस्त भएको नाम्का चूस्थित पैदल ब्रिगेड ७ का ब्रिगेडियर जेपी डाल्भी । उनको पूरा नाम जोन परशुराम डाल्भी थियो ।

अन्य कैदीसँगै सन् १९६३ को मे ४ मा डाल्भीलाई भारत पठाइयो । हङकङ हुँदै भारतीय अफिसरहरूको टोली कलकत्तास्थित सैनिक विमानस्थल पुग्यो । त्यहाँ ओर्लिन नदिएपछि सो टोली दमदम विमानस्थलमा उत्रियो । सैनिक शिष्टाचारअनुरूप स्वागत भए पनि सुरुमै रुखो व्यवहार देखाइएको थियो । पछि बन्दीहरूको विचार नबदलिएको वा चीनले आफ्नो ब्रेनवास नगरेको पुष्टि गर्नुपर्ने डाल्भीले महसुस गरे । चिनियाँ उद्देश्यबारे १० वर्षसम्म ब्रेनवासमा बाँचिरहेको सरकारले नै उनीहरूमाथि यस्तो अनौठो आशङ्का गरेको थियो । युद्धबन्दीहरूसँग सरकारले छुद्र व्यवहार ग¥यो । झट्ट हेर्दा देशले विगतबाट गर्दै आएका सबै भूलचूकको जिम्मेवारी उनीहरूले लिनुपर्ने देखिन्थ्यो । सीमा विवादको कुरा ग¥यो कि उनीहरूको फिर्तीमाथि प्रश्न उठ्थ्यो । विमानस्थल परिसरबाट निस्किँदै गर्दा अफिसरहरूका झोलाहरूको खानतलासी लिइयो । हङकङबाट रेडियो र अफिम तस्करी गरिँदै छ भन्ने सूचना विमानस्थलका कर्मचारीहरूलाई दिइएको थियो । यस्तो रवैयाले गर्दा डाल्भी भारतमा केही पनि नफेरिएको निष्कर्षमा पुगे ।
राँचीमा सामान्य ब्रिफिङपछि मे १५ मा जनरल जेएन चौधरीलाई भेट्न डाल्भी दिल्ली गए । चौधरीले आफू र रक्षा मन्त्रालयलाई व्यक्तिगत अनुभवसहित रिपोर्ट लेख्न भने । ‘भविष्यमा सग्लो बिग्रेड कसरी चिनियाँ हातमा पर्न नदिने’ भन्ने उद्देश्यले यस्तो जानकारी राख्नुपर्ने उनको मनसाय थियो । चौधरीले झिनामसिना देश पनि भारतलाई देखेर हाँस्न थालेको बताए । यो रिपोर्ट लेख्न बस्दा डाल्भीले सोचविचार गर्ने मौका पाए । तथ्यहरू उनको मस्तिष्कमा थिए । उनले नजिकका साथीहरूसँग पनि छलफल गरे । तथ्यहरूको आधिकारिकतासमेत जाँचेर तयार गरेको रिपोर्ट उनले सेनाप्रमुखलाई बुझाए । यस रिपोर्टबारे कहीँकतै चर्चा भएन, कुनै प्रश्न सोधिएन । सायद रिपोर्टले उच्चपदस्थहरूलाई पोलेको हुनुपर्छ ।
सेना विवादको केन्द्र बनेको देखियो । पराजयको दोष केही ‘कमजोरीहरू’ माथि थोपरियो । युद्धपछि उच्च पदमा पुगेका केही वरिष्ठ सैन्य अधिकारीले आफू भए स्थितिलाई राम्ररी सम्हाल्ने थियौँ भने र नेहरू, मेनन र कौललाई गन्न छोडे । यसबाट डाल्भीले आफ्ना देशवासी र सहकर्मीहरूले भारतको पहिलो आधुनिक युद्ध प्रयासबाट केही सिक्न नखोजेको देखे । सन् १९६२ को युद्ध भारतको राष्ट्रिय पराजय थियो । यसका लागि सबै भारतीय दोषी थिए । त्यो पराजय प्रतिपक्ष, सैनिक नेतृत्व, सचेत जनमत र सञ्चार जगतको पराजय थियो । हरेक कोणबाट त्यो पराजय सरकारको हिमाली महाभूल थियो ।
भारतका जनता सत्य थाहा पाउन चाहन्थे । तर, राष्ट्रिय सुरक्षाको बहानामा तिनलाई सत्यबाट बञ्चित गरिँदै थियो । यसकारण, सत्य अनेक भ्रम र मिथकको गोलमालमा रुमलिएको थियो । नेफा जाँचबुझको प्रतिवेदन पनि सन् १९६३ सेप्टेम्बर ३ को लोकसभामा केही अंशमात्र वाचन गरियो । यो प्रतिवेदन तयार पार्दा डाल्भी र चीनमा बन्दी बनेका उनका अफिसरहरूको बयान लिइएन । त्यसैले मनमा क्लेश वा खोट नराखी सत्य बाहिर ल्याउनुपर्ने डाल्भीले सोचे । सन् १९६२ मा गरिएका केही गल्ती दोहो¥याउन नहुने उनको विचार थियो । डाल्भीले त्यस दुःखद युद्धमा भाग लिएका थिए र देशको अगुवा पार्टीलाई समर्थन गर्थे । सत्य लुकाउनु उनको विचारमा देशभक्ति थिएन । नेहरूको विशाल छत्रछायाँमा केही बाँझा राजनेताहरू लुके । तर, नेहरू युग नै समाप्त गर्ने ऐतिहासिक विफलताबारे कुरा गर्दा तत्कालीन उच्च पदस्थहरूबारे नबोलिरहन सकिन्नथ्यो । सबै तहमा कमजोरी नभइकन हिमाली महाभूल हुन सम्भव थिएन । यो आरोपमात्र थिएन । युगौँदेखि भारतीय इतिहास सैन्य विफलताले भरिएको थियो । किसानहरूले बहादुरीपूर्वक लडे तापनि तिनलाई राजनीतिक उद्देश्यका निम्ति उपयोग गर्न राजनीतिक र सैन्य नेतृत्व असमर्थ थियो । पुनः उही बाटो हिँड्न डाल्भीले उचित देखेनन् ।
‘हिमाली महाभूल’ छापिएलगत्तै भारत सरकारले यस पुस्तकमाथि प्रतिबन्ध लगाएको थियो । एक देशभक्त भारतीय सैनिकका दृष्टिबाट डाल्भीले आफ्नो युद्ध अनुभव र तत्कालीन राजनीतिक स्थितिको वर्णन गरेका छन् । अङ्ग्रेज शिक्षामा दीक्षित डाल्भी सरदार पटेलको विचारबाट प्रभावित देखिन्छन् । पुस्तकको शैली आत्मपरक छ । डाल्भीको व्यक्तिगत विवरण पनि चाखलाग्दो छ । एक अङ्ग्रेज प्रशासकको परिवारमा सन् १९२० मा इराकमा जन्मेका डाल्भीको सन् १९८० मा क्यान्सरका कारण निधन भएको थियो । उनको शिक्षादीक्षा मुम्बईमा भएको थियो र सन् १९४० मा उनी सेनामा प्रवेश गरेका थिए । अङ्ग्रेज सेनामा रहेर उनले दोस्रो विश्वयुद्धमा बर्मामा लडेका थिए । पछि उनले दक्षिण भारतको वेलिङटनस्थित स्टाफ कलेजबाट सैन्य शिक्षासमेत लिएका थिए ।
डाल्भीले १९५४ देखि १९६२ सम्म ८ वर्षसम्म चीनसँग सम्बन्धित जिम्मेवारी सम्हालेका थिए । लद्दाखमा काम गर्दा उनले सेनामा आपूर्तिको समस्या देखेका थिए । त्यसपछि उनलाई तवाङमा कमान्डर बनाएर पठाइयो । त्यहाँ उनी सैनिक अपरेसनको योजना बनाउने कार्यमा संलग्न भए । उच्च पदमा रहेर काम गर्दा उनले राष्ट्रिय नीतिबारे बुझ्ने मौका पाए । उनले चिनियाँ चुनौतीप्रति सेनाको अधकल्चो प्रतिक्रिया पनि महसुस गरे । यही दृष्टिकोणबाट उनले ‘हिमाली महाभूल’ लेखेका थिए । पैदल ब्रिगेड ७ मा प्रत्यक्ष संलग्न भएको हुँदा उनले आफ्नै कथासमेत भनेका छन् । यस विषयमा उनले धेरै भ्रम चिर्न सक्नु स्वाभाविक छ । सैनिक दृष्टिले भन्दा पनि राजनीतिक अस्थिरताबाट प्रभावित सैनिक नेतृत्वबीच दृढ भई उभिने भारतीय सैनिकलाई पुस्तकले मूल विषय बनाएको छ । ती सैनिकको बहादुरी, प्रतिबद्धता र बफादारीता पुस्तकमा पोखिएको छ । युद्धपछि जनतालाई सुनाइएको राजनीतिक प्रचारबाजीको गञ्जागोलमा यी गुण नेतृत्वले बिर्सेको थियो ।
‘हिमाली महाभूल’ युद्धको औपचारिक घोषणाअघि नै नष्ट भएको ब्रिगेडको कहानी पनि हो । यस तथ्यले युद्धका मुख्य सहभागीहरूलाई लुकाइदिन्छ । डाल्भीले घटनालाई पछि फर्केर हेरेका छैनन् । उनले घटनाकै क्रममा आफूले देखेभोगेका अनुभव, विचार र भावना व्यक्त गरेका छन् । घटनामा संलग्न व्यक्तिहरूका भोगाइ र उनीहरूले लिएका निर्णयलाई उनले वस्तुगतरूपमा प्रस्तुत गरेका छन् । डाल्भीका सन् १९६२ का सेप्टेम्बर र अक्टोबरका अनुभव निजी हुनसक्छन् । मुख्य कुरा, संलग्न प्रमुख अधिकारीहरूका विचार र प्रतिक्रिया हुन् । एन्थोनी इडनका शब्द सापटी लिँदै डाल्भीले आफ्नो पुस्तकले धेरै घाउहरू खोल्ने र त्यसले घाउहरू निको पार्न सघाउने अपेक्षा गरेका छन् । आफ्ना मित्रजन र आफूले नेतृत्व गरेका सैनिकहरूको प्रतिष्ठामाथि लागेको दाग मेट्ने र मृतक सैनिकहरूको कथा इतिहासमा दर्ता गर्ने प्रतिज्ञासाथ आफूले पुस्तक लेख्ने जिम्मेवारी वहन गरेको उनको कथन छ ।
‘हिमाली महाभूल’ छापिएलगत्तै भारत सरकारले यस पुस्तकमाथि प्रतिबन्ध लगाएको थियो । एक देशभक्त भारतीय सैनिकका दृष्टिबाट डाल्भीले आफ्नो युद्ध अनुभव र तत्कालीन राजनीतिक स्थितिको वर्णन गरेका छन् । अङ्ग्रेज शिक्षामा दीक्षित डाल्भी सरदार पटेलको विचारबाट प्रभावित देखिन्छन् । पुस्तकको शैली आत्मपरक छ । डाल्भीको व्यक्तिगत विवरण पनि चाखलाग्दो छ । एक अङ्ग्रेज प्रशासकको परिवारमा सन् १९२० मा इराकमा जन्मेका डाल्भीको सन् १९८० मा क्यान्सरका कारण निधन भएको थियो । उनको शिक्षादीक्षा मुम्बईमा भएको थियो र सन् १९४० मा उनी सेनामा प्रवेश गरेका थिए । अङ्ग्रेज सेनामा रहेर उनले दोस्रो विश्वयुद्धमा बर्मामा लडेका थिए । पछि उनले दक्षिण भारतको वेलिङटनस्थित स्टाफ कलेजबाट सैन्य शिक्षासमेत लिएका थिए ।
Leave a Reply