भर्खरै :

जनपक्षीय विचार जनतासम्म पु¥याउने अभिभारा

नेमकिपाले सम्पूर्ण श्रमजीवीवर्गको हकहितको संरक्षण तथा संवद्र्धनको लागि के कस्तो प्रयत्न गरिरहेको छ भन्नेबारे जनतालाई बुझाउन आवश्यक छ । यो पनि एक प्रकारले पार्टी प्रचारको निमित्त कार्यकर्ताले गर्नुपर्ने महत्वपूर्ण गतिविधि हुन् ।
समान कामका लागि समान ज्यालाको बन्दोबस्त, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त, श्रम शोषणको अन्त्य आदि नेमकिपाले उठाउँदै आएको विषय हो । नेमकिपाले किसानहरूको लागि स्वदेशमै रासायनिक मलको कारखाना स्थापना गर्न जोड दिँदै आएको छ । आजसम्म सत्तामा गएका शासकहरूले यसतर्फ ध्यान दिएका छैनन् । किसानको बाली लगाउने समयमा सधैँ रासायनिक मलको हाहाकार हुन्छ । रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरी महँगो बनाउँछ । आप्mना आसेपासेलाई ठेक्कापट्टामा दिएर कमिसन खाने र भ्रष्टाचार गर्ने गरेकोमा नेमकिपाले निरन्तर विरोध र भत्र्सना गर्दै आएको छ । विगतमा बाली काट्ने आन्दोलन, भर्पाइ आन्दोलन, साँढे धपाउने आन्दोलन आदि किसानको हितमा नेमकिपाले उल्लेखनीय कार्य गरेको सबैमा अवगत छ । किसानहरूलाई सिँचाइ, उन्नत बीउबिजन, शीतभण्डार, बजार व्यवस्थापनलगायत बन्दोबस्त गर्न निरन्तर सङ्घर्ष गर्दै आएको छ । जोताहालाई जमिनजस्ता क्रान्तिकारी भूमिसुधारको निम्ति नेमकिपा सङ्घर्षरत छ । आधाभन्दा बढी आकाश ढाकेका महिलाहरूलाई नयाँ युगको श्रमशक्ति बनाउन, जीवनको हरेक क्षेत्रमा पूर्ण प्रतिस्पर्धी बनाउन, प्रौढ महिलाहरूलाई शिक्षासँगै रोजगारको बन्दोबस्त गर्न, सुत्केरी अगाडि र पछाडि तलब वा ज्यालासहित तीन महिना बिदाको बन्दोबस्त गर्न, बोक्सीको आरोप र छाउपडीजस्ता कुसंस्कार रोक्न, महिलालाई ठग्ने, शोषण गर्ने, पीडा दिने र घरेलु हिंसालाई रोक्न पीडकलाई कडा कारबाही हुने नयाँ ऐन–कानुनको व्यवस्था गर्न नेमकिपाले आवाज उठाउँदै आएको छ । युवाहरूलाई स्वदेशमै रोजगारको बन्दोबस्त गर्न, व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्न, सीपमूलक शिक्षा र दक्ष जनशक्ति उत्पादन गरी मुलुकको विकासमा लगाउन, १८ वर्ष पुगेका हरेक युवाहरूलाई अनिवार्य सैनिक तालिमको बन्दोबस्त गर्न, सुस्वास्थ्यको निम्ति खेलकुद र शारीरिक शिक्षाको बन्दोबस्त गर्न र विनाभेदभाव काम र सेवा पाउने मौलिक हकको सुनिश्चितताका लागि नेमकिपाले जोड दिँदै आएको छ । विद्यार्थीहरूलाई प्राथमिक कक्षादेखि माविसम्म निःशुल्क, अनिवार्य र अन्य शिक्षा निःशुल्क पाउनुपर्ने अधिकारको प्रत्याभूति गर्नुपर्ने नेमकिपाको अडान हो । त्यस्तै सम्पूर्ण पेशाकर्मी श्रमजीवी वर्गको हक हितलाई राज्यले सुनिश्चित गर्न नेमकिपाले जोड दिँदै आएको छ ।
नेमकिपाले आप्mनो उद्देश्य र लक्ष्यअनुरूप जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्न देशका विभिन्न जात–जाति, भाषा–भाषी, दुर्गम र सीमान्तकृत शोषित–पीडित कामदारवर्गका जनतालाई सचेत र सङ्गठित गर्न निरन्तर प्रयत्नरत छ ।
विदेशी लगानीको नाउँमा भारतीय एकाधिकार पुँजी र विभिन्न बहुराष्ट्रिय कम्पनीहरूमार्फत नेपालको अर्थतन्त्र विस्तारवादी र साम्राज्यवादीहरूको कब्जामा जाँदै छ । भारतले नेपालको सिमानामा ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूभाग अतिक्रमण गरेको छ । अन्तर्राष्ट्रिय कानुनविपरीत दशगजा क्षेत्रमा एकतर्फीरूपमा १,६०० किमि लामो इन्डो–नेपाल सीमा सडक निर्माण गरेको समाचारमा आएको छ । नेमकिपा यस्ता सम्पूर्ण विदेशी हस्तक्षेपको विरोध गर्दछ साथै सार्वभौमिकता, भू–अखण्डता र स्वतन्त्रता जोगाउन सङ्घर्षरत छ ।
नेमकिपाले शोषित–पीडित जनताको न्यायपूर्ण सङ्घर्षमा निरन्तर साथ र सहयोग गरिआएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको ठमेलस्थित कमलपोखरी अतिक्रमण गरी निर्माण गरिएको छायाँ सेन्टर विरूद्ध जनताको न्यायोचित सङ्घर्षमा नेमकिपाले ऐक्यबद्धता जनायो । त्यस्तै द्रुतमार्गको जिरो किलोमिटर अर्थात् सुरूको बिन्दु खोकना, बुङमती र फसिडोल खण्डका जग्गाधनी तथा किसानहरूको जग्गा मुआब्जा नपाएको विरोधमा खोकनावासीको सङ्घर्षमा नेमकिपाले सक्रिय सहयोग ग¥यो ।
समाजवादी क्युवा, प्रजग कोरियालगायतका देशमा संरा अमेरिकी नाकाबन्दीविरूद्ध नेमकिपाले विरोध जनाइ आएको छ । सार्वभौम देश भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेपको नेमकिपाले विरोध ग¥यो । चीनविरूद्ध अमेरिकी साम्राज्यवादको व्यापार युद्ध कसैको हितमा नहुने भएकोले नेमकिपाले व्यापार युद्ध बन्द गर्न जोड दियो । एसिया–प्रशान्त गठबन्धन र हिन्द–प्रशान्त गठबन्धनको नाममा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले पाकिस्तानलाई एक्ल्याउने र चीनलाई घेर्ने तथा एसियामा अशान्ति र युद्ध थोपर्ने नीतिको नेमकिपाले कडा भत्र्सना गर्दै नेपाल सरकारलाई उक्त गठबन्धनमा सामेल नहुन सचेत गराएको छ । संसारका जुनसुकै भागमा वा मुलुकमा भएको थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेका जनताको पक्षमा साथ दिनु सर्वहारा अन्तर्राष्ट्रयवादी भावना हो ।
माक्र्सवाद लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानेर नेमकिपाले सङ्घर्षका विभिन्न रूपद्वारा जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापना गरी साम्यवादी समाजमा पु¥याउने लक्ष्य लिएको छ । वर्तमान संसदीय व्यवस्था पुँजीवादी प्रजातन्त्र अर्थात् पुँजीवादी गणतन्त्र हो । केही राजनीतिक दलहरू पुँजीवादी प्रजातन्त्रलाई ‘बहुदलीय जनवाद’ र ‘जनताको बहुदलीय जनवाद’को नाममा छलछाम गर्दै छन् । अङ्ग्रेजीमा ‘मल्टी पार्टी डेमोक्रेसी’ (‘बहुदलीय जनवाद) ले न समाजवादको अर्थ दिन्छ न त ‘जनताको प्रजातन्त्र’ को अर्थ दिन्छ । ‘जनताको प्रजातन्त्र’ मजदुर र किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपति वर्गको प्रतिनिधित्व भएको राज्य व्यवस्था हो । यसले उत्पादनका मुख्य–मुख्य साधनहरूलाई राष्ट्रियकरण गर्नेछ र क्रान्तिकारी भूमिसुधारलाई लागू गर्नेछ । प्रगतिशील बुद्धिजीवी समुदायले शिक्षा, विज्ञान र प्रविधि, सांस्कृतिक क्षेत्र तथा अर्थतन्त्रको विकासमा योगदान गर्नेछ । राष्ट्रिय पुँजीपति वर्गले विदेशी पुँजीको स्थान लिई औद्योगिक प्रगतिमा योगदान गर्नेछ । प्रतिगामी तथा विदेशी पुँजीको थिचोमिचोबाट नयाँ समाज र देशलाई जोगाउँछ । जनताको प्रजातन्त्र समाजवादी क्रान्तिको पहिलो खुड्किलो हो । नेपाली जनताको सङ्घर्षका विविध रूपहरूमार्फत जनताको प्रजातन्त्रको विजय हुनेछ ।
समाजवादी समाज के हो त ?
नेमकिपाको दीर्घकालीन उद्देश्य नेपालमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्नु हो । मजदुर किसानहरूको शासन व्यवस्था, उत्पादनका साधनहरू पूर्णरूपले सामाजिकीकरण, व्यक्तित्व विकासमा समान अवसर, ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’, ‘सारा जनतालाई बुद्धिजीवीकरण’ र समाजकै निम्ति आपूmलाई समर्पित गर्ने युग सुहाउँदो विज्ञान र प्रविधिको ज्ञानले युक्त ‘नयाँ मानिस’ को निर्माण नै समाजवादको आदर्श चित्र हो ।
साम्यवादी समाज के हो त ?
समाजवादकै चरणबाट नेपाली समाज पनि साम्यवादी समाजमा पदार्पण हुनेछ । त्यस समाजमा मानिसले मानिसलाई शोषण गर्नेछैन । त्यो समाज वर्गविहीन र राज्यविहीन हुनेछ, मजदुर र किसान, गाउँ र सहरको भेद हट्नेछ र शारीरिक श्रम र मानसिक श्रमको भेद हट्नेछ । साम्यवादी समाजमा ‘योग्यताअनुसारको काम र आवश्यकताअनुसार’ पाउनेछ । राज्य ‘ओइलिएर जाने’ सभ्य र सुसंस्कृत समाज बन्नेछ, जहाँ युद्ध हुनेछैन । त्यस समाजले प्राकृतिक प्रकोप र रोग तथा सम्भावित अन्य समस्याहरूसँग जुभ्mन समाजको सम्पूर्ण विज्ञान, प्रविधि र ज्ञानलाई प्रयोग गर्नेछ । यसको उदाहरण हाल विश्वले भोगिरहेको कोभिड–१९ को महामारीलाई लिन सकिन्छ । सङ्क्रमण सुरू भएलगत्तै चीनले उहानमा तत्काल अस्पताल, स्वास्थ्यकर्मी, उपचार उपकरण, जनताको दैनिक जीवनयापनका सामग्रीको आपूर्तिलगायत सम्भावित समस्याहरूबारे अपनाएका बन्दोबस्त संसारले देखेको छ । जसले गर्दा छोटो अवधिमै रोगको सङ्क्रमण नियन्त्रण गर्न सफल भयो । पुँजीवादी र शक्तिशाली भनिने मुलुकहरूले भने भयावह स्थितिको सामना गरिरहेको छ ।
विधानमा उल्लेखित केही राजनीतिक शब्दको अर्थ बुभ्mनु आवश्यक छ । हुन त यी शब्दको अर्थ खुलाउन यो छोटो बसाइको क्रममा पर्याप्त हुन नसक्ला । यी शब्दले लामो ऐतिहासिक पृष्ठभूमि समेटिएका छन् । यद्यपि, सङ्क्षिप्तरूपमा भए पनि यहाँ राख्नु उचित ठान्दछु ।
उपनिवेशवाद
कुनै एक भौगोलिक क्षेत्रका मानिसले अर्को कुनै भौगोलिक क्षेत्रमा हक जमाउनु र त्यसलाई राम्रो र उचित मान्नुलाई उपनिवेशवाद भनिन्छ ।
नव–उपनिवेशवाद
विकसित देशद्वारा विकासशील अर्थात् अविकसित देशको आन्तरिक मामलामा प्रत्यक्ष वा अप्रत्यक्षरूपले गर्ने हस्तक्षेपलाई नव–उपनिवेशवाद भनिन्छ ।
सामन्तवाद
सामन्तवादको उत्पत्ति सामन्त शब्दबाट भएको हो । यसको मतलब राजाका आप्mना वा नजिकका भाइ–भारदार भन्ने बुझिन्छ । जसले राजाको सुरक्षा व्यवस्था गर्ने र सेनालाई नियन्त्रणमा राख्ने काम गर्दछ ।
पुँजीवाद
राजनीतिक, सामाजिक र आर्थिक प्रणाली, उत्पादन र बजार प्रणालीको माध्यम, निजी स्वामित्वमा आधारित व्यवस्था पुँजीवाद हो ।
नवउदारवाद
व्यक्तिको स्वतन्त्रतालाई जोड दिनु उदारवाद हो । राज्यले आर्थिक क्रियाकलापमा कुनै हस्तक्षेप नगरेर व्यक्ति र उसको कर्पोरेटलाई आर्थिक स्वतन्त्रता दिनुपर्छ भन्ने विचारलाई नव–उदारवाद भनिन्छ ।
साम्राज्यवाद
सर्वहारावर्गका महान् नेता लेनिनले साम्राज्यवादको परिभाषा एक वाक्यमा दिनुभएको छ, “पुँजीवादको एकाधिकारी अवस्था नै साम्राज्यवाद हो ।” उहाँले साम्राज्यवादलाई पुँजीवादको चरम अवस्था भन्नुभएको छ । विदेशी राष्ट्र र मुलुकहरूलाई शक्ति र हिंसाको बलमा अधिनमा राख्नु साम्राज्यवाद हो ।
विस्तारवाद
आर्थिक विकास, अनेक प्रपञ्च र सैन्य आक्रमणद्वारा आप्mनो राज्य, शक्ति, समृद्धि वा प्रभाव बढाउनु विस्तारवाद हो ।
फासीवाद
फासीवाद र फासिष्ट शब्दको उत्पत्ति फैसेज शब्दबाट भएको हो । हिटलरको शुद्ध आर्य रगत भएकाहरूले संसारमाथि राज गर्ने नैतिक अधिकार राख्छ भन्ने तर्क र मुसोलिनीको इटलीको गौरव पुनःरूत्थानलाई फासीवाद भनिन्छ । हिन्दुस्तानमा बस्ने सबै हिन्दुस्तानी हुन्छन् भन्ने नारा उछालेर गैरहिन्दूलाई दबाउने नीति मुसोलिनी र हिटलरको नीतिसँग मेल खाने भएकोले भारतका प्रधामन्त्री मोदी फासीवादी सावित हुन्छ ।
वामपन्थी तथा दक्षिणपन्थी अवसरवाद
क्रान्तिका लागि आन्तरिक र बाह्य परिस्थिति अनुकूल नभइकन क्रान्तिको फलाको गर्नु वामपन्थी अवसरवाद हो । विगतमा झापा विद्रोह र माओवादी विद्रोह वामपन्थी अवसरवाद हो । अन्ततः यी दुवै विद्रोही पक्ष दक्षिणपन्थी अवसरवादमा विलय भयो अर्थात क्रान्तिको बाटोबाट विमुख हुँदै गएर राजनीतिक क्रान्तिको आवश्यकता छैन भन्दै क्रान्तिको विरोध गरिरहेका छन् । यी दुवै नीति कम्युनिस्ट आन्दोलनका लागि प्रत्युत्पादक छ ।
समाजवादी प्रचार अभियानमा नेमकिपाले निरन्तरता दिँदै आएको छ । यसलाई निरन्तरता दिन पार्टी विधानको उद्देश्यले जोड दिएको छ ।
(नेमकिपा काभ्रे जिल्ला समितिको आयोजनामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *