साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
घाम पारिलो थियो । समुद्री छालहरू कङ्क्रिटको तटमा बज्रिरहेका थिए । डाइमन्ड हार्बरको यो किनारमा म खरले छाएको होचो ढाबामा थिएँ । ढाबापछिल्तिर रुखको फेँदमा काठको बेन्च राखिएको थियो । पछाडि गएँ । छालहरूको एकतमासको छप्ल्याङसँगै सुमधुर बतास आइरहेको थियो । यहाँबाट विशाल समुद्र र क्षितिजमा चप्केजस्तो भान पार्ने टापु निकै सुन्दर देखिन्थे । झोलाबाट नक्सा निकालेर दाजेँ । मेरो दायाँतिर श्रीलङ्का हुँदै अफ्रिका, युरोपतिर जाने किनार देखिन्थ्यो भने बायाँतिर बङ्गलादेश हुँदै चीन, जापानतिर लाग्ने किनार देखिन्थ्यो ।
साहुनी दिदीमा बङ्गालीजस्तो देखिने केही थिएन । उनी सामान्य भारतीय पहिरनमा थिइन् । उनको बोलीमा बङ्गालीभाषी ओकारको भरमार भने थियो । अलिबेरमा दिदीले एउटा थालमा भात, दाल र बङ्गाली माछा ल्याइदिइन् । माछा बङ्गाली थियो थिएन अर्को कुरा हो । तर, दिदीले बङ्गाली नै भनेकी थिइन् र सोहीअनुसार असुलउपर गरेकी थिइन् । त्यसो त समुद्रको किनारमा बसे पनि धेरै निर्धन बङ्गालीका लागि समुद्री माछा छोइनसक्नु महँगा हुन्छन् भन्ने कुरा मैले कलकत्ता आएको दुई दिनमै थाहा पाएको थिएँ । सम्पत्ति पुजिने संसारका सबै सुखचैन र सौन्दर्य सम्भ्रान्तकै सेवामा त छन् ¤ यस तथ्यबाट बङ्गालमात्र अछुतो कसरी
रहला ?
खाना खाइवरी म कलकत्तातिर फर्किँदै थिएँ । नीलाम्मे समुद्रमा यामानका पानीजहाजहरू यताउति गरिरहेको मोहक दृश्य यो सडकबाट आफ्नो सौन्दर्यको शिखरमा देखिन्थ्यो । जुन सडकमा म हिँडिरहेको थिएँ, त्यो सडक समुद्री तटैतट लम्पसार परेको थियो । सडकको देब्रे छेउमा अर्थात् समुद्रसँग एउटा आरामघर सटेको थियो । बाहिर रवीन्द्रनाथ टेगोरको कङ्क्रिटको मूर्ति थियो र बङ्गाली संस्कृति झल्काउने फूलबुट्टाले उक्त आरामघर सिँगारिएको थियो ।
भर्खर खाना खाएकोले हिँडिहाल्नु उचित नहोला भनी मैले अलिबेर आराम गर्ने मन बनाएँ । मानिसहरू समुद्रको सिरसिरे हावाको आनन्द लिइरहेका थिए । कोही पर्खालबाहिर झुन्ड्याएर खुट्टा हल्लाइरहेका थिए । कोही उमेरदार थिए । कोही भर्खरका ठिटाठिटी थिए । कोही धनी थिए त कोही गरिब देखिन्थे । कम्तीमा तिनका पोशाक र हाउभाउले यस्तै झल्को दिन्थ्यो । दुईजना हुनेखाने देखिने आइमाई उर्लिँदा छालहरू हेर्दै चुरोटको सर्को तानिरहेका थिए । छोरा मान्छेहरू गोलो घेरा बनाई बसेका थिए । उनीहरूका कुरा मैले बुझ्ने कुरै भएन । आइमाईका अनुहार भावहीन थिए, युवाहरू आक्रोशित थिए, यति भने बुझेँ । चुरोटको कडा धुवाँ र केटाहरूको कोलाहलले वातावरण नै उच्चाटलाग्दो बनाइदियो । त्यसैले म त्यहाँबाट ५।७ मिनेटमै निस्किएँ ।
अगाडि सडकको देब्रे किनारमा एउटा पाटी थियो । हामीकहाँ प्रायः खोला वा नहरमाथि सडकका किनारहरूमा हुने गर्छन् नि, त्यस्तै ¤ पाँचजना महिलाहरू लहरै बसेका थिए । पाटीमा बस्न मिल्ने खाली ठाउँ देखेपछि म त्यहीँ सुस्ताएँ । समुद्रको दायाँ किनारबाट एउटा जहाज आइरहेको थियो । बेलाबेला जहाजका अघिल्ला चुच्चाले छालहरू चिरेको स्यार्रस्यार्र आवाज आउँथ्यो । नत्र मेरा लागि वातावरण निस्तब्ध बन्न पुगेको थियो । म एकटक त्यस पानीजहाजलाई हेरिरहेको थिएँ र रिलको संसारले मनमा छापेको जहाजलाई रियल जहाजसग दाँजिरहेको थिएँ । बेलाबेला म पर गइरहेको जहाजतिर नजर दौडाइरहेको थिएँ । पृथ्वी गोलो छ भन्ने समुद्री प्रमाण म आफ्नै आँखाले नियाल्न चाहन्थेँ । पहिले हल, अनि मास्ट ¤ जहाजी प्रमाणको छोटो कथा ¤ मनमनै म क्रिस्टोफर कोलम्बसले आफ्नो छोरालाई पृथ्वीको गोल आकारबारे बताइरहेको दृश्य कल्पिरहेको थिएँ । पिन्टा, निन्या र सान्टा मारिया जहाज किल्पिँदै कन्क्वेस्ट अफ प्याराडाइजको उमङ्गकारी धुन गुनगुनाइरहेको थिएँ ।
सबैजनाका हातमा प्लास्टिकका बोरा सिलाएर बनाएका झोला थिए । उनीहरूलाई सुरुमा देख्दा मैले बजार गर्न हिँडेका होलान् भन्ने ठानेको थिएँ, जस्तो हामीकहाँ तराईका गाउँमा हुन्छ । तर, उनीहरूको रुखो वास्तविकताले मलाई विह्वल तुल्यायो । चाहेर पनि म उनीहरूलाई सघाउन सक्दिनथेँ । सके पनि सघाएर उनीहरूको आत्मीयता गुमाउन चाहन्नथेँ । हाम्रो नाता पैसाभन्दा माथिको, निकै उच्च थियो ।
मेरो स्वैरकल्पना हठात् भङ्ग गरिदियो एक सुरिलो स्वरले अर्थात् मनिर बसिरहेका आमाहरूमध्ये एकजनाले । खुइलिएको रातो धोती लगाएकी आमाले मेरो बारेमा सोधिरहेकी थिइन् । सुरुमा त मैले उनका कुरा बुझिनँ । तर, कुरा बुझ्न भाषा नै जान्नुपर्छ भन्ने के छ ? मान्छेहरूमा भाषाभन्दा बलिया सञ्चारका उपाय अरू पनि हुन्छन् । यहाँ ती उपाय काम लागे । नत्र ती आमाहरूसँग म आधा घण्टासम्म लगातार बातचित कसरी गर्नसक्थेँ र ¤ मैले छाल भनेँ, उनीहरूले ज्वार । मैले गाउँ भनँे, उनीहरूले ग्रामे । मैले घर भनेँ, उनीहरूले घोर । मैले आमा भनेँ, उनीहरूले माँ । यस्तै भिन्नताहरू थिए । एकाध अन्य शब्दका अड्चनबाहेक अन्य कुरा सामान्यरूपमा भए । शब्दभन्दा परको भाषा, भावनाको भाषाबाट । यहाँभन्दा एक कोस पर समुद्री किनारमा जङ्गलजस्तो देखिन्थ्यो । उनीहरू त्यहीँ गाउँबाट आएका रहेछन् । बङ्गाली गाउँ सामान्यतया हामीकहाँका तराईका गाउँजस्तै हुन्छन् । केरा, नरिवल वा अन्य झाँगिला रुखबिरुवाले दुई अञ्जुलीले दियो छोपेझैँ छोपेका र खबटाले छाएका होचा घरहरू । रेलको सफरमा खेतका फाँटहरूबीच यस्ता गाउँहरू बारम्बार देख्न सकिन्छ । अर्को, गाउँभित्र ठाउँ-ठाउँमा पोखरी हुनु बङ्गाली गाउँका विशेषता हुन् । पानीको अकाल नपरोस् भनी बनाइने यस्ता पोखरीहरूमा आजभोलि जग्गा दलालहरूको कुदृष्टि परेको समाचार नेपाली र भारतीय सञ्चारमा आइरहन्छन् ।
मसँगै बसिरहेका आमाहरू गरिब थिए । उनीहरू खेती मजदुर थिए । उनीहरूले मेरो देशबारे, घरपरिवारबारे सोधे । हिमालको कुरा सुनेर दङ्ग परे । जिन्दगीमा हिमाल नदेखेको बताए । बुद्धलाई भने चिन्दारहेछन् । तिनको सालिनताले मलाई लछप्पै भिजायो । तिनका दुःखले मलाई पनि बिझायो । खेतीपाती नहुँदा उनीहरू भीख माग्न आउँदारहेछन् । यहाँभन्दा एक किलोमिटर माथिको रेल स्टेसनमा । अचम्मको कुरा, त्यतिबेर कुरा हुँदासम्म उनीहरूले मसामु हात फैलाएनन्, मसँग ॅटाका’ मागेनन् । बरु सगर्व भीख माग्न हिँडेको कुरा खोले । मान्छे मान्छेबीचको नाताले बोले ।
सबैजनाका हातमा प्लास्टिकका बोरा सिलाएर बनाएका झोला थिए । उनीहरूलाई सुरुमा देख्दा मैले बजार गर्न हिँडेका होलान् भन्ने ठानेको थिएँ, जस्तो हामीकहाँ तराईका गाउँमा हुन्छ । तर, उनीहरूको रुखो वास्तविकताले मलाई विह्वल तुल्यायो । चाहेर पनि म उनीहरूलाई सघाउन सक्दिनथेँ । सके पनि सघाएर उनीहरूको आत्मीयता गुमाउन चाहन्नथेँ । हाम्रो नाता पैसाभन्दा माथिको, निकै उच्च थियो ।
उनीहरूको थकान मेटिएको थियो । अरूहरू उठिसकेका थिए । मेरो नाम सोध्ने आमा सरेर मनिर आइन् र मेरो हात समातिन् । उनका ममतामयी चहकिला आँखा र माधुरी मुस्कान मलाई आफ्नै गाउँघरका आमाहरूका जस्ता लागे । कलकत्तामा मेरो कुनै निश्चित ठेगान छैन भनी मैले बताइसकेको थिएँ । त्यसैले कनीकुथी हाउभाउ र हिन्दी मिसाएर उनले “आजलाई हाम्रो घर जाऔँ, हाम्रो झुपडीमा बसौँला” भनिन् । पराइ मुलुकको बिरानोपन उनको सोझो आग्रहले एकाएक मेटाइदियो । “यहाँ पनि मेरा मान्छे छन्” भन्ने भावनाले हृदय टम्मै भरियो । मनै हर्रर भयो । कलकत्ता जान सकेमात्र ठीक समयमा घर फर्किन सक्ने कुरा मैले जसोतसो उनलाई सम्झाएँ । उनी भावुक अनुहार लाएर मुस्काउँदै बिदा भइन् । सेतो बुट्टासितको धोती र हरियो ब्लाउजमा उनी जाँदै गरेको दृश्य मेरा लागि आजन्म अविस्मरणीय बन्न पुग्यो ।
मैले हिन्द महासागरतिर हेर्न थालेँ । समुद्रमा जाँदै गरेको जहाजको तल्लो भाग डुबिसकेको थियो र माथिल्लो भाग डुब्दै थियो । रवीन्द्र बाबुले ॅआमार सोनार बाङ्गला’ भनेर केलाई भनेका थिए, थाहा भएन । तर, यो रमणीय तर अन्जान ठाउँमा आफ्नो झुपडीमा बास दिन मन खोलेर स्वागत गर्ने यी आमामा मैले सोनार बाङ्गला पाएँ । अपनत्व महसुस गरेँ । मान्छे हुनुको न्यानो र चोखो माया अनुभूत गरेँ ।
जेहोस्, हार्बरको हावा खाँदै म विचारको महासागरमा डुबुल्की मारिरहेको थिएँ । यस्तैमा जहाजको माथिल्लो भाग पनि नील गहिराइमा डुब्यो । साँच्चै हो, पृथ्वी गोलो छ । पिरव्यथा जहाँ पनि छ । तर, दुर्जनहरूकै बीचमा सुजन पनि छन् । सोनार अर्थात् सुनौला मान्छे पनि छन् । ॅमान्छे’ हुनुमा जत्तिको सौन्दर्य अरू थोकमा छैन ।
घर फर्किनु थियो । म फटाफट रेल स्टेसनतिर हानिएँ ।
चैत २२ गते, २०७६
Leave a Reply