भर्खरै :

भक्तपुरमा सङ्क्रमितको सङ्ख्या ९० जना

भक्तपुर, ४ असोज । भक्तपुर जिल्लामा आइतबार जम्मा ९० जना व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका निष्ठा बल्लले दिनुभएको जानकारीअनुसार सङ्क्रमितमध्ये मध्यपुर थिमि नपामा २३ पुरुष र २२ महिला, सुर्यबिनायक नपामा १६ पुरुष र ४ महिला, भक्तपुर नगरपालिकामा ९ पुरुष र ३ महिला तथा चाँगुनारायण नपामा २ जना पुरुषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै भक्तपुर जिल्लामा हालसम्म कोभिड–१९ बाट निको हुनेको सङ्ख्या ५५१ नाघेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *