जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
काठमाडौँ, ६ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई आफ्नो पक्षमा ल्याउने स्वार्थसहित संरा अमेरिकाले नेपाललाई एमसीसीमार्फत पैसा दिन खोजेको बताउनुभएको छ । मङ्गलबार सेवा निवृत्त शिक्षक समाज, भक्तपुरको आयोजनामा ‘डोनाल्ड ट्रम्पः एक नकारात्मक राष्ट्रपति’ पुस्तकको अनलाइन अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संरा अमेरिकाले आफूसँग सहयोग लिने देशले आफ्नै पक्ष लिन दबाब दिने गरेको बताउनुभयो ।
“अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूलाई आफूसँग सहयोग लिएपछि आफ्नै पक्षमा उभिनुपर्ने दबाब दिने गरेका छन् । नेपालसँग पनि एमसीसी सम्झौता गरेपछि संरा अमेरिकाले हामीलाई त्यस्तै दबाब दिनेछ”, उहाँले भन्नुभयो ।
“एमसीसी सम्झौतामार्फत सहायताको नाममा संरा अमेरिकाले नेपाललाई पनि जोर्ज फ्लोडलाई जस्तै घाँटी थिच्नेछ”, संरा अमेरिकाको मिनिआसोटामा जोर्ज फ्लोड नामका अफ्रिकी अमेरिकीको घाँटी थिची निर्मम हत्या गरेको चर्चासँगै सचिव सुवालले भन्नुभयो ।
सचिव सुवालले नेपालको वर्तमान सरकार पनि आफ्नो विरोध सुन्नै नसक्ने ट्रम्प सरकारले जस्तै व्यवहार गरिरहेको बताउनुभयो ।
उहाँले संरा अमेरिकाका दुवै शासक दलहरू अमेरिकी कर्पोरेटहरूबाट सञ्चालित भएको चर्चा गर्दै नेपालका शासक दलहरू नेकपा र काङ्ग्रेसजस्तै उनीहरूबीच पनि खास कुनै भिन्नता नभएको प्रस्ट पार्नुभयो ।
“संरा अमेरिका संसारकै सबभन्दा ठूलो आर्थिक शक्ति भएकोले उसले संसार आपतमा पर्दा विशाल हृदय देखाउनुपर्नेमा उल्टो काम ग¥यो”, उहाँले भन्नुभयो ।
‘भक्तपुुर’ मासिकका सम्पादक लक्ष्मणराज जोशीले ‘डोनाल्ड ट्रम्पः एक नकारात्मक राष्ट्रपति’ पुस्तकमा ट्रम्पले राष्ट्रपति सम्हालेपछि गरेका कतिपय गतिविधि पढ्दा नेपालकै कतिपय नेता र मन्त्रीहरूको अनुहार स्मरण भएको बताउनुभयो । उहाँले राजनीतिलाई घृणा गरे ट्रम्पजस्ता खराब मानिस राजनीतिक नेतृत्वमा आउन सक्ने र त्यस्तो नेतृत्वले देशलाई थप समस्यामा पार्ने चर्चा गर्दै सक्षम नयाँ पुस्तालाई राजनीतिमा संलग्न बनाउनुपर्ने धारणा राख्नुभयो ।
सेवा निवृत्त शिक्षक उद्धव सुजखूले संरा अमेरिकालाई कतिपय मानिस सपनाको देशको रूपमा
चित्रण गर्नु गलत भएको चर्चा गर्दै अमेरिका जातिवादी र पुँजीवादी देश भएको चर्चा गर्नुभयो ।
“नेपालका कतिपय अभिभावकहरू आफ्ना छोराछोरीलाई सकेसम्म अमेरिकामा पठाउन खोज्छन् । तर, अमेरिकी समाज कति असभ्य छ भन्ने कुरा पछिल्ला धेरै घटनाले पुष्टि गर्दै छ”, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले जनताले खराब नेताहरू छान्दा अमेरिकी जनताले भोगिरहेको समस्या अहिले नेपाली जनताले पनि भोगिरहेको बताउनुभयो ।
उहाँले संरा अमेरिकाको रङभेदलाई नेपालको जातीय विभेद र विकृतिसँग तुलना गर्न सकिने बताउनुभयो ।
सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष अम्बिका न्याईच्याईले असल राजनीतिक नेतृत्वले नै समाजमा असल व्यवस्था स्थापना गर्ने भएकोले अब्बल विद्यार्थीहरूलाई राजनीतिकरूपमा सचेत बनाउनुपर्ने बताउनुभयो ।
सेवा निवृत्त शिक्षक समाज भक्तपुरका कार्यवाहक अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा नीरज लवजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply