सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
नारायणगढ, ६ असोज । “गरिबको घरमा टीभी पनि हुँदैन, अनि सरकारले भनेको अनलाइन कक्षामा कसरी बस्ने ?”, भरतपुरस्थित नारायणी नमुना माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी बिनिता चेपाङले मार्मिक शब्दमा आफ्नो दुःख पोखिन् । उनी विद्यालयको अध्ययनशील र जेहेनदार विद्यार्थीमध्ये पर्छिन् । ०७६ सालको चैतको पहिलो हप्ता कक्षा ८ को परीक्षा दिएपछि विद्यालयका शिक्षक, सहपाठी साथीहरूसँग अहिलेसम्म उनको कुनै सम्पर्क भएको छैन ।
चैत महिनामा लकडाउन सुरु भएसँगै बिनिता शक्तिखोरस्थित आफ्नो मामा घर गइन् । मामा घरमा मौका छोपी टीभीमा प्रसारण हुने दूरशिक्षाबाट कहिलेकाहीँ पढ्ने गर्थिन् । तर टीभीमा शिक्षकले पढाएको बुझ्न उनलाई गा¥हो प¥यो । गणित, विज्ञानजस्ता विषयहरू टीभीमा हेरेर र सुनेर सिक्न र बुझ्न गाह्रो हुने उनको अनुभव छ । हिजोआज बिनिता भरतपुरस्थित आफ्नै कोठामा छिन् । कोठामा आमा र बुबा हुनुहुन्छ । उनको दाइ पनि लकडाउनको लामो बिदाइमा घर बाहिर कुल्ली काम गर्न गएका छन् । बिनिताले हिजोआज कोठामा टीभी च्यानलमा समस्या आएर पढ्न पाइरहेकी छैन । उनी रेडियो सुनेर केही कुरा सिक्ने गर्छिन् ।
बिनिताले एच्छिक गणित अहिलेसम्म टीभी र रेडियोमा पढ्न पाएकी छैनन् । “आफूले नै पढ्न कोसिस गर्छु तर बुझ्नै सक्दिनँ । घरमा सिकाउने र बुझाउने पनि कोही छैनन् । थप नयाँ कुरा बुझ्न र सिक्न पाए पढ्नमा ध्यान जान्छ, पढ्न मन लाग्छ”, बिनिता सुनाउँछिन् ।
निजी विद्यालयहरूले धमाधम भर्ना लिन थालेका छन् । अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । कहीँकतै परीक्षा पनि लिइरहेको छ । त्यसैको नाममा पैसा पनि असुलिरहेको छ । आर्थिक स्थिति कमजोर परिवारका विद्यार्थी भने निजी विद्यालयले चलाएको अनलाइन कक्षाको सेवा सुविधाबाट बञ्चित छन् । जुनसुकै अवस्थामा पनि धनीका छोराछोरी सधैँ अघि, गरिबको छोराछोरी सधैँ पछि नै पर्ने बिनिताको बुझाइ छ । एक–दुई घण्टा भए पनि शिक्षकसँग भेटेर नबुझेको कुरा सोध्न पाए घरमा आफै पढ्नलाई सजिलो हुने उनले बताइन् ।
सरकारले विद्यार्थीको एक शैक्षिक वर्ष खेर नजाने भन्दै गर्दा बिनिता भोलि परीक्षा भए कसरी दिने ? अलमलमा छिन् । नपढी, नसिकी माथिल्लो कक्षामा पनि एकैपटक नयाँ विषयवस्तु अध्ययन गर्न गा¥हो हुने उनको चिन्ता छ ।
गरिब परिवारका विद्यार्थीहरूलाई कोभिड – १९ को प्रभाव अझ नराम्रोसँग परेको छ । सामान्य दिनमा पनि कठिन परिस्थितिसँग जुधेर शिक्षा लिनुपर्ने विद्यार्थीको लागि कोभिड–१९ महामारी जीवनमा पहाड बनेर ठडिएको छ । यस्ता समस्या चिर्न विद्यार्थी एक्लैलाई गा¥हो पर्दछ । तर, सरकारले यो विषयमा रत्तिभर सोचेको देखिएन । सरकारी विद्यालयमा पढ्ने गरिब परिवारका विद्यार्थीहरूले आज बिनिता चेपाङले जस्तै समस्या भोग्नुपरेका छन् ।
Leave a Reply