भर्खरै :

‘इमानदारीपूर्वक चुनाव लड्नु र सैद्धान्तिक मत पाउनु आफैमा जित हो’

भक्तपुर, १३ जेठ । ‘इमानदारीपूर्वक नैतिकरूपमा चुनाव लड्नु र आफ्नो सैद्धान्तिक मत पाउनु आफैमा जित हो । हामीले पाएको मत कुनै झूटो आश्वासन बाँडेर वा पैसा, जागिर, लोभलालच देखाएर आएको होइन, इमानदारीको मत हो । यसर्थ नेमकिपाका कुनै पनि कार्यकर्ता निराश हुनु आवश्यक छैन । बरू हारेको सिपाही झन् राम्रोसित लड्छ भन्ने उखान चरितार्थ गर्दै कार्यकर्ताहरू सचेत र संगठित हुँदै जनतामाझ जानुपर्छ  ।’
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले शनिबार नेमकिपा सूर्यविनायक नगर समन्वय समितिको आयोजनामा सम्पन्न कार्यकर्ता भेला तथा धन्यवाद ज्ञापन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।

‘इमानदारीपूर्वक नैतिकरूपमा चुनाव लड्नु र आफ्नो सैद्धान्तिक मत पाउनु आफैमा जित हो । हामीले पाएको मत कुनै झूटो आश्वासन बाँडेर वा पैसा, जागिर, लोभलालच देखाएर आएको होइन, इमानदारीको मत हो । यसर्थ नेमकिपाका कुनै पनि कार्यकर्ता निराश हुनु आवश्यक छैन । बरू हारेको सिपाही झन् राम्रोसित लड्छ भन्ने उखान चरितार्थ गर्दै कार्यकर्ताहरू सचेत र संगठित हुँदै जनतामाझ जानुपर्छ  ।’

उहाँले भक्तपुर जिल्ला शिक्षाको मात्र होइन, स्वास्थ्यको पनि नमुना जिल्लाको रूपमा अगाडि बढिरहेकोले यस अभियानमा कार्यकर्ता तथा जनताले निरन्तर साथ र सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘पैसा, लोभलालचमा बिकेर भोट बेच्ने गलत संस्कार र बानीले भोलि देश नै गुम्ने खतरा छ । जनतालाई सचेत र संगठित पार्ने काम निरन्तर आवश्यक छ । उत्पादन श्रमसँग जोडिएको शिक्षाको निम्ति ख्वप विश्वविद्यालयको प्रावधान अगाडि बढाएको तर ठूला भनाउँदा पार्टीहरूले टगारो हाल्नुले ती दलहरूको चरित्र उदा·िएको छ ।’
नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले नेमकिपा जित्यो भने समाजवादी विचारले जरा गाड्छ र कम्युनिष्ट खोल ओढेका अन्य पूँजीवादी पार्टीको अस्तित्व खोज्नुपर्ने अवस्था आउँला भन्ने डरले अरू जोसुकै, जे–जसरी गरेर भए पनि जित्ने तर नेमकिपालाई हराउने अभियानका साथ अन्य पार्टीहरू षड्यन्त्र, जालझेल, लोभलालचलाई हतियार बनाएर चुनावी मैदानमा उत्रेका छन् भन्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समन्वय समितिका संयोजक सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका सहसंयोजक रामेश्वर बोहरा, महेन्द्र बखुन्छें र नेक्रामसङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष मनशोभा त्वातीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *